"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

धान रोपाइँलाई सहज बनाउन चितवनमा अनलाइनबाट मल वितरण

Table of Content

नारायणगढ (चितवन), असार ३२ –

धान रोपाइँको मुख्य यामसँगै चितवनमा रासायनिक मलको वितरणलाई तीव्र पारिएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड, भरतपुर शाखाले जिल्लाभरका सूचीकृत सहकारीमार्फत अनलाइन प्रणालीबाट मल वितरण गर्दै १५ दिनमै ९६९.१७५ मेट्रिक टन रासायनिक मल बिक्री गरेको जनाएको छ ।

शाखाका प्रमुख राजन बगालेका अनुसार असारको पछिल्लो १५ दिनमा युरिया ६६८.२०० मेट्रिक टन, डिएपी २०१.८०० मेट्रिक टन र पोटास ९९.१७५ मेट्रिक टन बिक्री भएको छ ।

उहाँले जिल्लाका २७८ सूचीकृत सहकारी मार्फत अनलाइन प्रणालीबाट मल वितरण भइरहेको जानकारी दिँदै यसले वितरण प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाएको बताउनुभयो । प्रमुख बगालेले भन्नुभयो, “वितरण प्रणाली अनलाइन गरिएपछि काम निकै सहज भएको छ । कुन सहकारीले कति मल बिक्री गयो र कति मौजाद बाँकी छ भन्ने सबै विवरण प्रणालीमा स्पष्ट देखिन्छ । कसैले पनि अनियमितता गर्न सक्दैन र सहकारीहरूले दैनिक रूपमा विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था छ ।”

कार्यालयको तथ्याङ्कअनुसार सबैभन्दा बढी मल भरतपुर महानगरपालिकामा बिक्री भएको छ । भरतपुरमा २३९.१५० मेट्रिक टन युरिया, १९७.०५० मेट्रिक टन डिएपी र २२.२२५ मेट्रिक टन पोटास वितरण गरिएको छ ।

त्यसैगरी माडी नगरपालिकामा ११५.००० मेट्रिक टन युरिया र ९.५०० मेट्रिक टन पोटास, खैरहनी नगरपालिकामा ९०.१०० मेट्रिक टन युरिया र १९.१०० मेट्रिक टन पोटास, रत्ननगर नगरपालिकामा ७३.९५० मेट्रिक टन युरिया र २४.१०० मेट्रिक टन पोटास, राप्ती नगरपालिकामा ६४.३०० मेट्रिक टन युरिया, ०.७०० मेट्रिक टन डिएपी र १०.२५० मेट्रिक टन पोटास, कालिका नगरपालिकामा ४९.००० मेट्रिक टन युरिया र १४.००० मेट्रिक टन पोटास तथा इच्छाकामना गाउँपालिकामा २८।५०० मेट्रिक टन युरिया बिक्री भएको कम्पनीले जनाएको छ ।

आपत्कालीन वा विशेष आवश्यकताका लागि छुट्याइएको ‘बफर’ मौज्दातबाट ८.२०० मेट्रिक टन युरिया र ४.०५० मेट्रिक टन डिएपी वितरण गरिएको प्रमुख बगालेले जानकारी दिनुभयो ।
कम्पनीका अनुसार धान रोपाइँको मुख्य सिजनमा चितवन जिल्लाभर करिब २,५०० देखि ३,००० मेट्रिक टन रासायनिक मलको माग रहने अनुमान गरिएको छ । त्यसअनुसार आवश्यक मौज्दात व्यवस्थापन गरी किसानलाई सहज रूपमा मल उपलब्ध गराउने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।रासस

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1624096079_Marsyangdi-River_GN2paH04PV_undr76vor9p7guiuqe7s7naow78byrrtoja6dbj14dq7jmnldv3bpzvdc1r0_G51aIbnq3J_6l78zgw0l7ekkt19udkr7qqrc00hbdmrqpexj88bpb8mtmpmntbjn07fusqx

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय क्षेत्रको सुरक्षाबारे चासो बढाएको छ । ...
krishnabhir-road-1789298778 (1)

भासिएको कृष्णभीर सडकमा नयाँ ट्र्याक खोल्ने काम सकियो

काठमाण्डाै – नागढुङ्गा–मुग्लिन सडक खण्डअन्तर्गत धादिङकाे कृष्णभीर नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको छ ।...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०