"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

राप्तीको चेपाङ बस्तीमा प्रशासनको टोली, ११२ जनाले पाए नागरिकता

Table of Content

राप्ती, चितवन । राप्ती नगरपालिकाको पहाडी तथा दुर्गम क्षेत्रमा लामो समयदेखि नागरिकताबाट वञ्चित स्थानीयलाई गाउँमै पुगेर नागरिकता वितरण गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनको टोलीले राप्ती नगरपालिका–१२ र १३ का विभिन्न बस्तीका ११२ जनालाई नागरिकता तथा ५९ जनालाई मतदाता परिचयपत्र वितरण गरेको हो।
नागरिकता वितरणका क्रममा दुबै आँखाले देख्न नसक्ने अशक्त व्यक्तिलाई समेत टोलीले नागरिकता प्रदान गरेको छ। त्यस्तै लामो समयदेखि नागरिकताविहीन रहेकी राप्ती–१३ की ७३ वर्षीया विष्णुमाया प्रजाले समेत नागरिकता प्राप्त गरिन । उनले वृद्ध अवस्थामा नागरिकता पाएपछि खुसी व्यक्त गरेकि थिइन ।
राप्ती–१२ र १३ वडा कार्यालयको सक्रियतामा नागरिकता वितरणको प्रक्रिया अघि बढाइएको थियो। आवश्यक कागजात जुटाउन नसकेका तथा जिल्ला सदरमुकामसम्म पुग्न नसक्ने नागरिकका लागि वडा कार्यालयले घरघरमै पुगेर सर्जिमिन मुचुल्का तयार गरी आवश्यक कागजात जिल्ला प्रशासन कार्यालयमा पठाएको थियो। सोही प्रक्रियाका आधारमा गाउँमै नागरिकता वितरण गरिएको वडा कार्यालयले जनाएको छ।
राप्ती–१३ का वडा अध्यक्ष अशोक प्रजाका अनुसार कागजात जुटाउने झन्झटिलो प्रक्रिया, आर्थिक अभाव तथा नागरिकता लिनुपर्ने विषयमा पर्याप्त जानकारी नहुँदा पहाडी क्षेत्रका धेरै नागरिक लामो समयदेखि नागरिकताबाट वञ्चित हुँदै आएका थिए।
पहाडी भूगोलका कारण वडा कार्यालयसम्म पुग्नसमेत कतिपय बस्तीका नागरिकले करिब तीन घण्टासम्म पैदल यात्रा गर्नुपर्ने अवस्था छ। नगरपालिका कार्यालयसम्म आउजाउ गर्न मात्रै करिब १ हजार ५ सय रुपैयाँ तथा जिल्ला प्रशासन कार्यालय चितवनसम्म पुग्दा २ हजारदेखि २ हजार ५ सय रुपैयाँसम्म खर्च हुने स्थानीयको भनाइ छ। कतिपय बस्तीमा कच्ची सडकसमेत नपुगेकाले पैदल गोरेटोको भरमा आवतजावत गर्नुपर्ने अवस्था छ।
सीमान्तकृत चेपाङ समुदायको उल्लेख्य बसोबास रहेको यस क्षेत्रमा अधिकांश परिवारको जीविकोपार्जन कृषि तथा ज्यालामजदुरीमा निर्भर छ। स्थानीयका अनुसार उत्पादनले वर्षभरि खानसमेत नपुग्ने परिवारका लागि सदरमुकामसम्म पुगेर सरकारी सेवा लिनु थप आर्थिक भार बन्ने गरेको छ।
राप्ती–१३ को वडा कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोकर्ण अर्यालसहित जिल्ला निर्वाचन कार्यालयका प्रतिनिधिहरूको उपस्थितिमा नागरिकता तथा मतदाता परिचयपत्र वितरण गरिएको थियो।
वडा अध्यक्ष प्रजाले आफ्नो वडामा अझै केही नागरिक नागरिकता प्राप्त गर्न बाँकी रहेको बताउँदै आगामी दिनमा उनीहरूको विवरण संकलन गरी आवश्यक प्रक्रिया अघि बढाइने जानकारी दिए।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

६९औँ प्रहरी दिवसमा डिएसपी सुवास भट्ट ‘सर्वोत्कृष्ट अपराध अनुसन्धानकर्ता’ पुरस्कारबाट सम्मानित

रत्ननगर। ६९औँ प्रहरी दिवस २०८३ को अवसरमा इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास भट्ट ‘सर्वोत्कृष्ट अपराध अनुसन्धानकर्ता’ पुरस्कारबाट सम्मानित हुनुभएको छ। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा आयोजित कार्यक्रममा उहाँलाई फौजदारी अपराधको वस्तुनिष्ठ तथा वैज्ञानिक अनुसन्धानमा उत्कृष्ट कार्यदक्षता, व्यावसायिक निष्ठा र अनवरत समर्पण प्रदर्शन गरेको कदरस्वरूप उक्त पुरस्कार प्रदान गरिएको हो। राष्ट्र...

राखेपले क्यान सदस्य गुञ्जन शाह सहित ४ जनालाई फिर्ता बोलायो

काठमाण्डौ – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान) का सदस्य गुञ्जन शाह ठकुरीलाई फिर्ता बोलाएको छ । अस्ति राखेपका सदस्य सचिवस्तरीय निर्णयमार्फत शाहलाई फिर्ता बोलाइएको हो । राखेपले उनलाई असोज १ गते क्यानको सदस्यमा मनोनीत गरेर पठाएको थियो । नेपाल क्रिकेट संघको विधान, २०५५ को परिच्छेद २ को दफा ३ को उपदफा ४...

आईएसएफ फुटबल वर्ल्ड कपमा सहभागी हुन नेपाली टोली आज चीन जाँदै

काठमाण्डौ – आईएसएफ फुटबल वर्ल्ड कपको २९ औँ संस्करणमा सहभागी हुन २० खेलाडीसहित २९ सदस्यीय नेपाली टोली आज चीन जाँदैछ । प्रतियोगिता भोलिदेखि कात्तिक ९ गतेसम्म हुनेछ । खेलाडीमा इभानरत्न तुलाधर, मानव सुब्बा, आरभ श्रेष्ठ, अग्रिमजङ्ग सिंह बस्नेत, साहिलराज थापा, प्रशान्त मेयाङबो, रिवाज गुरुङ, सगर्वबहादुर श्रेष्ठ, सम्योग राई, सुयास पौडेल, अंशुमन केसी, भविष्य शाह, सिभान्स भट्टराई,...

नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाण्डौ – नवरात्रको छैटौँ दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।हरेक वर्ष असाेज शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार दशैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना...

चितवनमा रक्तदान प्रिमियर लिग हुँदै, विजेता टोलीलाई एक लाख रुपैयाँ पुरस्कार

भरतपुर, असोज २९- रक्तदान संस्कृतिको विकास, युवापुस्तामा मानवीय सेवाभावको अभिवृद्धि तथा रक्तदानसम्बन्धी जनचेतना विस्तार गर्ने उद्देश्यले चितवनमा ‘रक्तदान प्रिमियर लिग’ आयोजना हुने भएको छ। नेपाल रक्तदाता संगठनको आयोजनामा सञ्चालन हुन लागेको उक्त प्रिमियर लिग आगामी मङ्सिर महिनादेखि सुरु हुने भएको हो। रक्तदानलाई सामाजिक अभियानका रूपमा स्थापित गर्दै विद्यालय तहदेखि नै विद्यार्थीहरूलाई मानवीय सेवामा सहभागी गराउने...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०