"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सुशासनलाई प्राथमिकता राख्दै २० खर्बभन्दा माथिको बजेट ल्याउने तयारी

Table of Content

सुशासनलाई प्राथमिकता राख्दै २० खर्बभन्दा माथिको बजेट ल्याउने तयारी

काठमाण्डौ – सरकारले आज आउँदो आर्थिक वर्ष २०८३–०८४ को बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्को संयुक्त सदनमा दिउँसो ४ बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । 

सरकारले अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रवर्धन, वित्तीय अनुशासनको परिपालनासहित सुशासन, आर्थिक पुनः संरचना तथा समृद्धि, एकीकृत पूर्वाधार, लगानी आकर्षण तथा प्रवर्द्धन, पूर्वाधार विकास, डिजिटल प्रविधि, रोजगारी र उत्पादनलाई प्राथमिकता दिँदै बजेट ल्याउन लागेको हो । बजेटमार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका स्पष्ट कार्यक्रम ल्याउने तयारी भइरहेको अर्थमन्त्री डा. वाग्लेले बताउँदै आउनुभएको छ । 

आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थानविन्दु बनाएर आउने पाँच वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्ने अर्थमन्त्रीको तयारी छ । बजेटमा वर्षौँदेखि विभिन्न कारणले रोकिएका राष्ट्रिय गौरवका आयोजनालाई स्रोत सुनिश्चिततासहित द्रुत सम्पन्न गर्ने व्यवस्था, कमजोर अवस्थाका सार्वजनिक निकाय खारेजीलगायतको घोषणा गर्ने तयारी छ । 

त्यस्तै निजामती कर्मचारीको न्यूनतम १५ प्रतिशत तलब वृद्धि गर्ने, करका दरलाई व्यवस्थित र समयानुकूल बनाउने, व्यक्तिगत आयकरको सीमा बढाउनेलगायतका घोषणा पनि बजेटमार्फत गर्ने सरकारले तयारी गरेको छ । सरकारले बजेटमार्फत कर संरचनामा व्यापक पुनरावलोकन गर्दै उद्यमी तथा मध्यम वर्गीय परिवारमाथिको कर बोझ घटाउने तयारी गरेको जनाएको छ । 

आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गर्दै नगदरहित, पारदर्शी र राजस्व चुहावटमुक्त अर्थतन्त्र निर्माणलाई प्राथमिकतामा राखिएको छ । सामाजिक सुरक्षा कार्यक्रमलाई राज्यको आर्थिक क्षमताअनुसार पुनर्संरचना गर्ने, वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई उद्यमशीलतामा जोड्ने तथा राष्ट्रिय अनुसन्धान तथा नवप्रवर्तन कोष स्थापना गर्ने कार्यक्रम समेट्ने सरकारको तयारी छ । 

सीमित स्रोतलाई नयाँ आयोजना थप्नुभन्दा अधुरा र उच्च प्रतिफलयुक्त आयोजनाको सम्पन्नतामा केन्द्रित गरिने नीति सरकारले लिएको छ । लामो समयदेखि अधुरा रहेका रूपान्तरणकारी परियोजनालाई शीघ्र सम्पन्न गर्ने योजना पनि बजेटमा समेट्न लागिएको छ । 

बजेटको आकार २० खर्ब नाघ्ने अनुमान गरिएको छ । राष्ट्रिय स्रोत अनुमान समितिले गएको १५ फागुनमा सरकारलाई आगामी आर्थिक वर्षका लागि करिब १८ खर्ब ९० अर्ब ४४ करोड रुपैयाँको बजेट सिलिङ निर्धारण गरेको थियो । जसमा चालूतर्फ सात खर्ब ५५ अर्ब २४ करोड र वित्तीय हस्तान्तरणतर्फ चार खर्ब १९ अर्ब १५ करोडको सीमा दिएको थियो । 

त्यस्तै, पुँजीगततर्फ तीन खर्ब ६७ अर्ब १० करोड र ऋणको साँवा–ब्याज भुक्तानीतर्फ तीन खर्ब ४८ अर्ब ९५ करोडको सिलिङ तय भएको थियो । तर सरकारले समितिले तोकेको सिलिङभन्दा माथिको बजेट ल्याउने तयारी गरेको छ । पछिल्ला वर्षहरूमा बजेटको आकार दुई गुणा बढीले विस्तार भए पनि त्यसै अनुसार राजस्व र खर्च भने बढेको देखिँदैन । बजेटको मुख्य स्रोत राजस्व सङ्कलन बजेटको तुलनामा विस्तार नहुँदा सरकारलाई हरेक वर्ष स्रोत व्यवस्थापनको दबाब पर्ने गरेको छ । 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Gold-pri-1783488612 (2)

तीन दिनमा सुनको भाउ तोलामा १३ हजार १०० रुपैयाँले बढ्यो

काठमाण्डौ — अस्ति बुधवारदेखि आज शुक्रवार हप्ताको अन्तिम कारोबार दिनसम्म सुनको भाउ लागातार बढेको छ...
metro-rail-1786078521

काठमाण्डौ उपत्यकामा मेट्रो रेल र सुरुङमार्ग बनाउने गुरुयोजना तयार

काठमाण्डौ — काठमाण्डौ उपत्यकामा बढ्दो ट्राफिक जाम र अव्यवस्थित यातायात व्यवस्थापनलाई सुधार गर्न सरकारले २५...
pakrau_ff97763a

भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ

महेन्द्रनगर, साउन २२ – कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना...
capture1_8JPSMc1cA6

थाइल्यान्डको विद्यालयमा विद्यार्थीले गोली चलाउँदा शिक्षकको मृत्यु, ४ जना घाइते

काठमाडौँ । थाइल्यान्डको राजधानी बैंककको उत्तरतर्फ रहेको एक विद्यालयमा शुक्रबार एक विद्यार्थीले गोली चलाउँदा कम्तीमा...
swarnim-wagle-1230-1024x624-1

२५० को सामान खरिद गर्नेलाई १० लाखको बम्पर उपहार

२२ साउन, काठमाडौं ।रु. २५० को सामान खरिद गरेका एक उपभोक्ताले करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०