"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

पूर्वी लिबियामा डुङ्गा दुर्घटना, सात जनाको उद्धार, १७ जनाको मृत्यु

Table of Content

लिबियाको पूर्वी तटमा अनियमित आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा सात जनाको सकुशल उद्धार गरिनुका साथै १७ जनाको शवको बरामद गरिएको  लिबियन आपतकालिन सहयता सङ्गठन रेड क्रिसेन्टले जनाएको छ ।

सङ्गठनले जारी गरेको विज्ञप्तिमा टोब्रुक सहरको नौसेना आधारबाट गस्ती गरेको जहाजले खोजी तथा उद्धारका लागि अपरेसन सुरु गरेको बताएको छ । दुर्घटनाका कारण जहाजमा रहेका व्यक्तिहरू आठ दिन सम्म कठनि अवस्थामा समुद्रमा फसेको कारण सात जनाले मृत्यु वरण गर्नुका साथै अधिकाशं घाइते भएको जनाइएको छ । 

पूर्वी लिबियामा नौसेना एकाइ र तट–रक्षकको समन्वयमा गरिएको उद्धार कार्य आठ घण्टा भन्दा बढी समय सम्म चलेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

युरोप र लामो भूमध्य–सागरीय तटरेखासँग निकटताका कारण लिबिया अनियमित आप्रवासीहरूका लागि प्रमुख पारवहन केन्द्र बनेको जनाइएको छ । मौसमी अनुकुलताका कारण सिमापार प्रक्रिया सामान्यतया मार्च – सेप्टेम्बरको बिचमा तुलनात्मक रुपमा बढी हुने गरेको जनाएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड

तेहरान । इरानले इजरायलका लागि जासुसी गरेको आरोपमा शनिबार दुई जनालाई मृत्युदण्ड दिएको इरानी अदालतले जनाएको छ । यघौब करिम्पोर र नासेर बेक्रजादेहलाई गुप्तचरलाई सहयोग गरी जासुसी गरेको अपराधमा दोषी ठहर गरी मृत्यु दण्ड दिएको अदालतको वेबसाइट उल्लेख गरिएको छ । यद्यपि उनीहरुलाई कहिले पक्राउ गरिएको थियो भन्ने विषय भने स्पष्ट हुन सकेको छैन ।...

ट्राफिक नियम उल्लङ्घन भएमा लाइसेन्स र ब्लुबुक नखोजिने

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रहरीलाई सवारी चालक अनुमतिपत्र र ‘ब्लुबुक’ बुझाउँदा हैरानी खेप्नुभएको छ ? ट्राफिक व्यवस्थापनका लागि खटिने प्रहरीको पनि त्यसरी कागजपत्र लिनु रहरको विषय नहुन सक्छ । हालसम्मको अभ्यासमा ट्राफिक कारबाहीमा सवारी चालकको कागजपत्र जाँच गर्ने र जरिवाना गराउने कार्य हुँदै आए पनि अब सवारी चालक र ट्राफिक दुवैलाई...

भरतपुर अस्पतालका अध्यक्ष पौडेलको राजीनामा

भरतपुर । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष प्रा.डा. ढुण्डीराज पौडेलले पदबाट राजीनामा दिएका छन् । २०८२ साल चैत १२ गतेसम्म सरकारबाट नियुक्त पदाधिकारीहरुलाई स्वेच्छाले राजीनामा दिन सरकारले आग्रह गरेको छ । सोही आग्रहलाई आत्मसाथ गर्दै अवैतनिक अध्यक्ष पदबाट राजीनामा दिएको पौडेलले बताए । भरतपुर–१२ चितवन घर भएका पौडेल नाक, कान, घाँटी रोग विशेषज्ञ हुन् ।...

‘सरकारी विज्ञापन रोकेर निजी मिडियालाई धराशयी नबनाऊ’

भरतपुर । सरकारी विज्ञापन रोकेर निजी मिडियालाई धराशयी नबनाउन सरकारसँग माग गरिएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाको २२औँ साधारणसभामा अग्रज पत्रकारहरुले सरकारी विज्ञापन निजी मिडियालाई दिन किन रोकिएको हो भन्दै प्रश्न गरेका छन् । महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले सरकारी विज्ञापन निजी मिडियालाई दिन रोक लगाउनुको कारण माग्दै खुलाउन आग्रह गरे ।...

म्याग्दीमा महशिकार शुरु : पहिलो दिन झण्डै ७० लिटर मह निकालियो

म्याग्दीमा महशिकार शुरु : पहिलो दिन झण्डै ७० लिटर मह निकालियो काठमाण्डौ – म्याग्दीमा मह सिकार शुरु भएको छ । धवलागिरि, अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकाको लेकाली क्षेत्रका भीरबाट मह निकाल्न थालिएको हो ।  धवलागिरि गाउँपालिका–२ खोरीयाका महशिकारी मोतीप्रसाद पाइजाले हिजोदेखि महशिकार थालिएको जानकारी दिनुभयो । खोरीया नजिकैको महभीरमा रहेका दुई घारमा १५ जनाको टोलीले हिजो...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०