"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

राप्तीको चेपाङ बस्तीमा प्रशासनको टोली, ११२ जनाले पाए नागरिकता

Table of Content

राप्ती, चितवन । राप्ती नगरपालिकाको पहाडी तथा दुर्गम क्षेत्रमा लामो समयदेखि नागरिकताबाट वञ्चित स्थानीयलाई गाउँमै पुगेर नागरिकता वितरण गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनको टोलीले राप्ती नगरपालिका–१२ र १३ का विभिन्न बस्तीका ११२ जनालाई नागरिकता तथा ५९ जनालाई मतदाता परिचयपत्र वितरण गरेको हो।
नागरिकता वितरणका क्रममा दुबै आँखाले देख्न नसक्ने अशक्त व्यक्तिलाई समेत टोलीले नागरिकता प्रदान गरेको छ। त्यस्तै लामो समयदेखि नागरिकताविहीन रहेकी राप्ती–१३ की ७३ वर्षीया विष्णुमाया प्रजाले समेत नागरिकता प्राप्त गरिन । उनले वृद्ध अवस्थामा नागरिकता पाएपछि खुसी व्यक्त गरेकि थिइन ।
राप्ती–१२ र १३ वडा कार्यालयको सक्रियतामा नागरिकता वितरणको प्रक्रिया अघि बढाइएको थियो। आवश्यक कागजात जुटाउन नसकेका तथा जिल्ला सदरमुकामसम्म पुग्न नसक्ने नागरिकका लागि वडा कार्यालयले घरघरमै पुगेर सर्जिमिन मुचुल्का तयार गरी आवश्यक कागजात जिल्ला प्रशासन कार्यालयमा पठाएको थियो। सोही प्रक्रियाका आधारमा गाउँमै नागरिकता वितरण गरिएको वडा कार्यालयले जनाएको छ।
राप्ती–१३ का वडा अध्यक्ष अशोक प्रजाका अनुसार कागजात जुटाउने झन्झटिलो प्रक्रिया, आर्थिक अभाव तथा नागरिकता लिनुपर्ने विषयमा पर्याप्त जानकारी नहुँदा पहाडी क्षेत्रका धेरै नागरिक लामो समयदेखि नागरिकताबाट वञ्चित हुँदै आएका थिए।
पहाडी भूगोलका कारण वडा कार्यालयसम्म पुग्नसमेत कतिपय बस्तीका नागरिकले करिब तीन घण्टासम्म पैदल यात्रा गर्नुपर्ने अवस्था छ। नगरपालिका कार्यालयसम्म आउजाउ गर्न मात्रै करिब १ हजार ५ सय रुपैयाँ तथा जिल्ला प्रशासन कार्यालय चितवनसम्म पुग्दा २ हजारदेखि २ हजार ५ सय रुपैयाँसम्म खर्च हुने स्थानीयको भनाइ छ। कतिपय बस्तीमा कच्ची सडकसमेत नपुगेकाले पैदल गोरेटोको भरमा आवतजावत गर्नुपर्ने अवस्था छ।
सीमान्तकृत चेपाङ समुदायको उल्लेख्य बसोबास रहेको यस क्षेत्रमा अधिकांश परिवारको जीविकोपार्जन कृषि तथा ज्यालामजदुरीमा निर्भर छ। स्थानीयका अनुसार उत्पादनले वर्षभरि खानसमेत नपुग्ने परिवारका लागि सदरमुकामसम्म पुगेर सरकारी सेवा लिनु थप आर्थिक भार बन्ने गरेको छ।
राप्ती–१३ को वडा कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोकर्ण अर्यालसहित जिल्ला निर्वाचन कार्यालयका प्रतिनिधिहरूको उपस्थितिमा नागरिकता तथा मतदाता परिचयपत्र वितरण गरिएको थियो।
वडा अध्यक्ष प्रजाले आफ्नो वडामा अझै केही नागरिक नागरिकता प्राप्त गर्न बाँकी रहेको बताउँदै आगामी दिनमा उनीहरूको विवरण संकलन गरी आवश्यक प्रक्रिया अघि बढाइने जानकारी दिए।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

राप्तीको चेपाङ बस्तीमा प्रशासनको टोली, ११२ जनाले पाए नागरिकता

राप्ती, चितवन । राप्ती नगरपालिकाको पहाडी तथा दुर्गम क्षेत्रमा लामो समयदेखि नागरिकताबाट वञ्चित स्थानीयलाई गाउँमै पुगेर नागरिकता वितरण गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनको टोलीले राप्ती नगरपालिका–१२ र १३ का विभिन्न बस्तीका ११२ जनालाई नागरिकता तथा ५९ जनालाई मतदाता परिचयपत्र वितरण गरेको हो।नागरिकता वितरणका क्रममा दुबै आँखाले देख्न नसक्ने अशक्त व्यक्तिलाई समेत टोलीले नागरिकता प्रदान...

बकुलहर अस्पतालमा सुविधा थपिन्छ : मन्त्री तामाङ

रत्ननगर । बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङ (ज्ञानुजङ्ग लामा) ले बकुलहर रत्ननगर अस्पतालको निर्माणाधीन भवनले छिट्टै पूर्णता पाउने बताएका छन् । मंगलबार अस्पतालको निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले १० प्रतिशत लगानी गरेर सम्पन्न गरिने बताए । वार्षिक तीन लाख बढी सेवाग्राहीलाई यस अस्पतालले सेवा दिंदै आएको छ । आकस्मिक कक्षमा...

सङ्घीय निजामती विधेयक संसद‍्मा पेस गर्न स्वीकृति दिने सरकारकाे निर्णय

काठमाण्डौ – सरकारले सङ्घीय निजामती सेवा विधेयक सङ्घीय संसद‍्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेकाे छ । आज बसेकाे मन्त्रिपरिषद् बैठकले सङ्घीय निजामतीसहित पशु वधशाला तथा मासु जाँच र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन संशोधन गर्न बनेकाे विधेयक पेश गर्न स्वीकृति दिएकाे सरकारका प्रवक्ता एवम् युवा तथा खेलकुदमन्त्री सस्मित पाेखरेलले जानकारी दिनुभयाे । बैठकले स्वास्थ्य क्षेत्र सुधारका...

कांग्रेस १५औँ महाधिवेशन दुई दिन सर्‍याे

काठमाण्डाै – नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशन दुई दिन पर सारेको छ । यसअघि असोज १६ गतेदेखि शुरू गर्ने तयारी भएको महाधिवेशन अब आउँदाे आइतवार असोज १८ गते दिउँसो २ बजे काठमाण्डौको खुलामञ्चमा उद्घाटन हुने भएको छ । महाधिवेशन १८ गतेसम्म चल्नेछ । देशका विभिन्न ठाउँमा अविरल वर्षाका कारण सिर्जना भएको प्रतिकूल परिस्थितिलाई ध्यानमा राख्दै महाधिवेशनको...

एशियाली खेलकुद क्रिकेट : १ बल पनि नखेली सेमिफाइनल समीकरण पूरा

काठमाण्डाै – जापानमा चलिरहेको २०औँ संस्करणको एशियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । भारत, श्रीलङ्का, पाकिस्तान र बङ्गलादेश अन्तिम चारमा पुगेका हुन् । प्रतियोगिताको ४ वटै क्वाटरफाइनल खेल वर्षाका कारण टस पनि नभई रद्द भएपछि भारत, श्रीलङ्का, पाकिस्तान र बङ्गलादेश आईसीसीको शीर्ष वरीयताका आधारमा अन्तिम चारमा पुगेका हुन् । प्रतियोगिताको पहिलो...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०