"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

अध्यक्ष रूक्सन गुरूङले सामाजिक काम गर्नका लागि ‘लिटिल राइनो फाउन्डेसन’को स्थापना गरे

Table of Content

भरतपुर । नेपाल तमू (गुरूङ) विद्यार्थी छोँज धीँ चितवनका अध्यक्ष रूक्सन गुरूङले सामाजिक काम गर्नका लागि फाउन्डेसन स्थापना गरेका छन् । २५७०औँ बुद्ध जयन्तीको अवसरमा उनले ‘लिटिल राइनो फाउन्डेसन’को स्थापना गरेका हुन् ।

फाउन्डेसनले सुरूको दिनमै महाबौद्ध गुम्बा परिसरभित्र रहेको पोखरीमा १०८ वटा माछा छाडेको छ । नेपाल तमू विद्यार्थी छोँज धीँसँगको सहकार्यमा खुला रक्तदानसमेत आयोजना गरिएको थियो ।

तमू विद्यार्थीका अध्यक्ष गुरूङले आफू सवारी दुर्घटनामा परेपछि फाउन्डेसन स्थापना गर्ने सोच बनाएको बताए । समाजमा देखिने सानातिना समस्या समाधानका लागि सकेको सहयोग गर्ने, कतिपय अवस्थामा पहलकदमी गरिदिनेजस्ता कार्यलाई फाउन्डेसनले समेट्ने उनले बताए । फाउन्डेसनमार्फत काम गर्दा विभिन्न संघसंस्था तथा व्यक्तिलाई पनि सहभागी गराउन सजिलो हुने उनले बताए ।

अध्यक्ष गुरूङ सानै उमेरबाट सामाजिक कार्यमा बढी सक्रिय छन् । उनले यसअघि पनि व्यक्तिगतरुपमै महाबौद्ध गुम्बा परिसरमा करिब एक लाख रूपैयाँभन्दा बढी रकम खर्चेर स्टिलको बार (रेलिङ) लगाइदिएका थिए । दाताको पर्खाइमा रहेको संस्थालाई उनले बेलामौकामा सहयोग गर्दै आएका छन् । विश्वकै दुर्लभ एकसिङ्गे गैँडाको बासस्थान भएको हुँदा फाउन्डेसनको नाममा गैँडा जोडिएको उनले बताए ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1photo-8-1280x720

चितवन आइपुग्दा बाढी मथ्थर : त्रिशूली र नारायणी नदीमा भेटियो ५३ शव

भरतपुर । हिमपहिरो फुटेर तिब्बतबाट आएको बाढी रसुवाको भोटेकोसीमा छिरेको बाढीले वितण्डा मच्चायो । रसुवाको...
light_bulb_1D4C8urqw7

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्तिको  व्यवस्था मिलाइयो

काठमाडौं ।  भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल...
1787742462-h01Hq-1787744129

बाढीका कारण १६२ जनाको ज्यान गएको पुष्टी, बेपत्ताको खोजी चल्दै

बाढीबाट रसुवा, नुवाकोट र धादिङमा धेरै क्षति काठमाण्डौ – रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा एक्कासी...
dahal-1024x500

प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिएकाे आरोपमा एक युवक पक्राउ

१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की धम्की दिन् युवक...
gyanendra-shaha_Xbpk9e6zM0

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न सरकारसँग आग्रह

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीका कारण नेपालका...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०