"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

माइतीघर किन डुबानमा पर्‍यो? कारणसहित प्रतिवेदन बुझाउन महानगरको निर्देशन

Table of Content

काठमाडौंमा मध्यमसम्मको वर्षा हुँदा माइतीघर जलमग्न हुन्छ।

यही महिनामात्रै दुई/तीन पटकसम्म माइतीघर डुबानमा परिसकेको छ।

माइतीघरबाट जिल्ला प्रहरी परिसरतर्फ भद्रकाली जाने बाटो जलमग्न हुँदा साना सवारी साधन र पैदलयात्रीले चर्को सास्ती ब्यहोर्नुपर्छ।

भक्तपुर र ललितपुरतर्फबाट आउने सवारी साधनहरू त्यही बाटो भएर गुड्छन्। बाटो जलमग्न हुँदा बानेश्वरसम्म र ललितपुर क्षेत्रमा पुल्चोकसम्मै सवारी आवागमन प्रभावित हुन्छ।

यो समस्या समाधानका लागि काठमाडौं महानगरपालिकाले पहल अघि बढाएको छ।

महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल मंगलबार साँझ महानगरको टोलीसहित अनुगमनमा पुगेकी थिइन्।

उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौँ महानगरपालिकाको विपद व्यवस्थापन विभाग, सार्वजनिक निर्माण विभाग, सहरी योजना आयोग, महानगर प्रहरी बलका अधिकारीसहितको टोली माइतीघर पुगेर निरीक्षण गरेका थिए।

माइतीघरको निरीक्षणपश्चात कार्यवाहक मेयर डंगोलले माइतीघर क्षेत्रको डुबानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न साझेदार कार्यालयका अधिकारीहरुलाई निर्देशन दिएकी छन्।

विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, डिभिजन सडक कार्यालय काठमाडौँ र महानगरपालिकाका सम्बन्धित विभागको टोलीलाई प्रतिवेदन यथाशीघ्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको महानगरले जनाएको छ।   

सडक डिभिजन काठमाडौंका प्रमुख सुवोध देवकोटाका अनुसार माइतीघर क्षेत्रमा ९० सेन्टिमिटरको ढल राखिएको छ। निकास हुने ठाउँमा ६० सेन्टिमिटरको ढल छ । प्रारम्भिक कारण त्यही भए पनि अरू कारणहरू पनि हुन सक्ने उनले बताए।

माइतीघर मण्डल क्षेत्र वरिपरि भवन संरचना निर्माण गर्दा ढल निकास प्रणालीमा अवरोध पुगेको र त्यस्ता अवरोध हटाउनु पर्ने पनि अनुगमनका क्रममा देखिएको थियो।

अनुगमनका क्रममा कार्यवाहक प्रमुख डंगोलले, स्थानीय प्रशासनसहित पूर्वाधार निर्माण तथा सुविधा वितरणसँग सम्बन्धित साझेदारसँगको सहकार्यमा माइतीघर मण्डला क्षेत्रको ढल प्रणालीमा देखिएका सबै प्रकारका अवरोध हटाइ डुवान मुक्त बनाइने बताइन्।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

nepali-cricket-team-1789023534 (1)

एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा

काठमाण्डाै – जापानको आइची–नायोगामा आउँदो असोज ३ देखि १८ गतेसम्म आयोजना हुने एशियाली खेलकुदका लागि...
1-1789292666 (1)

ओस्कार अवार्डमा नेपालबाट चलचित्र ‘तिनीहरू’ सिफारिश

काठमाण्डाै – सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै...
Rasuwa-nakaa-1789275503

मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन

काठमाण्डौ – नेपाल–चीन उत्तरी कोरला नाका लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक...
pararastra-mantralaya_sYJjDkIurm

मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनी छनोटपछिको विवाद थप पेचिलो , कूटनीतिक पहल भैरहेको सरकारको भनाइ

काठमाण्डौ – मलेसियाले नेपाली श्रमिक लिनका लागि सीमित २५ वटा म्यानपावर कम्पनी छनोट गरेपछि उत्पन्न...
brics-12-1789259902

ब्रिक्स सम्मेलनद्वारा नयाँ दिल्ली घोषणापत्र जारी : विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड

भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०