"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

अदालतमा रिट निवेदन दर्ता नै हुन नसक्ने परिस्थिति निर्माण भएको भन्दै बारको विमति, आन्दोलनको घोषणा

Table of Content

अदालतमा रिट निवेदन दर्ता नै हुन नसक्ने परिस्थिति निर्माण भएको भन्दै बारको विमति, आन्दोलनको घोषणा

काठमाण्डौ – सर्वोच्च अदालतमा उत्पन्न पछिल्लो घटनाका सम्बन्धमा नेपाल बार एशोसिएशनले ५ बुँदे विमति राख्दै आन्दोलनको घोषणा गरेको छ । कानुन व्यवसायीहरूको छाता सङ्गठन बारको हिजो बसेको बैठकले कायममुकायम प्रधानन्यायाधीशको आदेशपछि पनि रिट दर्ता नभएपछि विरोध जनाएको हो ।

बारले निवेदन बिना कारण दर्ता नगरी त्यत्तिकै राख्नु न्यायमा अवरोध पुर्‍याउने काम भएको ठहर समेत गरेको छ । बारले आज दिउँसो सवा १ बजे लालटिन बालेर विरोध गर्ने निर्णय गरेको छ ।

प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दरपिठ गर्ने आदेशविरुद्धको निवेदन दर्ता गर्न कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले दिएको आदेश सर्वोच्च अदालत प्रशासनले आलटाल गरेको छ । मल्लले हिजो निवेदन दर्ता गर्न आदेश दिए पनि सर्वोच्च प्रशासनले दर्ता गरेन ।

संवैधानिक परिषद्ले यसअघि सर्वोच्चका न्यायाधीश डा.मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । परिषद्को यो निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले वैशाख २५ मा रिट पेस गरे पनि सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको थियो ।

त्यसपछि त्रिपाठी र सिलवालले दरपिठविरुद्धको निवेदन दिनुभएको थियो । त्यो निवेदनलाई पनि सर्वोच्च प्रशासनले होल्डमा राखेपछि विवाद हिजो कामु प्रधानन्यायाधीश मल्लसमक्ष पुगेको हो ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

50539_364db57837bbe8658517de7d46290859-10_03_2026-16_38_19-860x484

बारामा भदौ महिनामा ८४ सवारी दुर्घटनामा १२ जनाको मृत्यु

बारा । जिल्ला प्रहरी कार्यालय बाराले भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १४४ वटा अपराधसम्बन्धी मुद्दा...
blood_group_BXxRsRezXU

मानिसमा ४९औँ रक्त समूह प्रणाली पत्ता लाग्यो

बेलायत र इजरायलका वैज्ञानिकले मानिसमा नयाँ रक्त समूह प्रणाली पत्ता लगाएका छन् । वैज्ञानिकहरुले यसलाई...
fs_i2pYj6tfCr

रसुवा बाढीले निम्त्याएको विपद्‍बाट सिक्किमदेखि कश्मीरसम्मले के सिक्ने ?

काठमाडौँ । भदौ १० गते आएको विनाशकारी रसुवा बाढीसँगै हिमाली क्षेत्रमा विपद् पूर्वसूचनाको विद्यमान प्रणालीमाथि...
death-1783488169

धनुषाको रामानन्द चोकमा घरमा आगलागी हुँदा एक जनाको ज्यान गयो

काठमाण्डौ – धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकमा रहेको एक घरमा आगलागी हुँदा एक जनाको ज्यान...
nepali_congress_flag_zP1BwtPExZ

कांग्रेसले ४३ जिल्लामा वडा अधिवेशन सक्यो, ३१ जिल्लामा आज

काठमाण्डौ – नेपाली कांग्रेसको १५औँ  केन्द्रीय महाधिवेशनअन्तर्गत हिजो ४३ जिल्लाका तीन हजार ३९६ वडामा वडा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०