"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

राष्ट्रपतिद्वारा सर्वोच्चमा ४ न्यायाधीश नियुक्त

Table of Content

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले चार जना न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ को उपधारा (२) अनुसार न्याय परिषद्को सिफारिशमा उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका अनुसार डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरिएको छ ।

यसअघि संसदीय सुनुवाइबाट अनुमोदन हुनुभएका उहाँहरूलाई राष्ट्रपति पौडेलले आज नियुक्त गर्नुभएको हो ।

डा. बागचन्द उच्च अदालत पोखराका मुख्य न्यायाधीश हुनुहुन्थ्यो भने न्यायाधीश सारु उच्च अदालत पाटन, न्यायाधीश पाण्डे उच्च अदालत पाटन (हेटौँडा इजलास) र डाँगी उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीश हुनुहुन्थ्यो ।

अब प्रधानन्यायाधीश मनोजकुमार शर्माले उहाँहरूलाई पद तथा गाेपनीयताकाे शपथ खुवाउँदै पेशी तोक्नुहुनेछ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

सर्वाेच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए

काठमाण्डाै – सर्वाेच्च अदालतका नवनियुक्त चार जना न्यायाधीशले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयाेजित कार्यक्रममा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायाधीशहरू डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई शपथ गराउनुभएको हो । न्याय परिषद्को सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले आजै चार जना न्यायाधीशलाई नियुक्त गर्नुभएको थियो ।...

छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ, कात्तिक २७ – सरकारले छठ पर्वको अवसरमा आगामी सोमबार (कात्तिक ३० गते) पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शुक्रबार सार्वजनिक बिदासम्बन्धी सूचना जारी गर्दै छठ पर्वको भोलिपल्ट सोमबारसमेत सार्वजनिक बिदा हुने जनाएको हो । मन्त्रालयका अनुसार छठ पर्वको पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएर भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएपछि व्रत...

सुनको भाउ १२ हजार ६०० रुपैयाँले घट्यो

काठमाण्डौ – सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आज सुनको भाउ तोलाको १२ हजार ६०० रुपैयाँ र चाँदी १५५ रुपैयाँले घटेको हो । सुनको भाउ आज तोलाको २ लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भैरहेको छ । यसअघि गएको सोमवार सुन तोलाको २ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो...

आर्थिक गणनामा ६ वटा प्रदेशको लगत प्रशोधन सम्पन्न

काठमाण्डौ – राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणना अन्तर्गत ६ वटा प्रदेशका व्यावसायिक प्रतिष्ठानको लगत प्रशोधन कार्य सम्पन्न गरेको छ । कार्यालयले कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका व्यावसायिक प्रतिष्ठानको तथ्याङ्क प्रशोधन पूरा गरेको हो । बाँकी बागमती प्रदेशका प्रतिष्ठानको तथ्याङ्क प्रशोधन कार्य भइरहेको गणना शाखाका निर्देशक डा वेदप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका...

राष्ट्रपतिद्वारा सर्वोच्चमा ४ न्यायाधीश नियुक्त

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले चार जना न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नुभएको छ । राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ को उपधारा (२) अनुसार न्याय परिषद्को सिफारिशमा उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गर्नुभएको हो । राष्ट्रपति कार्यालयका अनुसार डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०