"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

नेपाल–भारत सीमा क्षेत्रमा सडक विस्तारः बोर्डरसम्मको पहुँच सहज हुने, सीमावर्ती गाउँहरू सिधै जोडिँदै

Table of Content

काठमाडौं, असोज २६ –

भारत सरकारले नेपाल र पश्चिम बंगालसम्म सीधा पहुँच विस्तार गर्ने उद्देश्यसहित दुईवटा ठूला फोरलेन सडक परियोजनालाई सैद्धान्तिक स्वीकृति दिएको छ । केन्द्र सरकारले मुजफ्फरपुर–सोनबरसा र खगडिया–पूर्णिया फोरलेन सडक निर्माणलाई अघि बढाएसँगै नेपाल–भारत सीमावर्ती क्षेत्रका गाउँहरू सिधै आधुनिक सडकसँग जोडिने भएका हुन् ।

कुल २२६ किलोमिटर लम्बाइका यी दुई सडक सार्वजनिक–निजी साझेदारी (पीपीपी)मोडलमा निर्माण गरिनेछन् । हाल टेन्डर प्रक्रिया अगाडि बढिरहेको यी परियोजनाले सीमाञ्चल तथा मिथिला क्षेत्रको आर्थिक र सामाजिक विकासलाई तीव्रता दिने अपेक्षा गरिएको छ ।

मुजफ्फरपुर–सोनबरसा करिडोर : ९० मिनेटमै नेपाल सीमा पुगिने

नेपालको सीमासम्म द्रुत पहुँच पुर्‍याउन ८३ किलोमिटर लामो मुजफ्फरपुर–सोनबरसा फोरलेन निर्माण गरिन लागेको हो । ३ हजार ५९१ करोड भारतीय रुपैयाँ लागत अनुमान गरिएको यो सडक बनेपछि मुजफ्फरपुरबाट सीतामढी ४० मिनेटमा र नेपाल बोर्डर (सोनबरसा) मात्र ९० मिनेटमा पुग्न सकिनेछ ।

यस करिडोरअन्तर्गत ३४० मिटर लामो एक ठूलो पुल, पाँचवटा साना पुल तथा तीनवटा रेलवे ओभरब्रिज निर्माण गरिनेछ । यसबाट सीमावर्ती क्षेत्रका बासिन्दालाई मुजफ्फरपुर र सीतामढीका मुख्य बजारसम्म आवतजावत गर्न तथा स्थानीय उत्पादन ढुवानी गर्न सहज हुनेछ ।

खगडिया–पूर्णिया खण्ड : नेपाल र बंगालतर्फको ढुवानी सहज बन्ने

३ हजार ९३६ करोड भारतीय रुपैयाँ लागतको १४४ किलोमिटर लामो खगडिया–पूर्णिया फोरलेन बनेपछि हाल लाग्दै आएको करिब ६ घण्टाको यात्रा घटेर डेढदेखि दुई घण्टामा सीमित हुनेछ । यसबाट खगडिया, भागलपुर, कटिहार र पूर्णिया क्षेत्रका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् ।

पूर्णियामा ६।७ किलोमिटर लामो ग्रिनफिल्ड बाइपास र लजिस्टिक हब निर्माण गरिने भएकाले सहरमा सवारी चाप कम हुनुका साथै नेपाल तथा पश्चिम बंगालतर्फ जाने मालसामान ढुवानी द्रुत हुनेछ । साथै स्थानीय मकै, जुट लगायतका कृषि उपजले सहज बजार पाउनेछन् ।

धार्मिक पर्यटन र रामजानकी मार्गसँग जडान

यो नयाँ सडक सञ्जाललाई ऐतिहासिक रामजानकी मार्गसँग समेत जोडिनेछ । यसबाट अयोध्यादेखि जनकपुरधामसम्मको यात्रा थप सुगम बन्ने र समग्र क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।

भारत सरकारको यस कदमलाई सीमा क्षेत्रमा काम गर्दै आएको संस्था ‘मिडिया फर बोर्डर हार्मोनी’ ले स्वागत गरेको छ । संस्थाका भारततर्फका अध्यक्ष अमरेन्द्र तिवारीले भारत–नेपाल सम्बन्ध सुदृढ बनाउन यसले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । नेपालतर्फबाट यस संस्थाको नेतृत्व पत्रकार अनिल तिवारीले गर्दै आएका छन् ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

शाहको फेसबुक पोस्टले फोहोर संकलन रोकिएको मुद्दामा सर्वोच्चले दियो ११ बुँदे निर्देशनात्मक आदेश 

काठमाडौँ — ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ ।’काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर र हालका प्रधानमन्त्री वालेन्द्र शाहले २५ चैत २०७९ मा लेखेको फेसबुक पोस्ट हो यो ।  यो पोस्टकै आधारमा काठमाडौं महानगरपालिकाले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, राष्ट्रपति कार्यालय शीतल निवास र प्रधानमन्त्री निवास बालुवाटारको फोहोर उठाउन बन्द...

४ महिनामा २३ प्रतिशत बजेट खर्च, पूँजीगत खर्च साढे ७ प्रतिशतमा सीमित

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा सरकारले वार्षिक बजेटको २३.३७ प्रतिशत मात्रै खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्ममा सरकारले कुल ४ खर्ब ९६ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेको हो । बजेट खर्चमध्ये चालूतर्फ सबैभन्दा धेरै २७.२९ प्रतिशत खर्च भएको छ । चालू शीर्षकमा विनियोजित १२ खर्ब ७० अर्ब...

राष्ट्रिय कर दिवसको अवसरमा १९ विधामा करदाता सम्मानित

काठमाण्डौ – राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आज काठमाण्डौमा भएको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाताहरुलाई सम्मान गर्नुभयो । सरकारले यस वर्ष भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान गरेको छ । नवयुवा आन्दोलनका बेला भाटभटेनीका १२ स्टोरमा आगजनी, लुटपाट र तोडफोड भएको थियो । ठूलो क्षति हुँदा पनि...

भरतपुर अस्पतालमा चाडपर्वपछि बिरामीको चाप, ५०० बेडको स्वीकृति भएपनि १०० बेडको मात्र दरबन्दीले सञ्चालनमा कठिनाइ

भरतपुर, मंसिर १- भरतपुर अस्पतालमा चाडपर्व पछिको समयमा बिरामीहरूको भीड लागेको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेका अनुसार लामो बिदा र चाडपर्वका बेला खानपानको शैलीमा हुने परिवर्तनका कारण नियमित स्वास्थ्य जाँच गराउने तथा औषधि सेवन गर्ने बिरामीहरूको चाप बढेको हो। डा बगालेले दिएको जानकारी अनुसार असार, साउन, भदौ र असोज महिनाको अन्त्यसम्म अस्पतालमा...

राप्ती नदी बचाउन जुटे स्थानीय, १६ भन्दा बढी स्थानमा एकैसाथ सरसफाइ अभियान !

राप्ती, चितवन। ‘स्वच्छ राप्ती, स्वस्थ समाज, समृद्ध राप्ती’ भन्ने नारासहित चौथो राप्ती नदी दिवसको अवसरमा राप्ती नदीका विभिन्न स्थानमा सरसफाइ अभियान सम्पन्न भएको छ। नदी तथा जलस्रोतको संरक्षण, स्वच्छ वातावरण निर्माण र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मंसिर १ गते बिहान ७ बजेदेखि अभियान सञ्चालन गरिएको हो। अभियानअन्तर्गत भिमफेदी, हेटौंडा राप्ती पुल, मनहरी, लोथर, सौराहा ड्याक,...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०