"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

अमेरिकाको रवैया नहटेसम्म होर्मुज जलमार्ग बन्द रहने इरानको चेतावनी

Table of Content

काठमाडौं । इरानले अमेरिकाले आफ्ना सैन्य आक्रमण नरोकेसम्म होर्मुज जलमार्ग हुँदै हुने जहाज आवागमन खुला नगर्ने चेतावनी दिएको छ ।
 
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले बुधबार जारी गरेको विज्ञप्तिमा अमेरिकाको आक्रमणक गतिविधि बन्द नगरेसम्म जलमार्गमा जहाज सञ्चालन अवरुद्ध रहने जनाएको हो ।
 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्बन्धित जहाजहरूविरुद्ध पुनः नाकाबन्दी लागु गर्ने घोषणा गरेपछि इरानले यस्तो प्रतिक्रिया दिएको हो । 
 
आईआरजीसीले विज्ञप्तिमा भनेको छ, “यस क्षेत्रबाट हुने तेल र ग्यासको निर्यात या त सबैका लागि हुनेछ अथवा कसैका लागि पनि हुने छैन ।”

यसैबीच, इरानले हालै स्थापना गरेको ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी’ले क्षेत्रीय अवस्था सामान्य भई स्थायित्व र शान्ति कायम भएपछि मात्र जहाज आवागमनका लागि आवश्यक अनुमति जारी गरिने जनाएको छ ।
 
उता, अमेरिकाले भने होर्मुज जलमार्गको अन्तर्राष्ट्रिय जलमार्ग खुला रहेको दाबी गरेको छ । यद्यपि, जुन महिनाको युद्ध उत्कर्षमा पुगेयता पछिल्ला दिनहरूमा यस मार्गबाट हुने जहाज आवागमन उल्लेखनीय रूपमा घटेको छ ।

अमेरिकी सेन्ट्रल कमान्डले होर्मुज जलमार्ग आसपास तथा इरानको दक्षिणी तटीय क्षेत्रमा रहेका दर्जनौँ इरानी सैन्य लक्ष्यहरूमा आक्रमण गरिएको जनाएको छ । ती आक्रमणहरूको उद्देश्य व्यापारिक जहाज तथा नागरिक चालक दललाई लक्षित गर्न सक्ने इरानको सैन्य क्षमतालाई थप कमजोर बनाउनु रहेको सेन्ट्रल कमान्डले जनाएको छ । 

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

प्रिमियर कप क्रिकेट : जापानलाई हराउँदै नेपाल यू–१९ महिला टिम सेमिफाइनलमा

 नेपाल एसीसी यू–१९ महिला प्रिमियर कप २०२६ को सेमिफाइनलमा पुगेको छ । नेपालको यू–१९ महिला क्रिकेट टोलीले जापानमाथि सानदार जित दर्ता गर्दै सेमिफाइनल यात्रा तय गरेको हो। जापानले प्रस्तुत गरेको ८७ रनको सामान्य लक्ष्यलाई नेपालले मात्र ११.२ ओभरमा १ विकेट गुमाएर ९० रन बनाउँदै सहजै भेट्टाएको हो। नेपालको जितमा प्रारम्भिक ब्याटर सावित्री धामीले अविजित ४१...

प्रदेशमा सत्ता गठबन्धन फेरबदलः पुराना दलमा पुरानै रोग

चितवन । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा नेपाली कांग्रेस–एमाले गठबन्धन सरकारमा दरार आएसँगै सातै प्रदेशका सरकार फेरबदल हुने चर्चा सुरु भएको छ । कांग्रेस एमाले समीकरण परिवर्तन भएर क–कसको गठबन्धन होला भन्ने चर्चा पनि सुरु भएको छ ।  कांग्रेसका कतिपय नेताहरूले अबको समीकरण नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग हुने बताइरहेको छ । उता, एमालेले पनि नेकपालाई...

मिटरब्याज पीडितहरुलाई ‘टाइम’ दिएर खोला अनुगमनमा व्यस्त गृहमन्त्री

बारा ३१ असार २०८३ मिटरब्याज पीडितहरूसँग छलफल गरी माग सम्बोधन गर्ने प्रतिबद्धतासहित बारा आइपुगेका गृहमन्त्री सुधन गुरुङ अन्य कार्यक्रममा व्यस्त बनेका छन्। वार्त्ताका लागि तय गरिएको समयभन्दा घण्टौं ढिला गरी गृहमन्त्री उद्योग र खोला अनुगमनमा केन्द्रित भएपछि निजगढमा प्रतिक्षारत मिटरब्याज पीडितहरू निराश बनेका हुन्। मङ्गलबार राति १० बजेसम्म चलेको पहिलो चरणको वार्तापछि बुधबार दिउँसो १२...

अनलाइन मिडिया र पत्रकारको प्रेस पास नवीकरण रोकिएकोमा पत्रकार महासंघको ध्यानाकर्षण

रत्ननगर, ३१ असार ।नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले सञ्चार रजिस्ट्रारको कार्यालयमा दर्ता भएका ३२७ अनलाइन सञ्चार माध्यम र त्यहाँ कार्यरत पत्रकारहरूको प्रेस पास नवीकरण रोकिएकोप्रति गम्भीर ध्यानाकर्षण गराउँदै बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ।नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु हुन लाग्दा समेत संघीय सरकारले छापाखाना र प्रकाशन नियमावली संशोधन...

अमेरिकाको रवैया नहटेसम्म होर्मुज जलमार्ग बन्द रहने इरानको चेतावनी

काठमाडौं । इरानले अमेरिकाले आफ्ना सैन्य आक्रमण नरोकेसम्म होर्मुज जलमार्ग हुँदै हुने जहाज आवागमन खुला नगर्ने चेतावनी दिएको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले बुधबार जारी गरेको विज्ञप्तिमा अमेरिकाको आक्रमणक गतिविधि बन्द नगरेसम्म जलमार्गमा जहाज सञ्चालन अवरुद्ध रहने जनाएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्बन्धित जहाजहरूविरुद्ध पुनः नाकाबन्दी लागु गर्ने घोषणा गरेपछि इरानले यस्तो...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०