"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

पर्वत चितवन समाज रत्ननगरको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न, निर्वाचित सदस्यहरू सम्मानित

Table of Content

रत्ननगर । पर्वत चितवन समाज रत्ननगरले नेपालीहरूको महान् पर्व विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसर पारेर शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

२०८३ असोज २५ गते रत्ननगर नगरपालिका–१ स्थित दुर्गा मन्दिरको सभाहलमा आयोजित कार्यक्रम समाजका अध्यक्ष विष्णु प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा समाजका सचिव नरहरि पुरीले सहजीकरण गरेका थिए भने उपाध्यक्ष तुलसी गिरीले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा सहभागीहरूले एकापसमा चाडपर्वको शुभकामना साटासाट गर्दै आपसी सद्भाव, एकता र भाइचाराको सन्देश आदान–प्रदान गरेका थिए।

कार्यक्रमका अवसरमा विभिन्न पदमा निर्वाचित समाजका सदस्यहरूलाई सम्मान गरिएको थियो। समाजका अग्रज तथा सल्लाहकार समिति संयोजक डम्बर पुरीले नेपाली कांग्रेसको हालै सम्पन्न राष्ट्रिय महाधिवेशनबाट नगर सभापतिमा निर्वाचित उमेश गिरी, बागमती प्रदेश प्रतिनिधिमा निर्वाचित कुलप्रसाद सापकोटा तथा वडा सभापतिमा निर्वाचित विष्णु प्रसाद अधिकारीलाई खादा ओढाएर सम्मान गरेका हुन्। उनले नवनिर्वाचित पदाधिकारी तथा प्रतिनिधिहरूलाई सफल कार्यकालको शुभकामना पनि व्यक्त गरे।

कार्यक्रममा रत्ननगर नगरपालिका–५ का वडाध्यक्ष बालकृष्ण चापागाईं, भक्ति भजन समूहका अध्यक्ष गोविन्द शर्मा, रत्ननगर–१० का खानेपानी वडा संयोजक खगनाथ पराजुलीलगायत समाजका सदस्यहरूको सहभागिता रहेको थियो।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

नेपाल–भारत सीमा क्षेत्रमा सडक विस्तारः बोर्डरसम्मको पहुँच सहज हुने, सीमावर्ती गाउँहरू सिधै जोडिँदै

काठमाडौं, असोज २६ – भारत सरकारले नेपाल र पश्चिम बंगालसम्म सीधा पहुँच विस्तार गर्ने उद्देश्यसहित दुईवटा ठूला फोरलेन सडक परियोजनालाई सैद्धान्तिक स्वीकृति दिएको छ । केन्द्र सरकारले मुजफ्फरपुर–सोनबरसा र खगडिया–पूर्णिया फोरलेन सडक निर्माणलाई अघि बढाएसँगै नेपाल–भारत सीमावर्ती क्षेत्रका गाउँहरू सिधै आधुनिक सडकसँग जोडिने भएका हुन् । कुल २२६ किलोमिटर लम्बाइका यी दुई सडक सार्वजनिक–निजी साझेदारी...

पर्वत चितवन समाज रत्ननगरको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न, निर्वाचित सदस्यहरू सम्मानित

रत्ननगर । पर्वत चितवन समाज रत्ननगरले नेपालीहरूको महान् पर्व विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसर पारेर शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। २०८३ असोज २५ गते रत्ननगर नगरपालिका–१ स्थित दुर्गा मन्दिरको सभाहलमा आयोजित कार्यक्रम समाजका अध्यक्ष विष्णु प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा समाजका सचिव नरहरि पुरीले सहजीकरण गरेका...

रोहित पौडेलको ऐतिहासिक शतकसँगै नेपालले क्यानडालाई हरायो

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा रोहित कुमार पौडेलको ऐतिहासिक शतकसँगै नेपालले क्यानडालाई २४ रनले पराजित गरेको छ । ओमानको अल अमिरातमा हिजो टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो । २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८ ओभर ४ बलमा २११ रनमै समेटियो । रोहितले १०१ रनको योगदान...

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी तथा महामन्त्रीमा पौडेल, राणा र संग्रौला

काठमाण्डौ – नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी तथा महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित हुनुभएको छ । खुला उपसभापतिमा भण्डारी ३ हजार ७३५ र आचार्य २ हजार ३४२ मतसहित विजयी हुनुभएको हो । यस्तै समावेशी उपसभापतिमा विनोद चौधरी १ हजार ७४५ मतसहित निर्वाचित हुनुभयो । महामन्त्रीको...

बुढीगण्डकी बाढीबाट दुई सयभन्दा धेरै परिवार विस्थापित, राहत वितरण शुरु

काठमाण्डौ – गोरखाको बुढीगण्डकी नदीमा हिजो आएको बाढीबाट गोरखा र धादिङका दुई सयभन्दा धेरै परिवार विस्थापित भएका छन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार गोरखाको चुमनुब्रीमा ४३, धार्चेमा ३९, आरुघाटमा ६४ तथा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा ५८ परिवार विस्थापित भएका छन् । बाढी प्रभावित क्षेत्रमा राहत वितरण पनि शुरु...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०