"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

नेतृत्वमा पुगेपछि गगन थापाका गल्ती

Table of Content

नेपाली कांग्रेस लामो समयदेखि नेपालको राजनीति, लोकतन्त्रमा, देशलाई परिवर्तन गर्ने दिशामा क्रियाशील भएको पार्टी हो । यो पार्टी विश्वेश्वरप्रसाद कोइरालाद्वारा स्थापित र उहाँले नै प्रतिपादन गरेको विचारलाई बोकेर अगाडि बढिरहेको छ । कांग्रेस विगतमा टुट्ने, फुट्ने हुँदै यहाँसम्म आइपुगेको हो । अहिले आएर फेरि पुनः एकपटक कांग्रेस विखण्डनको दिशामा पुगेको अवस्था छ ।

जेनजी विद्रोहपछि एक्कासि गगन थापाहरूहरूलाई अब नेतृत्व हाम्रो हातमा लिनुपर्छ, नभए पार्टी अब रहँदैन भन्ने लाग्यो । उहाँहरूकै अगुवाइमा विशेष महाधिवेशन भयो । त्यो महाधिवेशनपछि फेरि उहाँहरूले १५औँ महाधिवेशन गर्नुभयो । महाधिवेशनबाट केही पदमा निर्विरोध र अधिकांशमा निर्वाचनको माध्यमबाट नयाँ कार्यसमिति आएको छ ।

महाधिवेशनबाट उहाँहरूले पदाधिकारी २५ सदस्यीय बनाउनु भएको छ । युवा नेतृत्व भएपछि पार्टीमा व्यापक परिवर्तन गर्छौं भन्नुभएको थियो, तर अहिले युवामात्रै होइन, पुरानाहरू पनि समेटिएका छन् । समग्रमा कांग्रेसमा तीन पुस्ता देखिएका छन् । महाधिवेशनबाट गगनजी जस्तो युवा डाइनामिक नेतृत्व, विचार भएको नेतृत्वले पार्टी सभापतिको पदमात्र दुई वटा राख्नुभएन, अरु सबै पद र विषयहरूमा ‘कम्प्रोमाइज’ गरेर अगाडि बढ्नुभयो । यो पार्टीका लागि राम्रो होइन ।

पार्टी सभापति एउटा भए पनि बाँकी पद दुई, चारदेखि १५ वटासम्म पुगेका छन् । जो–जसलाई केन्द्रीय समिति र पदाधिकारीमा ल्याउनु छ, ती मान्छेको मुख र अनुहार हेरेर पद सिर्जना गरेको यो महाधिवेशनबाट देखिएको छ ।

सिद्धान्तले कार्यकर्तालाई बाँध्न सकिएन भने पदले कसैलाई पनि पार्टीमा अड्याउन सक्दैन । मान्छेहरू अवसरको खोजीमा हिँड्छन् । संगठन जम्बो बनाउँदैमा मत बढ्छ, लोकप्रिय पार्टी हुन्छ, गुमेको जनाधार फेरि फर्किन्छ भन्ने ग्यारेन्टी छैन । राजनीतिमा सिद्धान्त ठुलो कुरा हो । नैतिकता, मूल्य, मान्यता, आदर्श ठुला कुरा हुन् । त्यही नैतिक मूल्य–मान्यताभन्दा बाहिर गएर यसरी सौदाबाजीमा पदहरू सिर्जना गर्दै जाने हो भने कांग्रेसको हालत कम्युनिस्टहरूको जस्तै हुने निश्चितजस्तै छ । कम्युनिस्ट पार्टीहरूले केन्द्रीय समिति ६०० जनाभन्दा बढीको बनाए पनि निर्वाचनमा सिट त्यही बराबरको आयो त ? आएन नि ।

हाम्रो समाज अहिले पपुलिजममा रमाइरहेको छ । नेतृत्वको लोकप्रियताको पछाडि दगुरिरहेको छ । समाजले पहिलो २ वर्षमा एउटालाई भगवान बनाएर देवत्वकरण गर्छ ।

जनताको मन जितेर मत पाएर जित्ने सिट भनेको कार्यसमिति, केन्द्रीय कार्यसमिति जम्बो बनाएर, धेरै पद बनाएर आउने होइन । ठुलो कार्यसमिति र धेरै पदाधिकारी बनाएर पार्टी ठुलो हुने होइन । पार्टी भनेको विचारले चल्ने हो । अहिले कांग्रेसको राजनीति कता जान्छ भन्नेमा केन्द्रदेखि वडासम्मका कार्यकर्ताहरू अलमलमा छन् । राजनीति भनेको दर्शन हो, त्याग हो, समर्पण हो । त्यतिमात्र होइन, राजनीति भनेको असल र उदार प्रवृत्ति र पद्धति हो भन्ने कुरा कांग्रेसले कार्यकर्तालाई बुझाउन सकेको छैन ।

पहिलादेखि नै कांग्रेसमा डनवाद र धनवादको ठुलो प्रभाव छ भन्ने गरिन्थ्यो । त्यो प्रभाव अहिले पनि ज्यूँका त्यूँ छ । अहिले कांग्रेसमा टिकट पाएका, केन्द्रीय कार्यसमितिमा निर्वाचित भएकाहरू उनीहरूकै लागि छुट्ट्याइएको क्लस्टरबाट भएको समुदायको प्रतिनिधित्वबाहेक पहुँचवालाकै वर्चस्व छ । अर्कोतर्फ युवा भनेर फेरि कसलाई भन्ने ? सांसद पाँच, छ पटक भए पनि हुने, प्रधानमन्त्री र पार्टी सभापतिमात्र दुई पटक हुनुपर्छ भन्ने मान्यता बोक्नेलाई युवा भन्ने ? यस्ता विषय तर्क होइनन्, मेरो विचारमा कुतर्क मात्रै हुन् ।

राजनीतिमा यति वर्ष भन्ने हुँदैन । राजनीति भनेको त्याग र समर्पण हो । बाँचुन्जेलसम्म राजनीति गर्नेले सेवा दिन सक्छ भन्ने कुरा संसारमा हेर्दा पनि भेट्टाउन सकिन्छ । मलेसिया, अमेरिका र सिंगापुर २०, ३० र ४० वर्षका युवाहरूले नेतृत्व गरेर विकसित भएका हुन् र ? अवश्य पनि होइन । सबै ६०, ७० र ८० वर्ष उमेर पुगेका नेतृत्वको ‘भिजन’बाट विकसित भएका हुन् । स्वस्थ शरीर हुन्जेलसम्म, स्वस्थ मस्तिष्क हुन्जेलसम्म, स्वस्थ विचार हुन्जेलसम्म राजनीति गर्न पाउनुपर्छ । राजनीतिमा तैँले यति वर्ष खाइस्, अब मेरो पालो भनेर जुन आलोपालोको कुरा आउँछ, त्यहाँ केही कुरा खराबी छ है भनेर बुझ्नुपर्ने हुन्छ ।

हाम्रो समाज अहिले पपुलिजममा रमाइरहेको छ । नेतृत्वको लोकप्रियताको पछाडि दगुरिरहेको छ । समाजले पहिलो २ वर्षमा एउटालाई भगवान बनाएर देवत्वकरण गर्छ । त्यही समाजले दुई वर्षपछि त्यसैलाई, राक्षसीकरण गर्न पनि पछि परेको छैन । यो चुनौती हो । अहिले नेपाली कांग्रेस २ वटाजस्तो देखिएको छ । नियमित महाधिवेशनको टिमबाट आएका डा. शेखर कोइराला, शेरबहादुर देउवा, डा. शशांक कोइराला लगायतका नेताहरूले हामी वैधानिक भएको भनिरहनु भएको छ । उहाँहरूले पार्टीको वैधानिकता गगन थापाहरूले खोसेर लगेको बताइरहनुभएको छ । निर्वाचन आयोग र सर्वोच्चको संयुक्त इजलासले गगनजीहरूलाई आधिकारिकता दियो । त्यसविरुद्ध सर्वोच्च अदालतले शेरबहादुरहरूलाई निस्सा दिएको छ । यसले कांग्रेसमा आरोप–प्रत्यारोप चलिरहेको छ ।

पूर्णबहादुरको पछाडि लागेका मान्छेहरू गगनका प्यारा भइसकेका छन् । गगन र विश्वलाई तुरुन्तै कारबाही गर्नुपर्छ भन्ने प्रस्ताव लैजानेहरू अहिले गगनकै प्रिय हुनु आफैँमा हास्यास्पद छ ।

अब निर्वाचन आइरहेको छ । कांग्रेसले जित्न ठुलो संघर्ष गर्नुपर्ने छ, जो कठिन छ, तर हराउनलाई कठिन छैन । गगनजीहरूले २.० को कांग्रेस भनिरहनु भएको छ । नारा लेखेर, गीत गाएर पार्टी बलियो हुँदैन । बलियो हुन नेतृत्व उदार हुनुपर्छ । नेतृत्वले सत्तामा हुँदा र सत्ता बाहिर हुँदा कस्तो व्यवहार गर्छ भन्ने नागरिकले हेरिरहेका छन् । गगनजी नियमित महाधिवेशन गरेको भए पनि पार्टी सभापति हुनुहुन्थ्यो । उहाँसँग जो–कोहीले प्रतिस्पर्धा गर्न सक्थ्यो, तर प्रतिस्पर्धा खासै हुने अवस्था थिएन, तर लोकप्रिय हुँदाहुँदै पनि धेरै हतार गर्नुभयो । जसले कांग्रेस एकढिक्का रहने अवस्था रहेन । दुर्भाग्य, कांग्रेस एकढिक्का नराखेकाले अहिले उहाँले सामाजिक सञ्जालबाट आरोपहरू खेप्नुपरेको छ । पार्टीकै साथीभाइबाट उहाँ लक्षित टिप्पणी भइरहेका छन् । यो उहाँको कमजोरी हो । नेतृत्वको कमजोरी हो । नेतृत्वले जहिल्यै सबैलाई समेट्नु पर्छ ।

अर्कोतर्फ विश्वजी र गगनजी महामन्त्री हुने बेलामा किन महाधिवेशन गर्न नसकेको ? किन समयमा निर्णय गर्न नसकेको ? क्रियाशील सदस्यताका विवरणहरू उहाँहरूले नै अड्काएको भन्ने धेरैबाट आरोप लागिरहेको छ । एउटा महत्त्वपूर्ण पदमा हुने बेलामा सबै बिगारेको पार्टी सभापतिले हो, हामीलाई केही गर्न दिइएन भनिरहनु भयो । यो गलत थियो । शेरबहादुर देउवाका गल्ती नभएका होइनन्, छन् । पूर्णबहादुर खड्काका त थुप्रै गल्ती थिए । यो स्थिति ल्याउन पूर्णबहादुर नै जिम्मेवार हो । पटक–पटक गगनजीहरूसँग संवाद गरेर महाधिवेशन गर्नुको सट्टा गगनलाई अल्झाउने काममा शेरबहादुरलाई पनि ढाँटेर अल्झाउने पूर्णबहादुर हो । अहिले उनै पूर्णबहादुर गगनजीका प्यारा हुन खोजिरहेका छन् । पूर्णबहादुरको पछाडि लागेका मान्छेहरू गगनका प्यारा भइसकेका छन् । गगन र विश्वलाई तुरुन्तै कारबाही गर्नुपर्छ भन्ने प्रस्ताव लैजानेहरू अहिले गगनकै प्रिय हुनु आफैँमा हास्यास्पद छ ।

सबैको आशा र भरोसा कांग्रेसमा छ । कांग्रेसले सबैलाई समेट्छ, सामाजिक न्याय दिन्छ र लोकतन्त्रको स्थापना गरेको कांग्रेसले यसको पनि जगेर्ना गर्नुपर्छ भन्ने नेतृत्वले बिर्सिन थाल्दैछन् । यो विषय नेतृत्वमा स्मरण हुनु आवश्यक छ । गगनजीहरूले स्मरण त गर्नुहोला, तर ढिलो भइसकेको हुनेछ । किनभने उहाँको आधी समूह, दाइभाइहरू छुट्टै महाधिवेशन गरेर छुट्टै पार्टीको निर्माणको अवस्थामा लागिसकेका हुन्छन् । आधिकारिकता कसको हुन्छ, अदालतको फैसलाले बताउला । आधिकारिकता गगनजीले पाए पनि पार्टी एक रहन गाह्रो छ । नेतृत्वमा पुगेपछि यो कुरा बुझ्न जरुरी थियो, तर बुझ्नु भएन ।

अर्कोतर्फ, गगनजीले शेरबहादुर टिमका मान्छेहरू सबै आउँछन् भनेर सिट बढाउने प्रपञ्च गर्नुभएको हो । जम्बो केन्द्रीय कार्यसमिति बनाउनुको मुख्य कारण धेरै सिटको मैले भेकेन्सी खोलेँ भने देउवातिरका सबै आउँछन्, सबैलाई सिट पुग्छ भन्ने नै देखिन्छ । उहाँले कुन–कुन क्लस्टरका मान्छे थप्दाखेरि देउवा समूहको कित्ता फेर्छन् भन्ने सोच्नुभयो, यसले पार्टीलाई पाइदा गर्छ कि घाटा भन्ने सोच्नुभएन । जम्बो केन्द्रीय कार्यसमितिको बैठक कहाँ बस्ने भन्नेमा ध्यान दिनुभएन । कांग्रेसको केन्द्रीय सदस्य भएपछि जुनखालको मानसम्मान हुन्थ्यो त्यो गुमेको छ ।

यत्रो संगठन गरेर आएको मान्छे, यति पटक सांसद, मन्त्री भएको मान्छे, प्रधानमन्त्री हुन्छु भनेर लागेको मान्छे गगनजीले यति कुरा बुझ्नुभएको छैन त भनेर हामीले कसरी भनौँ ? तर गल्ती गर्नुभयो । पछुताउने अवस्था आउन सक्छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

किशोरकिशोरीबीच सहमतिमा यौ’न स’म्बन्ध भए जब’रज’स्ती कर’णी नमान्ने गरी कानुन संशोधनको तयारी

चितवन । सरकारले किशोरकिशोरीबीच आपसी सहमतिमा भएको यौ’न सम्ब’न्धलाई निश्चित सर्त पूरा भएमा ज’बरज’स्ती क’रणी नमान्ने गरी कानुन संशोधनको तयारी गरेको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले मुलुकी अ’परा’ध संहिताको दफा २१९ संशोधन गर्ने गरी विधेयकको मस्यौदा तयार पारेको हो। हाल प्रचलित कानुनअनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग उनको मञ्जुरीमै यौ’न स’म्बन्ध राखे पनि...

स्थानीय तह निर्वाचनको मिति तोक्ने तयारीमा आयोग, मंसिर ४ गते दलहरूसँग छलफल हुने

चितवन । स्थानीय तहको निर्वाचनको मिति तय गर्ने विषयमा परामर्श तथा छलफलका लागि निर्वाचन आयोगले राष्ट्रिय मान्यता प्राप्त दलहरूलाई औपचारिक रूपमा बैठकमा आमन्त्रण गरेको छ। आगामी मंसिर ४ गतेका लागि छलफल गर्न दलहरूलाई डाकिएको निर्वाचन आयोगका आयुक्त गुरुप्रसाद वाग्लेले जानकारी दिएका छन्। हाल प्रतिनिधि सभामा ६ दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन्। प्रतिनिधि सभामा...

जिल्ला सुरक्षा समितिको अनुमति नै नलिई नारायणी किनारमा महोत्सवको तयारी

चितवन, कात्तिक ३०- नारायणी नदी किनारमा मंसिर २ गतेदेखि सञ्चालन हुन लागेको महोत्सवले अहिलेसम्म जिल्ला सुरक्षा समितिबाट अनुमति नलिएको पाइएको छ । जिल्ला सुरक्षा समितिबाट अनुमति नलिई कुनै पनि भीडभाडजन्य गतिविधि गर्न पाइँदैन । अनुमति नलिई महोत्सव सुरु गरिए तत्कालै एक्सन लिने समितिले जनाउ दिएको छ । जिल्ला सुरक्षा समितिको संयोजक प्रमुख जिल्ला अधिकारी रहने...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतकाे शपथ

काठमाण्डाै – तीन देशका लागि नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति पौडेलले भारतका लागि राजदूत डा. निश्चलराज पाण्डे, चीनका लागि राजदूत डा. कल्याणराज शर्मा र इजरायलका लागि राजदूत सुरेश कर्णलाई शपथ गराउनुभएको हो । मन्त्रिपरिषद्को सिफारिशमा संसदीय सुनुवाइ समितिले उहाँहरूको...

पालिकाको चुनावबारे छलफल गर्न निर्वाचन आयोगले दलहरूलाई बोलायो

काठमाण्डौ – पालिकाको चुनावबारे छलफल गर्न निर्वाचन आयोगले मुख्य राष्ट्रिय दलहरूलाई बोलाएको छ । चुनावको मिति घोषणाबारे गृह मन्त्रालयसँग एक चरणको छलफलपछि आयोगले दलहरूसँग आउँदो मङ्सिर ४ गते औपचारिक परामर्श गर्न लागेको हो । निर्वाचन आयोगका आयुक्त राजीव सुब्बाले आयोग चुनावका लागि पूर्ण रूपमा तयार रहेको बताउनुभएको छ । सरकार चुनावको मिति घोषणा गर्न सकारात्मक...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०