"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

‘सन् २०५० सम्म हवाई उडानलाई ‘नेट जिरो’ बनाउन असम्भव’

Table of Content


काठमाडौं । वैश्विक उड्डयन उद्योगलाई सन् २०५० सम्ममा पूर्ण रूपमा कार्बनमुक्त अर्थात् ‘नेट जिरो’ बनाउने लक्ष्य अधुरै रहने आशंका बढेको छ ।

विश्वभरका एयरलाइन्स प्रमुखहरूले ब्राजिलको रियो दी जेनेरियोमा आयोजित एउटा सम्मेलनमा हालको गतिलाई हेर्दा यो समयसीमाभित्र वातावरणीय संकल्प हासिल गर्नु व्यावहारिक नभएको स्वीकार गरेका छन् ।

वैश्विक एयरलाइन्स संस्था इयाटा र बेलायतसहित धेरै देशका सरकारले मात्र पाँच वर्ष पहिले यो ऐतिहासिक सामूहिक लक्ष्यको घोषणा गरेका थिए । तर, उक्त प्रतिबद्धताबाट अब उनीहरू पछि हट्दै गरेको संकेत देखिएको छ ।

इयाटाका महानिदेशक विली वाल्सले यो लक्ष्य प्राप्तिको आशा तीव्र गतिमा धमिलो हुँदै गएको बताए । उड्डयन उद्योगका निम्ति अब एउटा नयाँ तथा अझ बढी वास्तविक समयसीमा तय गरिनुपर्नेमा उनले जोड दिए ।

वाल्सले यो सम्भावित असफलताको दोष इन्धन आपूर्तिकर्ता, विमान निर्माता र वैश्विक सरकारको थाप्लोमा थुपारेका छन् ।

उनले उड्डयन क्षेत्रको डिकार्बोनाइजेसन (कार्बन उत्सर्जन कम गर्ने प्रक्रिया)को आधाभन्दा बढी हिस्सा ‘सस्टेनेबल एभिएसन फ्युल’को विकासमा निर्भर रहेको तर त्यो पूर्ण रूपमा पछि परिसकेको स्पष्ट पारे ।

उनका अनुसार, सन् २०५० सम्ममा उड्डयन क्षेत्रलाई ६५ प्रतिशत प्रदूषण कम गर्न ५० करोड टन ‘स्टेनेबल एभिएसन फ्युल आवश्यक पर्नेछ । तर, यस वर्ष यसको वैश्विक उत्पादन २४ लाख टनसम्म पुग्ने अनुमान छ । यो तथ्यांक विश्वभरका एयरलाइन्सको कुल इन्धन आवश्यकताको मात्र ०.८ प्रतिशत हो ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०