"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

जलपर्यटन व्यवसायमा सावधानी अपनाउन आग्रह

Table of Content

काठमाण्डौ – फेवातालसहित पोखराका विभिन्न तालमा हुने गरेका जलपर्यटन सम्बन्धी गतिविधिलाई कानुनअनुसार व्यवस्थित गरी सुरक्षित ढङ्गले सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय, कास्कीले सार्वजनिक रूपमा आग्रह गरेको छ ।

कार्यालयले विज्ञप्तिमार्फत डुङ्गा, कायाकिङ र सर्फिङ बोटलाई सम्बन्धित निकायमा दर्ता गरेर मात्र सञ्चालन गर्न भनेको छ । विभिन्न १५ वटा बुँदामा डुङ्गा, कायाकिङ र सर्फिङ बोटसम्बन्धी सावधानी अपनाउनुपर्ने विषय समेटिएको छ ।

लाइफ ज्याकेट बिना त्यस्ता गतिविधिमा भाग लिन पूर्ण रूपमा रोक लगाएको सहायक प्रमुख जिल्ला अधिकारी रमेश घर्तीले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

व्यवसायीले सेवाग्राही के–कस्तो अवस्थामा जलपर्यटसँगसम्बन्धी गतिविधिमा भाग लिएका छन् भनेर नियमित निगरानी गर्नुपर्नेछ । १६ वर्षमुनिका बालबालिकालाई अभिभावकबिना एक्लै कायाकिङ र सर्फिङ बोट सञ्चालन गर्न नदिन प्रशासनको आग्रह छ ।

त्यस्तै तोकिएको ठाउँमा मात्र कायाकिङ र सर्फिङ बोट सञ्चालन गर्न अनुरोध गरिएको छ । पूर्वस्वीकृति लिएकोभन्दा धेरैको संख्यामा कायाकिङ र सर्फिङ बोट सञ्चालन नगर्न भनिएको छ ।

पर्यावरणीय स्वच्छता र सुन्दरतामा आँच नआउने गरी जलपर्यटन गतिविधि सञ्चालन गर्न अनुरोध गरिएको छ । हावाहुरी, वर्षा र चट्याङजस्ता अवस्थामा डुङ्गा, कायाकिङ र सर्फिङ बोट सञ्चालन नगर्न विज्ञप्तिमार्फत सचेत गराइएको छ ।

सूचनालाई अटेर गरी गतिविधि सञ्चालन गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने कार्यालयले चेतावनी दिएको छ । 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

स्वास्थ्य बीमा अब झनै सहज, स्थानीय तहले एकैपटक धेरै नागरिकको बीमा गर्न सक्ने

काठमाडौँ । नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डले प्रदेश तथा स्थानीय तहलाई लक्षित गर्दै स्वास्थ्य बीमा कार्यक्रममा ‘डिजिटल सामूहिक आबद्धता तथा नवीकरण सेवाको शुभारम्भ गरेको छ। बोर्डले मंगलबारदेखि आफ्नो आधिकारिक पोर्टलमार्फत यो प्रविधिमैत्री सेवा सञ्चालनमा ल्याएको हो। पहिलो चरणमा काठमाडौँको गोकर्णेश्वर नगरपालिका र कपिलवस्तुको कपिलवस्तु नगरपालिकालाई संस्थागत प्रयोगकर्ता पहुँच प्रदान गरी यसको सुरुवात गरिएको बोर्डले जारी...

टिकटक र फेसबुकमा लोभलाग्दा विज्ञापन : सस्तोमा युरोप उडाउने भन्दै लाखौँ ठगी

काठमाडौँ । हातमा स्मार्टफोन र इन्टरनेटको पहुँच भएपछि अचेल जो–कोहीको समय सामाजिक सञ्जालमा बिताउने गरेका छन् । टिकटक, फेसबुक, इन्स्टाग्रामजस्ता प्लेटफर्ममा स्क्रोल गर्दै जाँदा अचेल यस्ता विज्ञापन भेटिन्छन्– बिनाझन्झट, सस्तो मूल्यमा युरोपको ग्यारेन्टी भिसा । आकर्षक तलब, आजै सम्पर्क गर्नुस् । फेसबुक, इन्स्टाग्रामभन्दा पनि बढी टिकटकमा यस्ता विज्ञापन धेरै भेटिन्छन् । सामाजिक सञ्जाल खोल्नेबित्तिकै यस्ता...

निकुञ्ज सडकको नयाँ इआइए प्रतिवेदन कार्यान्वयन चुनौतीपूर्ण

कसरा । विश्वसम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जको जैविक विविधता र वन्यजन्तुको सुरक्षालाई लिएर नयाँ इआइए प्रतिवेदन कार्यान्वयन चुनौतीपूर्ण मानिएको छ । विश्वसम्पदा क्षेत्रको संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास निर्माणका कामले सम्पदाको विशिष्ट सार्वभौमिक मूल्यमा असर पार्ने सम्भावना बढेको हो । सडक निर्माणका क्रममा वनक्षेत्रको कटान, वन्यजन्तुको आवागमनमा अवरोध, प्राकृतिक बासस्थानको खण्डीकरण र मानवीय गतिविधिमा हुने...

इजरायललाई दिँदै आएको वार्षिक सैन्य सहायता रोक्ने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई दिँदै आएको वार्षिक सैन्य सहायता यसै वर्षको अन्त्यदेखि रोक्ने घोषणा गर्नुभएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग यस विषयमा सहमति भइसकेको उहाँले बताउनुभएको छ । ट्रम्पका अनुसार अमेरिकाले अब इजरायललाई वार्षिक चार अर्ब डलर आर्थिक सहायता नदिने घोषणा गरेको रोयर्टसले जनाएको छ ।  तर आवश्यक परेको अवस्थामा हतियार बिक्री र...

जलपर्यटन व्यवसायमा सावधानी अपनाउन आग्रह

काठमाण्डौ – फेवातालसहित पोखराका विभिन्न तालमा हुने गरेका जलपर्यटन सम्बन्धी गतिविधिलाई कानुनअनुसार व्यवस्थित गरी सुरक्षित ढङ्गले सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय, कास्कीले सार्वजनिक रूपमा आग्रह गरेको छ । कार्यालयले विज्ञप्तिमार्फत डुङ्गा, कायाकिङ र सर्फिङ बोटलाई सम्बन्धित निकायमा दर्ता गरेर मात्र सञ्चालन गर्न भनेको छ । विभिन्न १५ वटा बुँदामा डुङ्गा, कायाकिङ र सर्फिङ बोटसम्बन्धी सावधानी...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०