काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) क्रिकेट विश्वकप लिग–२ को जारी शृंखलामा ओमानविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानका कप्तान जतिन्दर सिंहले टस जितेर ब्याटिङ राजेका हुन् ।
नेपाल शृंखलामा लागातार दोस्रो जितको लक्ष्यमा छ । नेपालले पहिलो खेलमा यूएईलाई ३७ रनले हराएको थियो ।
लिगमा २१ खेल खेलेको नेपाल १२ अंकका साथ सातौं स्थानमा छ ।
ओमान पनि शृंखलामा पहिलो जितको दाउमा छ । पहिलो खेलमा ओमान यूएईसँग २५ रनले पराजित भएको थियो । लिगमा २५ खेल खेलेको ओमान २९ अंकका साथ तेस्रो स्थानमा छ ।
