"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

मकवानपुरमा इभी गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते

काठमाडौँ,कात्तिक २६- मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा इभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । बिहान करिब ६ः१० बजे काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको इभी गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा गाडीमा सवार १५ मध्ये १० जनाको मृत्यु भएको र पाँच...
Read more

भाइटीकाको दिन हिजो २ हजार ५०० यात्रुलाई सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाण्डौ – सशस्त्र प्रहरीले तिहारको भाइटीकाको दिन हिजो काठमाण्डौ उपत्यकामा निःशुल्क रूपमा सञ्चालन गरेको बस सेवाबाट २ हजार ४८६ जनाले यात्रा गरेका छन् । भाइटीकाका दिन सार्वजनिक यातायात न्यून चल्ने भएकाले यात्रुको आवतजावतमा सुविधा पुर्‍याउने उद्देश्यका साथ सशस्त्र प्रहरीले रिङरोड (चक्रपथ) र भक्तपुर गरी दुई रुटमा निःशुल्क बस सेवा सञ्चालन गरेको थियो । सशस्त्रको बस...
Read more

एनपीएलमा आज पोखरा र विराटनगर तथा कर्णाली र लुम्बिनीबीच खेल हुँदै

काठमाण्डौ – काठमाण्डौमा चलिरहेको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज २ खेल हुँदैछन् । पहिलो खेल त्रिवि क्रिकेट रङ्गशालामा दिउँसो साढे १२ बजे पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीच हुनेछ । दोस्रो खेलमा बेलुका ५ बजे कर्णाली याक्स र लुम्बिनी लाइन्सबीच प्रतिस्पर्धा हुनेछ । अङ्क तालिकाअनुसार एनपीएलमा काठमाण्डौ गोर्खाज चार जित र एक हारसहित...
Read more

पूर्वी क्षेत्रमा बिहानै ४.६ म्याग्निच्युड भूकम्पको धक्का महसुस

काठमाण्डौ – नेपालको पूर्वी क्षेत्रमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ४ बजेर ४५ मिनेटमा गएको भूकम्पका कारण पूर्वी नेपालका विभिन्न जिल्लामा धक्का महसुस गरिएको स्थानीय बासिन्दाले बताएका छन् । पूर्वी नेपालका हिमाली तथा तराईका विभिन्न जिल्लामा धक्का महसुस भएको हो । भूकम्पको धक्का नेपालसहित भारत, भुटान र चीनमा समेत महसुस गरिएको...
Read more

विद्यालयको लागि देउसी कार्यक्रम : दुई दिनमा साढे तीन लाख रुपैयाँ अर्थ सङ्कलन

भरतपुर (चितवन) । नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा विद्यालयको शैक्षिक विकासमा सहयोग जुटाउने उद्देश्यले भरतपुर महानगरपालिका–११ स्थित नयाँकिरण कमलकुसुम माध्यमिक विद्यालयद्वारा आयोजित दुईदिने बृहत् देउसीभैलो कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ। तिहार–२०८३ को अवसरमा विद्यालयले कार्तिक २२ र २३ गते आफ्नो सेवाक्षेत्रभित्रका विभिन्न टोल तथा चोकहरूमा देउसीभैलो कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रममा स्थानीय...
Read more

छठको तयारीमा जनकपुरधाम, प्रधानमन्त्री बालेन पनि आउने

जनकपुरधाम । दीपावली सकिएसँगै मधेश प्रदेशका जिल्लामा छठ पर्वको तयारी तीव्ररुपमा अघि बढिरहेको छ । त्यस क्रममा प्रदेश राजधानीस्थित जनकपुरधामका पोखरी तथा तलाउको सरसफाइ र शृङ्गारिने काम सुरु भएको छ । त्यस्तै बजारमा छठ पूजाका लागि आवश्यक सामग्री किनमेल गर्नेको भीड बढेको छ । मिथिलाञ्चलको धार्मिक, सांस्कृतिक र सामाजिक पहिचानसँग जोडिएको छठ पर्वलाई व्यवस्थित र...
Read more

छठ पर्वमा यस वर्ष पनि नेपाली सेनाले छठी माई र सूर्य भगवानलाई सलामी अर्पण गर्ने

वीरगञ्ज । लोकआस्थाको महापर्व छठ पूजाको अवसरमा नेपाली सेनाले यस वर्ष पनि छठी माई र सूर्य भगवानलाई सलामी अर्पण गर्ने भएको छ । छठ पर्वको मुख्य दिन कात्तिक २९ गते आइतबार साँझ वीरगञ्ज महानगरपालिका–१० स्थित घडिअर्वा छठघाटमा पुगेर नेपाली सेनाको टोलीले विशेष विधिअनुसार सलामी अर्पण गर्ने कार्यक्रम रहेको छ । यसअघि दसैँको सप्तमीका दिन नवदुर्गा...
Read more

स्वर्णिम वाग्ले टाइमको प्रभावशाली १०० सूचीमा, रास्वपाले भन्यो : नेपालको गौरव

२४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका उपसभापतिसमेत रहेका अर्थमन्त्री डा स्वर्णिम वाग्ले अमेरिकी पत्रिका टाइमको १०० प्रभावशाली सूचीमा समेटिएकोमा बधाई दिएको छ। रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्ति जारी गर्दै उनलाई बधाई दिँदै जलवायु वित्त परिचालनका लागि पहल, स्रोत व्यवस्थापन र अन्तर्राष्ट्रिय प्रणालीगत सुधार लगायतको क्षेत्रमा लिएको नेतृत्व र अग्रसरता नेपालको लागि उल्लेखनीय...
Read more

देउसी–भैलो २४सै घण्टा सञ्चालन गर्न दिन गृह मन्त्रालयको निर्देशन

काठमाण्डौ – गृह मन्त्रालयले परम्परागत देउसी–भैलो कार्यक्रम २४सै घण्टा सञ्चालन गर्न दिन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले हिजो ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै नेपाली मौलिक कला, संस्कृतिलाई प्रोत्साहन गर्ने तथा सामाजिक सद्भावको संरक्षण हुने गरी अनुशासित रूपमा देउसी भैलो सञ्चालन गर्न निर्देशन दिएको हो । देउसी–भैलो कार्यक्रम पूर्ण रूपमा...
Read more

तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र हलीको पूजा मनाइँदै

काठमाण्डौ – कात्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको पाँचौँ दिन आज गोवर्द्धन, गोरु, बली र हलीको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरबाट पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वतका रूपमा पूजा गर्ने परम्परा छ । कात्तिक शुक्ल प्रतिपदाका दिन सूर्योदय भएका दिन गोवर्द्धन पूजा गर्नुपर्ने धार्मिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास...
Read more
1 … 8 9 10 11 12 … 18

Trending News

Editor's Picks

नारायणी महोत्सवमा भोलि ७ गते कुमा सागर एण्ड द ख्वपाको कन्सर्ट हुने

चितवन । चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा जारी दोस्रो नारायणी महोत्सव २०८३ मा भोलि मंसिर ७ गते चर्चित नेपाली सांगीतिक समूह कुमा सागर एण्ड द ख्वपाको विशेष लाइभ कन्सर्ट आयोजना हुने भएको छ । साँझ ५ बजेपछि ९ बजेसम्म उक्त कन्सर्ट हुने । महोत्सवमा दिनदिनै नारायणी कला मन्दिर नारायणगढको विभिन्न प्रस्तुति तथा आदिवासी जनजातीको साँस्कृतिक...

चितवनका सीडीओको स्टन्ट फ्लपः दुई महिनादेखि ‘राइनो क्रुज’ नारायणीमा बेवारिसे

चितवनः चितवन र नवलपुर जोड्ने नारायणी नदीको पुलमा अड्किएको नेपालकै पहिलो लक्जरी ‘राइनो क्रुज’ बेवारिस बनेको छ। नेपालको जलपर्यटन क्षेत्रमा नयाँ इतिहास रच्ने दाबीका साथ सञ्चालनमा ल्याइएको क्रुज नदीको गैँडाकोटतर्फ दुई महिनादेखि भग्न र खिया लागेको अवस्थामा लडिराखेको छ। गत असोज ११ मा नारायणी नदीमा आएको बाढीले गैँडाकोट स्टेसनबाट ६० टनको क्रुज बगाएको थियो। बाढीको...

पिठुवा सिंचाईको ३२ औं साधारणसभा: नहर संरक्षणमा उपभोक्ता आफैँ सचेत हुनुपर्छ : उपप्रमुख पाठक

रत्ननगर। रत्ननगर–१६ स्थित पिठुवा सिँचाइ जल उपभोक्ता संस्थाको ३२औँ साधारण सभा शनिवार सम्पन्न भएको छ। सभामा रत्ननगर नगरपालिकाका उपप्रमुख यादवप्रसाद पाठकले सिँचाइ नहरको संरक्षणका लागि उपभोक्ता आफैँ सचेत र जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ। उपप्रमुख पाठकले सिंचाई नगरको छेउछाउबाट ढुंगा, गिट्टी निकाल्न सिफारिस दिने पनि पिठुवाबासी नै हुने र उत्खनन गरेर बिक्री गरी आम्दानी गर्ने पनि...

पाँच एमओयू तथा सम्झौतापत्र टुंगियो, चारवटामा छलफल जारी

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भ्रमणमा नेपाल र भारतबीच हस्ताक्षर हुने पाँचवटा समझदारी (एमओयू) तथा सम्झौतापत्रको टुंगो लागेको छ । “प्रधानमन्त्रज्यूको भारत भ्रमणमा दुई देशबीच पूर्वाधार, शिक्षा, खेलकुद, स्वास्थ्य लगायतका क्षेत्रमा पाँचवटा एमओयू तथा सम्झौतापत्रमा हस्ताक्षर हुने तय भएको छ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, “अझै थप चारवटा एमओयू तथा सम्झौतापत्रमा छलफल चलिरहेको छ ।...

चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढ्दो

काठमाण्डौ – चिसो बढ्दै गएसँगै हवाई मार्गबाट सगरमाथा क्षेत्र छोड्ने पर्यटकको सङ्ख्या पनि बढेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको साप्ताहिक तथ्याङ्कअनुसार पछिल्लो अवधिमा खुम्बु क्षेत्रमा प्रवेश गर्नेभन्दा बाहिरिने पर्यटकको सङ्ख्या दोब्बरभन्दा धेरै देखिन्छ । तथ्याङ्कअनुसार पछिल्लो एक हप्ताको अवधिमा हवाई मार्गमार्फत सगरमाथा क्षेत्र (खुम्बु)बाट १ हजार १८० पर्यटक बाहिरिएका छन् भने ५२९ पर्यटक प्रवेश...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०