दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष र सदस्य पदमा दरखास्त आह्वान
काठमाण्डौ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष र सदस्य पदमा दरखास्त आह्वान गरेको छ ।
मन्त्रालयले आज निकालेको सार्वजनिक सूचनामा प्राधिकरणको अध्यक्ष एक जना र सदस्य चार जनाको पदका लागि दरखास्त माग भएको उल्लेख छ । यी पदहरूमा नियुक्तिका लागि इच्छुक र योग्य नेपाली नागरिकहरूले आउँदो जेठ ५ गते मंगलबार कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।
उम्मेदवारका लागि आवश्यक पर्ने न्यूनतम योग्यता, दरखास्त फाराम र अन्य आवश्यक कागजातको विस्तृत विवरण सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वेबसाइटमा उपलब्ध छ ।
