"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

अवैध संस्थामा काम गरेको भन्दै ३ चिनियाँ डाक्टरको दर्ता निलम्बन

Table of Content

अवैध संस्थामा काम गरेको भन्दै ३ चिनियाँ डाक्टरको दर्ता निलम्बन

काठमाण्डौ – नेपाल मेडिकल काउन्सिलले अनुमति नभएको संस्थामा आवद्ध तीन जना चिनियाँ डाक्टरहरूको अस्थायी दर्ता निलम्बन गरेको छ । अनुमति नभएको संस्थामा आवद्ध भई चिकित्सा अभ्यासमा संलग्न रहेका उनीहरूको दर्ता निलम्बन गरेको नेपाल मेडिकल काउन्सिलले जनाएको छ । 

काउन्सिलले विज्ञप्ति निकालेर डा उ सिएनलिन, डा चेन सिएलिन र डा लिउ जिकिनको अस्थायी दर्ता निलम्बन गरेको जनाएको छ । ती डाक्टरहरूले  भिसा सर्तविपरित अवैध संस्थामा काम गरेको पाइएकाले गैर पर्यटकीय भिसा तथा श्रम इजाजत खारेजीको लागि स्वास्थ्य मन्त्रालयमा प्रतिवेदन पेश गरेको काउन्सिलले जनाएको छ । उनीहरूले दर्ता नभएको बालुवाटारको मारिया हस्पिटलमा काम गर्दै आएका थिए । 

उजुरीपछि गएको  जेठ १ गते काउन्सिलबाट गएको टोलीले निरीक्षण गरेपछि गैर कानुनी काम भएको पत्ता लागेको थियो । काउन्सिलले विना दर्ता सञ्चालित त्यस अस्पताललाई भौतिक रूपमा बन्द गर्न तथा कारबाही गर्न काठमाण्डौ महानगर, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी गरिएको जनाएको छ । 

यस्तै काउन्सिलले त्यहाँ कार्यरत केही नेपाली डाक्टरलाई समेत तीन दिन भित्र स्पष्टीकरण पेश गर्न भनेको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०