"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

जनकपुरका ग्याँस डिलरहरूमा अनुगमन तीव्र

Table of Content

जनकपुरधाम । खाना पकाउने एलपीजी ग्याँसको देशभरि अभाव भएपछि जनकपुरको नगर क्षेत्रमा रहेका ग्याँस डिलरहरूमा अनुगमन तीव्र पारिएको छ ।

स्थानीय प्रशासनको सहयोगमा महेन्द्रनगरमा रहेको नेपाल आयल निगम इन्धन डिपोबाट खटिएका ५ जनाको टोलीले नगर क्षेत्रमा रहेका विभिन्न ग्याँस डिलर तथा पसलहरूमा अनुगमन सुरु गरेका छन् । टोलीले ग्यास डिलरमा मौज्दात कति छ, खाली कति छ भन्दै सोधपुछ गर्न थालेका हुन् ।

टोलीले नगरको रामानन्द चोक, बलवा टोल, थापा चोक, पिडारी चोक, रजौल, सरस्वती टोल लगायतका स्थानमा अनुगमन गरिसकेको छ । अनुगमनको क्रममा धेरै स्थानका डिलरमा भरी सिलिण्डर ग्याँस नदेखिएको र कतिपय डिलरहरूमा मौज्दात रहेको भेटिएको अनुगमन टोलीका एक सदस्यले जनाए । टोलीका अनुसार डिलरमा भेटिएका ग्यास आवश्यकता अनुसार उपभोक्ताहरूलाई बाँड्ने प्रबन्ध मिलाइएको छ ।

अनुगमन टोलीमा संलग्न एवं नेपाल आयल निगम इन्धन डिपो महेन्द्रनगरका प्रमुख राजेश सिलवालले देशभरि ग्यास अभाव सिर्जना भएको सार्वजनिक भएपछि यहाँको अवस्था बुझ्न अनुगमन थालिएको बताए । ‘जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर आवश्यक अनुमगन थालेका छौँ’, उनले भने, ‘अहिले सम्म ७/८ वटा डिलरमा अनुगमन गर्दा अधिकांशमा ग्यास नरहेको देखियो भने कतिपयमा थोरै मौज्दात रहेको भेटियो । मौज्दात भेटिएका ग्याँस आवश्यकता अनुसार स्थानीयबासीलाई बाँड्ने प्रबन्ध मिलाइरहेका छौँ ।’

टोलीले बाहिर हल्ला भएजस्तो चरम अभाव नभएको दाबी गरेको छ । टोलीका सदस्यका अनुसार अधिकांश उपभोक्ताले ग्यास नपाउने त्रासले अत्यधिक स्टक थुपारेका कारण पनि अभाव सिर्जना भएको हो । टोलीले हालसम्म जनकपुरको नेहा ट्रेडर्स रजौल, न्यू श्रृष्टि टेडर्स भमरपुरा, भावना एण्ड ज्योती टेडर्स, आस्था इन्टरप्राईजेज पिडारी चोक लगायतका स्थानमा अनुगमन गरेको छ । अन्य स्थानमा पनि अनुगमन गरिने जनाइएको छ ।

टोलीका सदस्यहरूले डिलरमा पुगेर बिक्रेताहरूसँग सहजीकरण गर्दै भएको ग्याँस उपभोक्तालाई दिन आवश्यक निर्देशन दिनुका साथै ग्यास नपाउने उपभोक्तालाई सहज रुपमा पुर्‍याउने व्यवस्था मिलाउन फोन नम्बरसमेत सार्वजनिक गरेको छ । टोलीका अनुसार जनकपुरमा भित्रिने ग्यासमा विगतको तुलनामा कटौती नभई उल्टै बढी आएको छ । टोलीले डिलरभित्र सबै स्थानमा चेकजाँच गर्ने गरेका छन् ।

1-gas-anugaman5

जनकपुर नगर क्षेत्रमा बढी पैसा लिएर ग्याँस दिने गरेको गुनासो आए पनि अनुगमनका क्रममा त्यस्तो फेला नपरेको सिलवालले बताए । उपभोक्ताबाट पनि मौखिक या लिखित रुपमा आफूकहाँ त्यस्तो उजुरी नआएको उनको भनाइ छ ।

टोलीले ग्याँसको चरम अभाव नभएको बताइरहेका बेला स्थानीयबासी भने ग्यासका लागि धेरै संघर्ष गर्नुपरेको गुनासो गर्छन् । डिलरमा जाँदा ग्याँस छैन भन्ने र ग्यास आएको स्थानमा जाँदा यसअघि जहाँबाट लिने गरेको थियो, सोही डिलरमा जान भन्ने गरेको उनीहरूको गुनासो छ ।

3-gas-anugaman6

बलवा टोलका बासिन्दा रमेश सुडीले भने, ‘ग्याँस नपाएर हैरान भएको छु । आफूले लिइरहेको ठाउँमा ग्यास छैन । ग्याँस आएको ठाउँमा लिन जाँदा पहिले नै नाम टिपाएर राखेकाहरूका लागि मात्र वितरण गर्ने भनेर फर्काइदिन्छन् ।’

बजारमा खाली सिलिण्डर बोकेर हिँड्नेहरू यत्रतत्र देखिन्छन् । उनीहरू ग्यासका लागि दिनभरि खटिने गरे पनि सहज रुपमा नपाएको गुनासो गर्छन् । ग्याँसको अभाव उत्कर्षमा पुगेपछि कतिपयले विद्युतबाट चल्ने उपकरण किन्न थालेका छन् ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

nagdhunga-naubise-road-(7)-1765352945

पृथ्वी राजमार्ग हुँदै जान लागेका गाडीलाई नागढुंगामै रोकियो

काठमाडौंबाट पृथ्वीराजमार्ग हुँदै बाहिरिने सवारीसाधनलाई प्रहरीले नागढुंगामै रोकेको छ। रसुवाबाट आएको बाढीले धादिङ, तनहुँ, चितवनसम्म...
SG gives press con

समुन्द्री ढुवानी संयन्त्र सुदृढ गर्न संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विभिन्न सामुद्रिक नाकाहरूबाट अत्यावश्यक वस्तुहरूको सुरक्षित ढुवानी सुनिश्चित गर्न एक...
army-helicopter_pkh6dlfnrg_pYa0c4LgMC

उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरहरूलाई स्ट्यान्डबाइ राखियो

काठमाडौं । रसुवा बाढीपछि सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरलाई स्ट्यान्डबाइमा राखिएको छ।...
timure_NidzBokBOe

रसुवा बाढी :  अबको केही घण्टामा मुग्लिन पार गर्ने

काठमाडौँ ।  रसुवाको भोटेकोसीमा आएको भीषण बाढी त्रिशूली नदी हुँदै तीव्र गतिमा अगाडि बढिरहेको छ...
aagolagi_wvkld87PQt (1)

विद्युत् ‘सर्ट’भएर आगलागी हुँदा दुई घर नष्ट, २६ लाख बराबरको क्षति

ओखलढुङ्गा । यहाँको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट) भएर आगलागी हुँदा दुई...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०