"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

बेलडाँडीमा बाघ धपाउन हात्ती परिचालन

Table of Content

काठमाण्डाै – कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ इमलिया क्षेत्रमा पाटेबाघ बस्ती नजिकै देखिएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले बाघ धपाउन हात्ती परिचालन गरेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रेञ्जर विक्रम चौधरीले विगत चार/पाँच दिनदेखि यस क्षेत्रमा बाघ देखिएपछि बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको बताउनुभयो ।

निकुञ्जभित्र रहेको शुक्लाफाँटा पोस्टबाट दुई वटा हात्ती परिचालन गरेर बाघलाई बस्ती छेउबाट जङ्गलतर्फ धपाउने काम भइरहेको चौधरीको भनाइ छ ।

इमलिया क्षेत्रमा हात्तीका साथै बेलडाँडी पोस्टबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकाे सुरक्षाका लागि खटिएको नेपाली सेना र निकुञ्जका कर्मचारी पनि खटिएका छन् ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

एउटै आकाशगंगामा भेटिए तीन विशाल ब्ल्याक होल

काठमाडौँ । खगोलशास्त्रीहरूले पृथ्वीबाट १२.५ अर्ब प्रकाशवर्षभन्दा बढी टाढा रहेको एउटै ग्यालेक्सीभित्र सक्रिय रूपमा पदार्थ निलिरहेका (फिडिङ) तीन वटा ‘सुपरम्यासिभ ब्ल्याक होल’ फेला पारेका छन्।  ‘म्याक्स प्लाङ्क इन्स्टिच्युट फर एक्स्ट्राटेरेस्ट्रियल फिजिक्स’ (एमपीएई) को नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय अनुसन्धान टोलीले गरेको यो खोजले ब्रह्माण्डको सुरुआती चरणमा विशाल ब्ल्याक होलहरू कसरी बढे र एकापसमा अन्तरक्रिया गरे भन्ने दुर्लभ...

नारायणी पुलबाट हाम फालेका एक पुरूषको उपचारका क्रममा मृत्यु

चितवनको नारायणी पुलबाट हाम फालेका एक अज्ञात पुरूषको आइतबार साँझ उपचारका क्रममा मृत्यु भएको छ।नाम, थर र ठेगाना नखुलेका अन्दाजी ५० वर्ष उमेरका एक पुरूषले नारायणी पुलबाट हाम फालेको सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय नारायणगढबाट विपद् उद्धार टोली घटनास्थल पुगेको उद्धार गरेको थियो। प्रहरीले उद्धार गर्ने क्रममा गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि भरतपुर...

कुशल परेराले जनकपुर बाेल्ट्सबाट एनपीएल खेल्ने

काठमाण्डाै – श्रीलङ्काका विकेटकिपर ब्याटर कुशल परेराले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । तेस्रो संस्करणको प्रतियोगिताका लागि परेरालाई अनुबन्ध गरेको जनकपुरले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएको छ । ३६ वर्षीय कुशल परेराले ९५ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा २ हजार ३३५ रन बनाएका छन् । यस्तै उनले समग्र टी–२० क्रिकेटमा २३८ खेलमा ५...

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो

काठमाण्डौ – भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै चलिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषको विभिन्न बैङ्कका खातामा आज विहान मौज्दात रकम  १८ अर्ब ९ करोड ३२ लाख ३६ हजार ८५२ रुपैयाँ पुगेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न...

विद्यार्थीले ढाले सर्बियाको १४ वर्ष लामो शासन, राष्ट्रपतिले स्वीकारे हार

९ कात्तिक, काठमाडौं । सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो शासन सत्ता ढलेको छ । उनले आइतबार सम्पन्न संसदीय निर्वाचनमा विद्यार्थी नेतृत्वको आन्दोलन ‘स्टुडेन्ट लिस्ट’ले बहुमत हासिल गरेपछि बुचिच नेतृत्वको शासन पतन भएको हो । बुचिचले स्टुडेन्ट लिस्टसँग आफ्नो पार्टी पराजित भएको स्वीकार गरेका छन् । प्रारम्भिक मतपरिणामअनुसार २५० सिट...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०