काठमाडौं । आईसीसी विश्वकप लिग– २ मा यूएईले ओमानविरुद्ध सामान्य सुरूआत गरेको छ ।
कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले १० ओभरमा कुनै पनि विकेट नगुमाइ ५१ रन बनाएको छ।
यूएईका लागि क्रिजमा रहेका आर्यन्स शर्माले २९ र आदीब उस्मानीले १७ रन बनाएका छन् ।
ओमान जितका साथ सिरिजको सुरुआत गर्ने लक्ष्यमा छ । लिग–२ मा २४ खेल खेलेको ओमान २९ अंकका साथ तेस्रो स्थानमा छ ।
यूएई पनि सिरिजमा पहिलो जित निकाल्ने दाउमा छ । पहिलो खेलमा यूएई नेपालसँग ३७ रनले पराजित भएको थियो । हालसम्म २१ खेल खेलेको यूएई १० अंक जोडेर पुछारमा छ ।
