"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

विश्वकपमा रातारात चर्चा कमाए, अहिले ख्याति सम्हाल्न सकस !

Table of Content

यस वर्षको फिफा विश्वकपमा रातारात चर्चामा आएका केप भर्डेका गोलकिपर भोजिन्हाले आफ्नो गोपनीयता गुमेको र मौका पाएमा पहिलेको जस्तो जीवनमै फर्कन चाहने बताएका छन् ।

विश्वकपअघि ४० वर्षीय भोजिन्हा खासै परिचित थिएनन् तर केप भर्डेको पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै उनले अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाए । स्पेनसँगको खेल गोलरहित बराबरीमा टुङ्गिएको थियो । यो खेलमा उनले प्रतियोगिताको उपाधि विजेता बन्न सफल स्पेनका खेलाडीहरूले गरेको प्रहारलाई रोक्दै लगातार उत्कृष्ट बचाउ गरेका थिए ।

यो खेलपछि इन्स्टाग्राममा भोजिन्हाका फलोअर्सको सङ्ख्या झन्डै ५० हजारबाट बढेर २ करोड ८४ लाख पुगेको छ । साथै उनी पोर्चुगलको साना क्लब ‘चाभेस’ बाट चिलीको शीर्ष डिभिजनको क्लब ‘कोलो–कोलो’ मा आबद्ध भएका छन् । उनले विभिन्न सम्मानहरू पनि प्राप्त गरेका छन्—जसमा ‘बालोन डी’ओर’ अन्तर्गत वर्षको उत्कृष्ट पुरुष गोलकिपरको सूचीमा पर्नु र समुद्री मोलस्कको एउटा नयाँ प्रजातिलाई उनको नाम दिइनु समावेश छन् ।

तर भोजिन्हा आफ्नो नयाँ–नयाँ चर्चाले ठूलो मूल्य चुकाउनुपर्ने अवस्था पनि ल्याएको बताउँछन् । ‘मैले मेरो शान्ति र चैन गुमाएको छु’, उनले ‘द अब्जर्भर’ पत्रिकासँग भने ।

भोजिन्हाले आफ्नो लोकप्रियताले आमाबुबालाई पनि असर पारेको गुनासो गरेका छन् । यही कारण सीमाहरू तोक्न सिक्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

‘धेरै मानिसहरू प्रसिद्ध हुन र सार्वजनिक रूपमा चिनिन चाहन्छन् तर उनीहरूले त्यस यथार्थको सकारात्मक पक्षमात्र देख्छन् । साँचो भन्नुपर्दा, यदि मलाई मेरो अहिलेको जीवन र पहिलेको जीवनमध्ये कुनै एक रोज्ने अवसर दिइयो भने म पहिलेकै जीवन रोज्ने थिएँ’, भोजिन्हाले भने ।

विश्वकपमा छनोट हुने जनसङ्ख्याका आधारमा दोस्रो सबैभन्दा सानो देश केप भर्डेले स्पेनलाई बराबरीमा रोकेपछि उरुग्वे र साउदी अरेबियासँग पनि बराबरी खेल्दै नकआउट चरणमा पुगेको थियो । तर साविक विजेता तथा अन्ततः उपविजेता बनेको अर्जेन्टिनासँगको खेल अतिरिक्त समयसम्म पुगे पनि केप भर्डे ‘राउन्ड अफ ३२’ बाट बाहिरिएको थियो ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

बकुलहर अस्पतालमा सुविधा थपिन्छ : मन्त्री तामाङ

रत्ननगर । बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङ (ज्ञानुजङ्ग लामा) ले बकुलहर रत्ननगर अस्पतालको निर्माणाधीन भवनले छिट्टै पूर्णता पाउने बताएका छन् । मंगलबार अस्पतालको निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले १० प्रतिशत लगानी गरेर सम्पन्न गरिने बताए । वार्षिक तीन लाख बढी सेवाग्राहीलाई यस अस्पतालले सेवा दिंदै आएको छ । आकस्मिक कक्षमा...

सङ्घीय निजामती विधेयक संसद‍्मा पेस गर्न स्वीकृति दिने सरकारकाे निर्णय

काठमाण्डौ – सरकारले सङ्घीय निजामती सेवा विधेयक सङ्घीय संसद‍्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेकाे छ । आज बसेकाे मन्त्रिपरिषद् बैठकले सङ्घीय निजामतीसहित पशु वधशाला तथा मासु जाँच र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन संशोधन गर्न बनेकाे विधेयक पेश गर्न स्वीकृति दिएकाे सरकारका प्रवक्ता एवम् युवा तथा खेलकुदमन्त्री सस्मित पाेखरेलले जानकारी दिनुभयाे । बैठकले स्वास्थ्य क्षेत्र सुधारका...

कांग्रेस १५औँ महाधिवेशन दुई दिन सर्‍याे

काठमाण्डाै – नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशन दुई दिन पर सारेको छ । यसअघि असोज १६ गतेदेखि शुरू गर्ने तयारी भएको महाधिवेशन अब आउँदाे आइतवार असोज १८ गते दिउँसो २ बजे काठमाण्डौको खुलामञ्चमा उद्घाटन हुने भएको छ । महाधिवेशन १८ गतेसम्म चल्नेछ । देशका विभिन्न ठाउँमा अविरल वर्षाका कारण सिर्जना भएको प्रतिकूल परिस्थितिलाई ध्यानमा राख्दै महाधिवेशनको...

एशियाली खेलकुद क्रिकेट : १ बल पनि नखेली सेमिफाइनल समीकरण पूरा

काठमाण्डाै – जापानमा चलिरहेको २०औँ संस्करणको एशियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । भारत, श्रीलङ्का, पाकिस्तान र बङ्गलादेश अन्तिम चारमा पुगेका हुन् । प्रतियोगिताको ४ वटै क्वाटरफाइनल खेल वर्षाका कारण टस पनि नभई रद्द भएपछि भारत, श्रीलङ्का, पाकिस्तान र बङ्गलादेश आईसीसीको शीर्ष वरीयताका आधारमा अन्तिम चारमा पुगेका हुन् । प्रतियोगिताको पहिलो...

मलेशियाले रोहिङ्ग्या शरणार्थीलाई फिर्ता पठाउन थाल्यो

मलेशियाले झन्डै १ हजार ५०० जना रोहिङ्ग्या शरणार्थीहरूलाई म्यानमार फर्काउन शुरू गरेको छ । मलेशियाले रोहिङ्ग्याहरूलाई स्वेच्छिक रूपमा स्वदेश फिर्ता पठाउन लागेको बताए पनि संयुक्त राष्ट्रसङ्घ र अधिकारवादी समूहहरूले म्यानमार अझै पनि उनीहरूका लागि असुरक्षित रहेको चेतावनी दिएका छन् । यो म्यानमारका ५ हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण रहेको समाचार संस्था एएफपीले...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०