"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सक्रिय राजनीतिबाट बिदा लिएको एमाले नेता अधिकारीको घोषणा

Table of Content

काठमाडौं । एमाले नेता काशिनाथ अधिकारीले सक्रिय राजनीतिबाट बिदा लिएका छन् । ६६ वर्षीय अधिकारीले सामाजिक सन्जाल फेसबुकमार्फत् सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका हुन् ।

पचास वर्षको राजनीतिक जीवनमा ४४ वर्ष पूर्णकालीन भएर काम गरेको र ३३ वर्ष एमालेको केन्द्रीय सदस्य बनेको जानकारी गराउँदै उनले कहिल्यै नेता नबनेको उल्लेख गरेका छन् ।

‘म कार्यकर्ताको पात्रता भएको राजनीतिकर्मी थिएँ । समाज बदल्न हिंडेको वास्तविक झोले कार्यकर्ता थिएँ,’ उनले लेखेका छन्, ‘मैले कहिल्यै पनि पद र अवसरका लागि मरिहत्ते गरिनँ ।’

आफूले इमान, निष्ठा र समर्पणकासाथ काम गरेको जिकिर गर्दै उनले लेखेका छन्, ‘तन, मन र धन समेत दिएर निसर्त तथा निस्वार्थरुपमा गरें, म ल्यांगल्यांगे कार्यशैलीको विरोधी हुँ, जसरी पनि जिम्मा पुरा गर्ने मेरो कार्यशैली रह्यो ।’

सपना असल कम्युनिष्ट बन्ने भए पनि सबै मानकहरु पुरा गर्न नसकेको उनले बताएका छन् । अब पार्टीका कुनै पनि कमिटी र निकायमा नरहने जानकारी गराउँदै उनले आफूले यो निर्णय खुसीका साथ लिएको बताएका छन् ।

‘अब पार्टीका कुनै पनि कमिटी र निकायमा रहने छैन । साधारण सदस्य रहेर पार्टी, समाज र देशका हितमा यथासम्भव काम गरिरहनेछु,’ उनले भनेका छन्, ‘गुनासो गरेर होइन, नेतृत्वप्रति आभार र धन्यवाद व्यक्त गरेर, खुसीले, ६६ वर्षको उमेरमा सक्रिय राजनीतिबाट बिदा भएको छु ।’

उनले लामो राजनीतिक जीवनमा भएका भूलचुकप्रति क्षमा पनि मागेका छन् ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

प्रेस स्वतन्त्रता हननका घटना वृद्धि, महासंघले भन्यो- आगामी दिन झनै चुनौतीपूर्ण

काठमाडौँ । नेपालमा प्रेस स्वतन्त्रता हननका घटना बढ्दै गएको नेपाल पत्रकार महासंघले जनाएको छ । प्रेस स्वतन्त्रता दिवसको अवसरमा शनिबार पत्रकार महासंघ अध्यक्ष निर्मला शर्माले शुभकामना सन्देश जारी गर्दै प्रेस स्वतन्त्रता हननका घटना बढेको तथ्यांक सार्वजनिक गरेकी छन्। अध्यक्ष शर्माका अनुसार, महासंघ सञ्चार अनुगमन एकाइले मे ४ सन् २०२५ देखि ३० अप्रिल २०२६ सम्म संकलन गरेको विवरणमा...

इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड

तेहरान । इरानले इजरायलका लागि जासुसी गरेको आरोपमा शनिबार दुई जनालाई मृत्युदण्ड दिएको इरानी अदालतले जनाएको छ । यघौब करिम्पोर र नासेर बेक्रजादेहलाई गुप्तचरलाई सहयोग गरी जासुसी गरेको अपराधमा दोषी ठहर गरी मृत्यु दण्ड दिएको अदालतको वेबसाइट उल्लेख गरिएको छ । यद्यपि उनीहरुलाई कहिले पक्राउ गरिएको थियो भन्ने विषय भने स्पष्ट हुन सकेको छैन ।...

ट्राफिक नियम उल्लङ्घन भएमा लाइसेन्स र ब्लुबुक नखोजिने

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रहरीलाई सवारी चालक अनुमतिपत्र र ‘ब्लुबुक’ बुझाउँदा हैरानी खेप्नुभएको छ ? ट्राफिक व्यवस्थापनका लागि खटिने प्रहरीको पनि त्यसरी कागजपत्र लिनु रहरको विषय नहुन सक्छ । हालसम्मको अभ्यासमा ट्राफिक कारबाहीमा सवारी चालकको कागजपत्र जाँच गर्ने र जरिवाना गराउने कार्य हुँदै आए पनि अब सवारी चालक र ट्राफिक दुवैलाई...

भरतपुर अस्पतालका अध्यक्ष पौडेलको राजीनामा

भरतपुर । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष प्रा.डा. ढुण्डीराज पौडेलले पदबाट राजीनामा दिएका छन् । २०८२ साल चैत १२ गतेसम्म सरकारबाट नियुक्त पदाधिकारीहरुलाई स्वेच्छाले राजीनामा दिन सरकारले आग्रह गरेको छ । सोही आग्रहलाई आत्मसाथ गर्दै अवैतनिक अध्यक्ष पदबाट राजीनामा दिएको पौडेलले बताए । भरतपुर–१२ चितवन घर भएका पौडेल नाक, कान, घाँटी रोग विशेषज्ञ हुन् ।...

‘सरकारी विज्ञापन रोकेर निजी मिडियालाई धराशयी नबनाऊ’

भरतपुर । सरकारी विज्ञापन रोकेर निजी मिडियालाई धराशयी नबनाउन सरकारसँग माग गरिएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाको २२औँ साधारणसभामा अग्रज पत्रकारहरुले सरकारी विज्ञापन निजी मिडियालाई दिन किन रोकिएको हो भन्दै प्रश्न गरेका छन् । महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले सरकारी विज्ञापन निजी मिडियालाई दिन रोक लगाउनुको कारण माग्दै खुलाउन आग्रह गरे ।...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०