"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

पथलैयामा ओभरलोड सवारीमाथि एक्सनः दुई दिनमै ६ गाडी कारवाहीमा

Table of Content

जीतपुर । पथलैयामा ट्राफिक प्रहरीले ओभरलोड मालवाहक सवारीसाधनविरुद्ध कडाइ बढाएको छ। क्षमताभन्दा बढी सामान बोकेर गुड्ने सवारीलाई लक्षित गर्दै सुरु गरिएको निगरानी अभियानअन्तर्गत दुई दिनमै ६ वटा गाडी कारवाहीमा परेका छन्।

नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार ती सवारीबाट १ लाख ४५ हजार रुपैयाँ राजश्व संकलन गरिएको छ। प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वकिलबहादुर सिंहका अनुसार अब ओभरलोड सवारीलाई सामान्य जरिवाना गरेर छाड्ने अभ्यास हटाइएको छ। यस्ता सवारीलाई सिधै वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालय पठाइ कडाभन्दा कडा कारवाही गरिने व्यवस्था लागू गरिएको छ।

उनले मधेश प्रदेशभरका मातहत कार्यालयलाई पनि ओभरलोड नियन्त्रणमा सक्रिय हुन निर्देशन दिएका छन्। “निर्देशिका २०७४ अनुसार तोकिएको सीमा पालना गर्न चालकलाई सचेत गराउँदै अटेर गर्नेलाई अनिवार्य कारवाहीमा ल्याइनेछ,” उनले भने।

कार्यालयका तथ्यांकअनुसार चालु आर्थिक वर्षको वैशाख १० गतेसम्म २६५ ओभरलोड सवारी कारवाहीका लागि सिफारिस भइसकेका छन्, जसबाट ४० लाखभन्दा बढी राजश्व संकलन भएको छ। ट्राफिक कारवाहीको दायरा ओभरलोडमा मात्रै सीमित छैन। चैत मसान्तसम्म ८० हजारभन्दा बढी सवारीमाथि गरिएको कारवाहीबाट ७ करोडभन्दा बढी राजश्व उठेको छ भने मापसे गरेर सवारी चलाउने ३ हजार २ सय ४५ चालकलाई पनि कारवाही गरिएको छ।

यसै अवधिमा जनचेतना बढाउन १६ हजारभन्दा बढी कार्यक्रम सञ्चालन गरिएको र ७ लाखभन्दा बढी नागरिक लाभान्वित भएको कार्यालयले जनाएको छ। मधेश प्रदेशमा बढ्दो दुर्घटनालाई लक्षित गर्दै ट्राफिक प्रहरीले विशेष निगरानी तीव्र पारेको छ। चालु वर्षमै ६ हजारभन्दा बढी दुर्घटना हुँदा ३ सय ९८ जनाले ज्यान गुमाएका छन् भने ९ हजारभन्दा बढी घाइते भएका छन्।
त्यसैगरी पटक–पटक नियम उल्लंघन गर्ने १५ जना चालकको लाइसेन्स निलम्बनका लागि सिफारिस गरिएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

नक्कली भुटानी शरणार्थी प्रकरण : सजाय निर्धारणका लागि आज पेसी

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले कसुरदार ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारणका लागि आज पेसी तोकेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले रायमाझीसहितका प्रतिवादीलाई दोषी ठहर गरेको थियो ।  नेपालको फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ अनुसार ३ वर्षभन्दा बढी कैद हुने मुद्दामा कसुर ठहर भएको ३०...

आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाण्डौ — आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्तको प्रतिमामा माल्यार्पणसहित विशेष कार्यक्रमको आयोजना गरिएको छ । वि.सं. १८७१ साल असार २९ गते तनहुँको चुँदीरम्घामा भानुभक्तको जन्मभएको हो । संस्कृत भाषामा लेखिएको ‘रामायण’ लाई नेपालीमा प्रस्तुत गरेर भानुभक्तले ठूलो गुण लगाउनु...

बाढीले हेटौंडामा ट्रक बगायो, चालकले पौडिएर ज्यान जोगाए

काठमाण्डौ — मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ हटियामा रहेको कर्रा खोलामा आएको बाढीले खाली ट्रक बगाएको छ । आज बिहान पौने ८ बजे शिवम् सिमेन्ट फ्याक्ट्री नजिकै रहेको कर्रा खोलाको कल्भर्ट पार गर्ने क्रममा पानीको बहाव बढेपछि ट्रक बगाएको हो । प्रहरीका अनुसार सिमेन्ट फ्याक्ट्रीबाट ढुंगा अनलोड गरी फर्कँदै गरेको ना ७ ख ७६५ नम्बरको १२ चक्के...

हर्मुज जलमार्ग बन्द गरेपछि अमेरिकाले इरानमाथि थप हवाई आक्रमण गर्‍यो

काठमाण्डौ – इरानले हर्मुज जलमार्ग अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेपछि अमेरिकाले इरानमाथि नयाँ चरणको सैन्य आक्रमण गरेको छ ।  अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले सामाजिक सञ्जालमार्फत ‘इरानले गलत निर्णय गरेको र अब त्यसको मूल्य चुकाउनुपर्ने भन्दै अमेरिकाले थप कारबाही गर्ने चेतावनी दिनुभएको छ । इरानले अर्को सूचना जारी नभएसम्म हर्मुज जलमार्ग बन्द गरिएको घोषणा...

साबिक विजेता अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा : इंग्ल्यान्डसँग खेल्ने

काठमाण्डौ – साबिक विजेता अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । आज भएको अन्तिम क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ गोलले हराउँदै अर्जेन्टिना अन्तिम–४ मा पुगेको हो ।  निर्धारित ९० मिनेटको खेल १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा अर्जेन्टिनाले दुई गोल गर्‍यो । उसका जुलियन अल्भारेजले खेलको ११२औँ र लाउटारो मार्टिनेजले...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०