"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

यात्रुको सुरक्षा सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई प्राधिकरणको निर्देशन

Table of Content

यात्रुको सुरक्षा सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई प्राधिकरणको निर्देशन

काठमाण्डौ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमयुक्त सडकमा गाडी आवगमन बन्द गरी, यात्रु तथा गाडीहरुको सुरक्षा सुनिश्चित गर्न, गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

प्राधिकरणले जोखिम भएका ठाउँमा गाडी आवागमन बन्दको अवज्ञा गर्ने गाडी चालक एवम् गाडीधनीलाई कारबाही गर्नसमेत निर्देशन दिएको छ । हिजो बेलुकी काभ्रेको रोशी खोलाको बहाव बढेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षित ठाउँमा रोक्दारोक्दै पाँचवटा गाडी अगाडि बढ्दा यात्रुहरू बाढीमा फस्न पुगेका थिए ।

त्यसरी फसेका सबै ८९ यात्रुको सकुशल उद्धार गरिएको छ । केही गाडी चालकका कारण यात्रुहरूको सुरक्षाको सन्दर्भमा गम्भीर प्रश्न खडा भएपश्चात् प्राधिकरणले स्थानीय वस्तुस्थिति एवम् सडकको जोखिमको अवस्थालाई विश्लेषण गरी आवश्यकतानुसार सवारी आवागमन बन्द गर्न निर्देशन दिएको प्राधिकरणका उपसचिव रामबहादुर केसीले जानकारी दिनुभयो ।

प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान, पूर्वानुमानअनुसार प्राधिकरणबाट जारी हुने पूर्वसूचना, पूर्वचेतावनी र जानकारी पालना गर्न अनुरोध पनि गरेको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

बीपी राजमार्गमा पूर्व जानकारी लिएर मात्र यात्रा गर्न आग्रह

बीपी राजमार्गमा पूर्व जानकारी लिएर मात्र यात्रा गर्न आग्रह काठमाण्डौ – वर्षाका कारण प्रायः दैनिक राजमार्ग अवरुद्ध हुने भएपछि बीपी राजमार्गमा अवस्था बुझेर मात्रै यात्रा गर्न सुरक्षा निकायले आग्रह गरेको छ । जिल्ला सुरक्षा समितिले हिजो मंगलबारदेखि राजमार्गमा रातको समयमा आवागमन बन्द गरेको छ ।  समितिले जोखिमका कारण बेलुका ५ देखि बिहान ५ बजेसम्म आवागमन...

रास्वपाका एक विभागीय प्रमुख र एक सदस्यको जिम्मेवारी हेरफेर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले एक विभागीय प्रमुख र एक सदस्यको जिम्मेवारी हेरफेर गरेको छ। सचिवालय बैठकले नवप्रवर्तन विभाग प्रमुख भुवन केसी र प्रचार प्रसार विभागका सदस्य आनन्दकुमार मिश्रको जिम्मेवारी हेरफेर गरेको हो। हाल दुवै जनालाई केन्द्रीय निर्वाचन आयोगको सदस्यको जिम्मेवारी दिने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।

रास्वपा सांसद र मन्त्रीबिच प्रि-बजेट छलफल हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र  मन्त्रीबिच आज प्रि-बजेट छलफल हुने भएको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ४ बजे छलफल सुरु हुनेछ ।  आजको छलफलमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको सहभागिता रहने बताइएको छ । आर्थिक वर्ष २०८३-०८४ सालको बजेट तर्जुमा अगावै प्रि-बजेट छलफल’को आयोजना गरिएको हो।

ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र : सरकारी सम्पत्ति फिर्ता गर्न निर्देशन

ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र : सरकारी सम्पत्ति फिर्ता गर्न निर्देशन काठमाण्डौ – सरकारले निजामती सेवामा रहेका ट्रेड युनियनसम्बन्धी व्यवस्था खारेज गरेको छ ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत विवेक विडारीले विज्ञप्तिमार्फत केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ अनुसार निजामती सेवा ऐन, २०४९ को दफा ५३ मा रहेको ट्रेड...

‘बाध्यताले सुकुम्वासी भयौँ, काम पाउने ठाउँमा बस्न पाए हुन्थ्यो’

‘बाध्यताले सुकुम्वासी भयौँ, काम पाउने ठाउँमा बस्न पाए हुन्थ्यो’ काठमाण्डौको वंशीघाटमा बाटो पारी घर भत्काएको ठाउँमा कवाड सङ्कलन गर्नेहरु फलामका टुक्रा बटुल्न व्यस्त छन् । घर भत्किएको ठाउँमा डोजरले सम्याउन थालेको छ । बाटोवारि बागमती किनारको छेउमा श्रीमान र चार छोराछोरीको साथमा खुला आकाशमा बसिरहनुभएको छ, अन्जु नेपाली । उहाँ भत्केको घर हेर्दै टोलाइरहनुभएको छ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०