"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

ट्याटुको आधारमा पहिचान खुल्यो बोराभित्र फेला परेको शवको

Table of Content

काठमाडौँ । झापाको गौरादह नगरपालिका र दमकको सिमानास्थित रतुवा खोलाको पुलमुनि केही दिन अघि बोरामा प्याक गरिएको अवस्थामा फेला परेको युवतीको शवको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृतक युवती दमक नगरपालिका–८ बसन्तटोल निवासी २१ वर्षीया रोमा भन्ने रमा तिवारी रहेको पुष्टि भएको हो।

प्रहरीले शवको पहिचान खुलाउन मृतकको बाँया हातमा रहेको ट्याटुको तस्वीरसहितको विवरण सार्वजनिक गर्दै सहयोगको अपिल गरेको थियो। उक्त सूचनाका आधारमा प्रहरीको सम्पर्कमा आएका मृतकका बुवा नारायण तिवारी र आमा मुना तिवारीले हिजो जेठ १७ गते सोही ट्याटु र अन्य शारीरिक चिन्हका आधारमा शवको सनाखत गरेका हुन्।

प्रहरीका अनुसार रमा जेठ १३ गते राति करिब ९ः३० बजे घरबाट निस्किएपछि सम्पर्कविहीन बनेकी थिइन्। परिवारले उनको खोजी गरिरहेकै अवस्थामा बिहीबार रतुवा खोलाको पुलमुनि बोराभित्र शंकास्पद अवस्थामा उनको शव फेला परेको थियो।

घटनाको प्रकृति हेर्दा मृत्यु अत्यन्तै शंकास्पद देखिएकाले प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको छ। मृत्युको वास्तविक कारण, घटनाको पृष्ठभूमि र यसमा अन्य व्यक्तिको संलग्नता भए-नभएको विषयमा सत्यतथ्य पत्ता लगाउन अनुसन्धानलाई तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। यस घटनाले दमक तथा आसपासका क्षेत्रमा त्रास र चासो बढाएको छ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

795538798_1084246491191976_6976139146581023838_n

भरतपुरका व्यस्त चोकमा ट्राफिक लाइट जडान तीव्र, दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने

चितवन, असोज ६ – जिल्लाको मुख्य सहरी क्षेत्र नारायणगढ र भरतपुरमा ‘ट्राफिक लाइट’ जडानको काम...
WhatsApp-Image-2026-09-21-at-19.19.18-1

चिनी र नुनमा छुट दिँदै चितवनको साल्ट ट्रेडिङ, चिनी प्रतिकिलो १०० मै बिक्री

कृष्ण आचार्य, भरतपुर,असोज ६- चितवनको नारायणगढस्थित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले दशैं, तिहार तथा छठ पर्वलाई...
WhatsApp-Image-2026-09-22-at-3.17.45-PM

नारी अभ्युदय केन्द्र, नारायणगढको ३४औँ वार्षिक साधारण सभा सम्पन्न

भरतपुर, असोज ६- नारी अभ्युदय केन्द्र, नारायणगढको ३४औँ वार्षिक साधारण सभा संस्थाको सभाहलमा सौहार्दपूर्ण वातावरणमा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०