"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राष्ट्रियसभामा चर्को विरोध

Table of Content

नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राष्ट्रियसभामा चर्को विरोध

काठमाण्डाै – राष्ट्रियसभाका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले हिजाे प्रतिनिधिसभाको बैठकमा दिनुभएको सीमासम्बन्धी अभिव्यक्तिको चर्को आलोचना गर्दै आपत्ति जनाएका छन् ।

आजकाे बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको भनी दिएको अभिव्यक्ति देशको सार्वभौमिकता विपरीत रहेको भन्दै आपत्ति जनाएका हुन् ।

नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले नेपालले भारतको भूमि अतिक्रमण गरेकाे प्रमाण प्रधानमन्त्रीले २४ घण्टाभित्र सार्वजनिक गर्नुपर्ने माग गर्नुभयो । उहाँले भारतको कुन–कुन क्षेत्रमा नेपाली पक्षबाट भूमि अतिक्रमण भएको हो भन्ने तथ्य सार्वजनिक गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्रीले आफ्नो भनाइ पुष्टि गर्न नसके सार्वजनिक रूपमा माफी माग्नुपर्ने उहाँकाे भनाइ छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद राजेन्द्रलक्ष्मी गैरेले प्रधानमन्त्री शाहले संसद्को रोस्ट्रमबाट भारतको वकालत गरेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले प्रधानमन्त्री शाहले कुन आधारमा नेपालले पनि भारतको सीमा अतिक्रमण गरेको अभिव्यक्ति दिएको भन्दै प्रश्न गर्नुभयो ।

नेकपा (एमाले) की सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शाहले सीमासम्बन्धी प्रतिनिधिसभामा दिएको अभिव्यक्तिले स्वाभिमानी नेपाली नागरिकको शिर निहुरिएको टिप्पणी गर्नुभयो । उहाँले नेपाल सार्वभौमसत्ता देश भएको उल्लेख गर्दै देशको हित विरोधी अभिव्यक्ति स्वीकार्य नहुने अभिव्यक्ति दिनुभयो ।

प्रतिनिधिसभाको हिजाेकाे बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको पाइएको अभव्यिक्ति दिनुभएको थियो ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

4-1786083880

ट्याङ्करबाट तेल चोर्दा चोर्दै पर्सामा पम्प सञ्चालक र कर्मचारीसहित ७ जना पक्राउ

काठमाण्डाै – पर्सामा ट्याङ्करबाट तेल चोर्दा चोर्दै ७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी...
1-1786088470

‘ब्रोड पिक’ मा ज्यान गुमाएका आराेही पुरबहादुर गुरुङको स्वयम्भूमा अन्त्येष्टि

काठमाण्डाै – पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा ज्यान गुमाएका गोरखाको लाप्राकका पर्वतारोही पुरबहादुर गुरुङ...
Gold-pri-1783488612 (2)

तीन दिनमा सुनको भाउ तोलामा १३ हजार १०० रुपैयाँले बढ्यो

काठमाण्डौ — अस्ति बुधवारदेखि आज शुक्रवार हप्ताको अन्तिम कारोबार दिनसम्म सुनको भाउ लागातार बढेको छ...
metro-rail-1786078521

काठमाण्डौ उपत्यकामा मेट्रो रेल र सुरुङमार्ग बनाउने गुरुयोजना तयार

काठमाण्डौ — काठमाण्डौ उपत्यकामा बढ्दो ट्राफिक जाम र अव्यवस्थित यातायात व्यवस्थापनलाई सुधार गर्न सरकारले २५...
pakrau_ff97763a

भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ

महेन्द्रनगर, साउन २२ – कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०