"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

एनपीएलमा विराटनगरको पहिलो जीत, सुदूरपश्चिम ३५ रनले पराजित

Table of Content

काठमाण्डाै –  विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलो जीत निकालेको छ ।

त्रिवि मैदानमा गएराति अबेर सम्पन्न खेलमा सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गर्दै विराटनगरले प्रतियोगितामा तेस्रो खेलमा पहिलो जीत निकालेको हो ।

वर्षाका कारण पाँच ओभरमा घटाइएको खेलमा विराटनगरले दिएको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित पाँच ओभरमा ३ विकेट गुमाएर ७० रन मात्रै बनाउन सक्यो । सुदूरपश्चिमका लागि स्कट कुग्लेजिनले सर्वाधिक २८ रन बनाए । आरिफ शेखले १७ रन बनाए । सैफ जैबले १० बलमा दुई छक्कासहित १७ रन बनाए । कप्तान दीपेन्द्र सिंह ऐरी एक रनमा आउट भए भने ओपनर शेरफाने रदरफोर्ड पहिलो बलमै आन्द्रे रसेलको बलमा बोल्ड भए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित पाँच ओभरमा दुई विकेट गुमाएर १०५ रन बनाएको थियो । विराटनगरका ओपनर सेहान जयसूर्या र लोकेश बमले ६८ रनको साझेदारी गरेका थिए । जयसूर्याले ३९ रन बनाए ।

यस्तै, लोकेश बमले २५ रन जाडे  । आन्द्रे रसेलले दुई चौका र दुई छक्कासहित अविजित २९ रन बनाए । सुदूरपश्चिमका अविनाश बोहराले दुई विकेट लिए । यसअघि पटक–पटकको छलफलपछि मात्रै विराटनगर र सुदूरपश्चिमबीचको खेल सञ्चालन भएको थियो । राति ९ बजेर ५ मिनेटमा टस भएको खेल ९ बजेर २० मिनेटमा शुरु भयो ।

यसअघि विराटनगरले पहिलो खेलमा चितवन राइनोजसँग ८ रनको हार बेहोरेको थियो भने दोस्रो खेलमा कर्णाली याक्ससँग ४ विकेटले पराजित भएको थियो । सुदूरपश्चिमले भने प्रतियोगितामा दोस्रो हार व्यहोरेको छ । पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिमले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थियो ।

हिजो लुम्बिनी र चितवनको खेल हुन सकेन । दुवै टोलीले समान एक/एक अंक बाँडेका छन् । एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच बेलुकी ५ बजे खेल हुनेछ । 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म

काठमाडौं । भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय परिवर्तन हुने भएको छ । सरकारले जाडोयामको समयतालिकाअनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म कायम गरेको हो । यसअघि नै नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाबाहेकका निकायमा कार्यालय समय बिहान...

जर्मनीमा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक बन्यो, पसलहरुमा लुटपाट

जर्मनीमा बढ्दो महँगी र सरकारी खर्च कटौतीको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेको छ । देशका विभिन्न शहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । कतिपय पसलहरूमा लुटपाट पनि भएको बीबीसीले जनाएको छ । जर्मनीको वित्तीय केन्द्र फ्र्याङ्कफर्टसहित बर्लिन, कोलोन र ह्याम्बर्गमा प्रदर्शनका क्रममा हिंसात्मक घटना भएका खबरमा उल्लेख छ । प्रदर्शनकारीले प्रहरी तथा उद्धारकर्मीमाथि आतसबाजी,...

बाँकेमा रहेको अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा ८ जना घाइते

काठमाण्डौ – बाँकेको जानकी गाउँपालिका–५, बकसपुरमा रहेको अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन् । आगलागीमा घाइते हुनेमा बाँकेका ५ जना र भारतको बहराइच जिल्लाका ३ जना रहेका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टीमा बिहान साढे ५ बजेतिर विद्युत् सर्ट सर्किट भई आगलागी भएको प्रहरीको...

सुनको भाउ आज एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो

काठमाण्डौ – कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा ८ हजार ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन आज तोलाको २ लाख ७२ हजार रुपैयाँमा कारोबार भैरहेको छ । यसअघि कारोबार हुने हप्ताको अन्तिम दिन अस्ति शुक्रबार सुनको भाउ तोलाको २ लाख...

बंगालको खाडीमा अर्को प्रणाली विकसित, नेपालमा ठूलो प्रभाव नपर्ने

काठमाण्डौ – बंगालको खाडीमा विकसित ‘अर्नब’ को प्रभाव नेपालबाट हटिसकेको छ । तर यहीबेला बंगालको खाडीमा अर्को प्रणाली विकास भैरहेको छ । जुन ‘अर्नब’ भन्दा कमजोर देखिएको छ । भारतीय मौसम विज्ञान विभागका अनुसार पछिल्लो विकसित प्रणाली आज दिउँसोसम्म दक्षिणपश्चिमी तथा त्यससँग जोडिएको दक्षिणपूर्वी क्षेत्रमा गहिरो न्यून चापीय प्रणालीमा परिणत हुनेछ । अनि पर्सि मंगलबार...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०