"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सङ्घीय संसद्को अधिवेशन शुरू, संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

Table of Content

सङ्घीय संसद्को अधिवेशन शुरू, संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

काठमाण्डाै – सङ्घीय संसद्अन्तर्गतका प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुवै संसद्को अधिवेशन शुरू भएको छ ।

प्रतिनिधिसभाको आजको बैठक शुरू हुनासाथ विपक्षी दलका सांसदहरू आ–आफ्नो आसनबाट उठेपछि सभामुख डोलप्रसाद अर्यालले आकस्मिक समयमा बोल्नका लागि समय दिने वचन दिइसकेकाले बैठक सञ्चालनमा अवरोध नगर्न आग्रह गर्नुभयो ।

त्यसपछि अघि बढेको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गरिएको छ । यसपछि विपक्षी दलका सांसदलाई आकस्मिक समयमा तीन/तीन मिनेट बोल्न समय दिइएको छ ।

दलहरूले अध्यादेश, भ्रष्टाचारका विषयमा सांसदलाई विशेष छुट, सुकम्वासी बस्तीमा डोजर चलाएको, सीमा सुरक्षा लगायतका विषयमा विरोध तथा ध्यानाकर्षण गराएका छन् ।

यसैबीच राष्ट्रियसभाको आजको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नारायणप्रसाद दाहालले जनहित, सुशासन र समृद्धिका लागि राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर जिम्मेवार भूमिका निर्वाह गर्न सदस्यहरूलाई आह्वान गर्नुभएको छ । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरणका लागि राष्ट्रियसभाले परिपक्व र अभिभावकीय भूमिका खेल्दै आएको बताउनुभयाे ।

यसैबीच आजै दिउँसो ४ बजे बस्ने संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ । यसअघि मन्त्रिपरिषद्को बैठकले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई स्वीकृत गरिसकेको छ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुहुने छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०