"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सहकारीमा भएको बेथिति जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

Table of Content

सहकारीमा भएको बेथिति जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

काठमाण्डौ – सहकारीमा भएको बेथिति जाँचबुझ गर्न गठित आयोगले प्रतिवेदन सार्वजनिक गरेको छ । 

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो सार्वजनिक गरेको प्रतिवेदनमा सहकारी क्षेत्रमा देखिएको संकटको मुख्य कारण कमजोर नियमन, राजनीतिक हस्तक्षेप र अपारदर्शी सञ्चालन रहेको निष्कर्ष निकालेको छ । 

प्रतिवेदनमा सहकारी संस्था दर्ता, कार्यक्षेत्र विस्तार, सेवा केन्द्र तथा शाखा विस्तार गर्दा पर्याप्त अध्ययन र मापदण्डबिना स्वीकृति दिइएको उल्लेख छ । केही सञ्चालकहरूले सहकारीको मूल उद्देश्यभन्दा विचलित हुँदै बचतकर्ताको रकम हिनामिना, दुरुपयोग तथा अपारदर्शी कारोबार गरेको प्रतिवेदनको निष्कर्ष छ । 

प्रतिवेदनले बहु–नियामक निकायबीच समन्वय अभाव, प्रभावकारी सूचना प्रणालीको कमी, वित्तीय अनुशासनहीनता, कमजोर सुशासन तथा दक्ष जनशक्तिको अभावलाई पनि सहकारी क्षेत्रको समस्याको प्रमुख कारण मानेको छ । आयोगले सहकारी सञ्चालक तथा व्यवस्थापकहरूको राजनीतिक आबद्धता र प्रत्यक्ष तथा अप्रत्यक्ष राजनीतिक हस्तक्षेपले पनि वर्तमान सङ्कट निम्त्याएको निष्कर्ष निकालेको छ । 

प्रतिवेदन सार्वजनिक गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी क्षेत्रमा सुधारका लागि प्रतिबद्धता जनाएको छ । मन्त्रालयले सहकारी अनुगमन तथा नियमनलाई प्रभावकारी बनाउने, ऐन तथा नियम संशोधन गर्ने र बचत फिर्ता तथा कर्जा असुलीलाई प्राथमिकतामा राखेर सुधारका काम अघि बढाइएको पनि जनाएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

भ्रष्टाचारबाट लुकाएको सम्पत्तिमा कारबाही गर्न उजुरीको ओइरो

काठमाडौं । उजुरी मागेको दुई सातामै सार्वजनिक पदाधिकारीविरुद्ध सम्पत्ति छानबिन आयोगमा २५० भन्दा बढी उजुरी परेका छन् । गएको वैशाख ३१ गते आयोगले भ्रष्टाचार वा अरू अपराध गरेर सम्पत्ति आर्जन गरेका सार्वजनिक पदाधिकारीविरुद्ध उजुरी आह्वानको सूचना निकालेको थियो । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद्ले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा सम्पत्ति छानबिन आयोग गठन...

अमेरिकी सैन्य अड्डामा आक्रमण गरेको इरानको दाबीपछि बढ्यो कच्चा तेलको मूल्य

एजेन्सी । इरानमा भएको नयाँ अमेरिकी आक्रमणले हर्मुज जलयोजक मार्फत हुने व्यावसायिक ढुवानीमा अवरोध आउन सक्ने डर फेरि बढाएपछि बिहीबार तेलको मूल्य बढेको छ । विश्वव्यापी बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य ३ प्रतिशत भन्दा बढीले बढेर प्रति ब्यारल ९७.२९ डलर पुगेको छ भने अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट क्रुडको मूल्य ३.४२ प्रतिशतले बढेर प्रति ब्यारल ९१.७१ डलर...

होर्मुज जलमार्गमा नियमन गर्ने इरानी संस्थामाथि अमेरिकाद्वारा प्रतिबन्ध

काठमाडौं । अमेरिकी सरकारले ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी’माथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ । अमेरिकी अर्थ मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा उक्त संस्था ‘स्ट्रेट अफ होर्मुज’बाट जहाजहरूको आवतजावत नियन्त्रण गर्ने इरानी योजनाको नेतृत्व गरिरहेको जनाइएको छ । साथै, अन्तर्राष्ट्रिय कानुन र अमेरिकी प्रतिबन्धहरूको उल्लंघनमा संलग्न रहेको आरोप लगाइएको छ । ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी’ होर्मुज जलमार्गमा जहाजहरूको आवतजावत...

कांग्रेस र एमालेले सरकारी जग्गा कब्जा गरेर बनाएका भवनमा महानगरले डाेजर चलायाे

कांग्रेस र एमालेले सरकारी जग्गा कब्जा गरेर बनाएका भवनमा महानगरले डाेजर चलायाे काठमाण्डाै – पोखराको पृथ्वीचोकमा नेपाली कांग्रेस र नेकपा एमालेले सरकारी जग्गा कब्जा गरेर बनाएका भवन पोखरा महानगरपालिकाले डोजर चलाएर भत्काएको छ । पोखरा उपत्यका नगर विकास समितिको नाममा रहेको जग्गामा कांग्रेस र एमालेले भ्रातृ संस्थाका नाममा भवन बनाएर २० वर्षभन्दा धेरै समयदेखि भाडामा लगाउँदै आएका...

२३ भदौमा मानवअधिकार उल्लंघन, २४ मा संगठित आपराधिक कार्य

काठमाडौँ —   राष्ट्रिय मानवअधिकार आयोगले गत वर्ष २३ भदौको जेन–जी आन्दोलनमा मानवअधिकार उल्लंघन भएको र भोलिपल्ट २४ भदौमा पूर्वयोजनाअनुसार संगठित रूपमा आपराधिक कार्य गरिएको निष्कर्ष निकालेको छ । मानवअधिकार उल्लंघनमा संलग्न अधिकारीलाई कारबाही गर्न र आपराधिक कार्यमा संलग्न व्यक्तिमाथि थप अनुसन्धान गर्न आयोगले सरकारलाई सिफारिस गरेको छ ।  आयोगले २३ भदौमै सदस्य लिली थापाको नेतृत्वमा ६...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०