"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक बीमाको सबै सेवा स्थगित

Table of Content

निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक बीमाको सबै सेवा स्थगित

काठमाण्डौ – सरकारको पछिल्लो निर्णयअनुसार निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक स्वास्थ्य बीमाको सेवा कटौती भएको छ । 

स्वास्थ्य बीमा कार्यक्रम गम्भीर सङ्कटमा धकेलिएको सङ्केत गर्दै स्वास्थ्य बीमा बोर्डले यसअघि गएको १२ गते निजी अस्पतालमा आकस्मिक बाहेकका सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको सूचित गरेको थियो । सूचनामा आजदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएको स्वास्थ्य बीमासम्बन्धी सेवा आकस्मिकबाहेक बन्द हुने उल्लेख छ । 

जेठ ११ गते बसेको बोर्डको बैठकले यो निर्णय गरेको थियो । यो निर्णय कार्यान्वयनसँगै देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका सयौँ निजी अस्पताल, मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएको परीक्षण, ओपीडी सेवा, औषधि तथा अन्य नियमित सेवा प्रभावित हुनेछ । बीमा बोर्डका अनुसार सेवा प्रदायक संस्थालाई १५ अर्ब भन्दा धेरै बक्यौता तिर्न बाँकी छ । 

निजी अस्पतालले पनि लामो समयदेखि सरकारले स्वास्थ्य बिमाबापतको भुक्तानी नगरेको, दाबी रकम अड्काएको तथा प्रक्रियागत झन्झट बढाएको गुनासो गर्दै आएका थिए । तर निजी अस्पतालमा स्वास्थ्य बीमाको सेवा बन्द गर्ने निर्णयबाट सेवाग्राही मर्कामा परेका छन् । उनीहरूले निर्णय पुर्नबिचार गरी बीमा कार्यक्रमलाई निरन्तरता दिन आग्रह पनि गरेका छन् । 

स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिका अनुसार पछिल्लो निर्णय अनुसार स्वास्थ्य उपचारका लागि ‘सुविधा थैली’ को परिवर्तित दररेट पनि आजैदेखि लागू भएको छ । सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिमार्जित नयाँ दरअनुसार औषधि, औषधिजन्य सामग्री, स्वास्थ्य सेवा, शल्यक्रि

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

gas_YUeyg2p32O

जनकपुरका ग्याँस डिलरहरूमा अनुगमन तीव्र

जनकपुरधाम । खाना पकाउने एलपीजी ग्याँसको देशभरि अभाव भएपछि जनकपुरको नगर क्षेत्रमा रहेका ग्याँस डिलरहरूमा...
IMG_3249-696x361 (1)

वीरगञ्जमा मापसे गरी चलाएको ट्याङ्करको ठक्करबाट ई–रिक्साका ९ यात्रु घाइते

बारा, २१ साउन । पर्साको वीरगञ्ज महानगरपालिका–२४ स्थित बहुअरी चोक नजिकै हुलाकी सडक-खण्डमा बुधबार राति...
IMG-20260806-WA0000-720x470-1

धनसार पुल नजिकै १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी

बारा । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ स्थित धनसार पुल नजिकै पेट्रोल बोकेको ट्याङ्कर...
Ngt-butwan-Road-1280x720

नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

चितवन, २१ साउननिर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख दिएको नारायणगढ–बुटवल सडकखण्ड यतिबेला...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०