काठमाण्डौ – प्रधानमन्त्री वालेन्द्र शाहले आजदेखि शुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल)को अवसरमा सबै खेलाडी, आयोजक तथा नेपाल क्रिकेट संघ (क्यान) लाई शुभकामना व्यक्त गर्नुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले नेपालकै सबैभन्दा ठूलो खेलकुद महोत्सवका रूपमा रहेको एनपीएलले छोटो समयमै नेपाली खेलकुद क्षेत्रमा भव्य उत्सवको रूप लिन सफल भएको उल्लेख गर्नुभएको छ ।
उहाँले प्रतियोगितामा सहभागी हुन नेपाल आएका सबै अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरहरूलाई स्वागत गर्दै नेपाली खेलाडी, आयोजक र क्यानलाई प्रतियोगिताको सफलताका लागि शुभकामना दिनुभएको छ ।
