"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

लुम्बिनी प्रदेशसभा : प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

Table of Content

लुम्बिनी प्रदेशसभा बैठकले ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक’ दफावार छलफलका लागि संसदस्य समितिमा पठाएको छ । प्रदेशसभाको आज बसेको १२औँ बैठकले उक्त विधेयक दफावार छलफलका लागि अर्थ, उद्योग तथा पर्यटन समितिमा पठाएको हो ।

बैठकमा विधेयक माथिको प्रस्ताव उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेका तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले प्रस्तुत गरेका थिए ।

यसैगरी, प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले आजको बैठकमा समितिको वार्षिक प्रतिवेदन सभामा पेस गरिन् । सातौँ अधिवेशनको १३औँ बैठक सोमबार दिउँसो १ बजे बस्ने छ ।

आजको बैठकमा प्रदेशसभा सदस्य रत्नबहादुर खत्रीले बैठकलाई सम्बोधन गर्दै नेपालको शैक्षिक समस्याको मूल जड विद्यार्थी संगठन नभई शिक्षा प्रणाली नै रहेको बताए । 

बैठकमा प्रदेशसभा सदस्यहरु बसिउद्दिन खाँ, मीनाकुमारी श्रेष्ठ, तुलसीराम शर्मा, चन्द्रकेश गुप्ता, भण्डारीलाल अहिर, भगवती अधिकारी, बादशाह कुर्मी र चिन्तामणि पाण्डेले कृषि क्षेत्रमा अपेक्षित उपलब्धी हासिल हुन नसकेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए । 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक (सूचीसहित)

आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक (सूचीसहित) काठमाण्डौ — शिक्षा तथा खेलकूद मन्त्रालयले आठवटा विश्वविद्यालयको उपकुलपतिको सर्टलिस्ट सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिको उम्मेदवारको सर्टलिस्ट सार्वजनिक भएको हो । उपकुलपति सिफारिस गर्न गठित समितिका अनुसार...

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने काठमाण्डौ — नेपाल मेडिकल काउन्सिलले अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ । काउन्सिलले विज्ञप्ति निकालेर अवैध रुपमा ‘डाक्टर’ लेख्ने व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको हो । यसअघि काउन्सिलले जेठ ७ गते सूचना निकालेर गैरकानुनी रुपमा डाक्टरको उपाधि नलेख्न आग्रह गरेको थियो ।...

भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्ने

भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्ने भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्ने तयारी गरेको छ । विशेषगरी सामाजिक सञ्जालमार्फत चर्चामा आएको ‘कक्रोच पिपल्स पार्टी’ ले शिक्षामन्त्रीविरुद्ध शान्तिपूर्ण विरोध प्रदर्शनको तयारी गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पार्टीका संस्थापक अभिजीत डिप्के अमेरिकाबाट नयाँदिल्ली आईपुग्नुभएको छ । अमेरिकाको बोस्टन विश्वविद्यालयका ३० वर्षीय...

आज शनिबारको दिन कस्तो रहेको छ ? हेर्नुहोस् तपाईंको राशीफल

मेषः अभिष्ट कार्य सिद्धि हुनेछ, नोकरीमा पदोन्नतिको सम्भावना देखिन्छ, रमाइलोमा समय व्यतीत हुनेछ । वृषः महत्वपूर्ण कार्यमा व्यवस्थापन आइपर्ला, आर्थिक पक्ष सदृढ हुंंदै जानेछ, साथीभाइबाट आवश्यक सहयोग प्राप्त हुनेछ । मिथुनः काममा केही चुनौती देखा पर्नसक्छ, दिनको उत्तारार्ध भने सुधारोन्मुख देखिन्छ, आलश्यले डेरा जमाउनेछ । कर्कटः धनसम्पत्तीको लाभ हुने दिन छ, जीवन साथीलाई केहि पीडा...

चुरे संकटः नीति र व्यवहारबिचको गहिरो अन्तरविरोध

काठमाडौँ, जेठ २२ गते । नेपालको भूभागको अत्यन्तै संवेदनशील क्षेत्र मानिने चुरे पर्यावरण केवल आन्तरिक सीमाभित्र सीमित भूगोल मात्र नभई समग्र दक्षिण एसियाकै जलशास्त्रीय र भू–पारिस्थितिकीय सन्तुलनको प्रमुख मेरुदण्ड हो । नेपालको दक्षिणी समथर तराई क्षेत्र तथा छिमेकी मुलुक भारतको विशाल गङ्गा मैदानका लागि जमिनमुनिको पानीको प्राकृतिक पुनर्भरण क्षेत्रका रूपमा रहेको चुरे शृङ्खलाले यस क्षेत्रका करोडौँ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०