"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस

Table of Content

आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस

काठमाण्डाै – आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस स्थानीय प्रयास, विश्वव्यापी प्रभाव भन्ने नाराका साथ नेपालमा पनि मनाइँदैछ । हरेक वर्ष मे २२ मा मनाइने यो दिवस सन् १९९२ मा जैविक विविधता महासन्धि अङ्गीकार गरिएको स्मृतिमा संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको हो ।

एकातिर जैविक विविधता सङ्कटमा पर्दै गएको छ भने अर्कातिर नेपालका संरक्षित क्षेत्रहरूले सम्भावित राजस्व पनि गुमाइरहेका छन् । त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक राजेशकुमार राईका अनुसार नेपाली रुपैयाँ डलरको तुलनामा अवमूल्यन हुँदा यो राजस्व गुमेको हो ।

नेपालका प्रमुख संरक्षित क्षेत्रहरूले अक्टोबर २०१५ देखि विदेशी पर्यटकबाट प्रतिव्यक्ति ३ हजार रुपैयाँको स्थिर प्रवेश शुल्क लिँदै आएका छन् । तर पछिल्लो एक दशकमा रुपैयाँ झन्डै साढे ३१ प्रतिशतले अवमूल्यन भएकाले सन् २०१५ मा झन्डै २८ डलर रहेको शुल्क अहिले साढे १९ डलरमा झरेको छ । यही कारण विगत १० वर्षमा लाङटाङ, सगरमाथा र अन्नपूर्ण संरक्षण क्षेत्रले मात्रै २२ लाख ८९ हजार अमेरिकी डलर राजस्व गुमाएका छन् ।

प्राध्यापक राईले समाधानका लागि प्रवेश शुल्क डलरमा निर्धारण गर्नु, निजी क्षेत्रलाई संरक्षणमा आकर्षित गर्नु र समर्पित जैविक विविधता संरक्षण कोष स्थापना गर्नु आवश्यक रहेको बताउनुभएको छ ।

संरक्षित क्षेत्रलाई प्रकृति जोगाउने थलो मात्र नभई दीर्घकालीन आर्थिक र पर्यावरणीय लगानीको आधारका रूपमा स्थापित गरिनु जरुरी रहेको विज्ञहरू बताउँछन् ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1photo-8-1280x720

चितवन आइपुग्दा बाढी मथ्थर : त्रिशूली र नारायणी नदीमा भेटियो ५३ शव

भरतपुर । हिमपहिरो फुटेर तिब्बतबाट आएको बाढी रसुवाको भोटेकोसीमा छिरेको बाढीले वितण्डा मच्चायो । रसुवाको...
light_bulb_1D4C8urqw7

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्तिको  व्यवस्था मिलाइयो

काठमाडौं ।  भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल...
1787742462-h01Hq-1787744129

बाढीका कारण १६२ जनाको ज्यान गएको पुष्टी, बेपत्ताको खोजी चल्दै

बाढीबाट रसुवा, नुवाकोट र धादिङमा धेरै क्षति काठमाण्डौ – रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा एक्कासी...
dahal-1024x500

प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिएकाे आरोपमा एक युवक पक्राउ

१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की धम्की दिन् युवक...
gyanendra-shaha_Xbpk9e6zM0

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न सरकारसँग आग्रह

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीका कारण नेपालका...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०