"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

प्रधानन्यायाधीशलाई परिषद् अध्यक्ष राख्ने सरकारको प्रस्ताव सर्वोच्चद्वारा अस्वीकार

Table of Content

प्रधानन्यायाधीशलाई परिषद् अध्यक्ष राख्ने सरकारको प्रस्ताव सर्वोच्चद्वारा अस्वीकार

काठमाण्डाै – प्रधानन्यायाधीशलाई निःशुल्क कानूनी सहायता परिषद्को अध्यक्षमा राख्ने सरकारको प्रस्ताव सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

सर्वोच्चका सम्पूर्ण न्यायाधीश संलग्न पूर्ण बैठकले प्रधानन्यायाधीश परिषद्को अध्यक्ष बस्दा विवादमा पर्न सक्ने निष्कर्षसहित अस्वीकार गरेको हो । परिषद्को कार्यकारी समितिमा कानूनमन्त्रीलाई अध्यक्षमा राख्ने सरकारको प्रस्तावसमेत सर्वोच्चले अस्वीकार गरेको छ ।

प्रधानन्यायाधीशले तोकेका न्यायाधीश अध्यक्ष बस्दा मर्यादाक्रममा कानूनमन्त्री माथि हुने भएकाले बस्न नमिल्ने राय सर्वोच्चले दिएको हो । कानूनी सहायता परिषद् अध्यक्षमा प्रधानन्यायाधीशले तोकेका सर्वोच्चका न्यायाधीश राख्ने प्रस्ताव सरकारसमक्ष गरिएको छ । परिषद् उपाध्यक्षबाट कानूनमन्त्रीलाई झिक्न राय दिइएको छ ।

सरकारको प्रस्ताव अध्ययन गर्न सर्वोच्चका तीन जना न्यायाधीश संलग्न उच्चस्तरीय समिति गठन भएको थियो ।

संविधानले प्रत्याभूत गरेको समानता र न्यायको हक कार्यान्वयन गर्न भन्दै सरकारले नयाँ एकीकृत कानून ल्याउँदै छ । नयाँ ‘निःशुल्क कानूनी सहायतासम्बन्धी ऐन’ मा विपन्न र असमर्थ पक्षका लागि निःशुल्क कानूनी सहायता व्यवस्थित गर्ने भन्दै सरकारले मस्यौदा पठाएर सर्वोच्चसँग राय मागेको थियो ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

gas_YUeyg2p32O

जनकपुरका ग्याँस डिलरहरूमा अनुगमन तीव्र

जनकपुरधाम । खाना पकाउने एलपीजी ग्याँसको देशभरि अभाव भएपछि जनकपुरको नगर क्षेत्रमा रहेका ग्याँस डिलरहरूमा...
IMG_3249-696x361 (1)

वीरगञ्जमा मापसे गरी चलाएको ट्याङ्करको ठक्करबाट ई–रिक्साका ९ यात्रु घाइते

बारा, २१ साउन । पर्साको वीरगञ्ज महानगरपालिका–२४ स्थित बहुअरी चोक नजिकै हुलाकी सडक-खण्डमा बुधबार राति...
IMG-20260806-WA0000-720x470-1

धनसार पुल नजिकै १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी

बारा । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ स्थित धनसार पुल नजिकै पेट्रोल बोकेको ट्याङ्कर...
Ngt-butwan-Road-1280x720

नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

चितवन, २१ साउननिर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख दिएको नारायणगढ–बुटवल सडकखण्ड यतिबेला...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०