"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

अमेरिकी सहायक विदेशमन्त्री कपुरद्वारा काठमाडौंमा राजनीतिक भेटघाट सुरु

Table of Content

काठमाडौं — ३ दिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री सामीर पल कपुरले राजनीतिक दलका नेता तथा सरकारी अधिकारीसँग भेटघाट थालेका  छन् । गत १३ चैतमा रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री बनेयता काठमाडौं आउने उनी सबैभन्दा उच्च तहका विदेशी कूटनीतिज्ञ हुन् ।

काठमाडौंमा अवतरण गरेलगत्तै कपुरले काठमाडौंस्थित अमेरिकी दूतावासमा पुगेर अधिकारीहरूबाट ब्रिफिङ लिएका थिए । त्यसपछि उनले रास्वपा सभापति रवि लामिछानेलाई भेटेका थिए । यद्यपि, वासिङ्टनले कपुरको भ्रमण, भेटघाट र कार्यक्रमहरू सार्वजनिक गरेको छैन । काठमाडौंस्थित अमेरिकी दूतावासले भने सामाजिक सञ्जाल एक्समार्फत भ्रमणको पुष्टि गरेको छ । ‘अमेरिकी सहायक विदेशमन्त्रीले वरिष्ठ सरकारी अधिकारी, व्यवसायी र सांस्कृतिक क्षेत्रका विज्ञसँग भेटघाट गर्दै अमेरिका–नेपाल साझेदारी थप सुदृढ बनाउने उद्देश्य राखेका छन्,’ दूतावासले जनाएको छ।

लामिछानेसँगको भेटपछि कपुरले एक्समा लेखेका छन्, ‘काठमाडौंमा रास्वपा सभापति लामिछानेसँग भेटेर नयाँ सरकारका प्राथमिकता बुझ्न र अमेरिका–नेपाल सहकार्यका सम्भावित क्षेत्रबारे छलफल गर्न पाउँदा खुसी लाग्यो ।’

अमेरिकी सहायक विदेशमन्त्रीको नेपालमा यो पहिलो एकल भ्रमण हो । यसअघि यस्ता उच्च अधिकारीहरूले नेपाल भ्रमणलाई प्रायः अन्य दक्षिण एसियाली मुलुकसँग जोड्ने गरेका थिए ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

IMG_2462-1536x1152

बागमतीमा रमा आलेमगर कृषि मन्त्री नियुक्त, लिइन् पद तथा गोपनीयताको शपथ

हेटौंडा । बागमती प्रदेशमा नेपाली कम्युष्टि पार्टी (नेकपा) बाट कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रीमा नियुक्त...
Seol-1788311297

बाढी प्रभावितलाई स्वदेश फर्काउन दूतावासहरूको सहजीकरण

काठमाण्डौ – भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित जिल्लाका वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई स्वदेश फर्काउन...
1-1789716134

माथिल्लो त्रिशूली–१ को सुरुङबाट ६ वटा शव निकालियो

काठमाण्डाै – गएकाे भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजीका क्रममा आज माथिल्लो त्रिशूली–१...
Rs-50-new-note-1789707340

राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो ५० रुपैयाँको नयाँ नोट

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले आजदेखि ५० रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ ।...
1-1789710010

एकैदिन टाटाका १५० गाडी ग्राहकलाई हस्तान्तरण

काठमाण्डाै – विश्वकर्मा पूजाका अवसरमा हिजाे एकैदिन नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०