"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सङ्घीय निजामती विधेयक संसद‍्मा पेस गर्न स्वीकृति दिने सरकारकाे निर्णय

Table of Content

काठमाण्डौ – सरकारले सङ्घीय निजामती सेवा विधेयक सङ्घीय संसद‍्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेकाे छ ।

आज बसेकाे मन्त्रिपरिषद् बैठकले सङ्घीय निजामतीसहित पशु वधशाला तथा मासु जाँच र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन संशोधन गर्न बनेकाे विधेयक पेश गर्न स्वीकृति दिएकाे सरकारका प्रवक्ता एवम् युवा तथा खेलकुदमन्त्री सस्मित पाेखरेलले जानकारी दिनुभयाे ।

बैठकले स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने २ करोड ७ लाख अमेरिकी डलर अर्थात् ३ अर्ब १७ करोड रुपैयाँभन्दा धेरैकाे अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

बैठकले पूर्वाधार विकास तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित संरचना निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको जग्गा उपयोग गर्न पनि स्वीकृति दिएको छ । कमला–ढल्केबर–पथलैया सडक खण्ड, गर्जाङ खोला र बलेफी खोला जलविद्युत् आयोजना तथा सशस्त्र प्रहरी बलका तालिम शिक्षालय, गुल्म र सीमा सुरक्षा पोस्ट निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति दिइएको हो ।

मन्त्रिपरिषद् बैठकले दुई जना सहसचिवलाई सचिवमा बढुवा गरी पदस्थापनसमेत गरेको छ । आवास श्रेष्ठ कर्णलाई गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिव र डा. जगदीश्वर कर्माचार्यलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवमा पदस्थापन गरिएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

बकुलहर अस्पतालमा सुविधा थपिन्छ : मन्त्री तामाङ

रत्ननगर । बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङ (ज्ञानुजङ्ग लामा) ले बकुलहर रत्ननगर अस्पतालको निर्माणाधीन भवनले छिट्टै पूर्णता पाउने बताएका छन् । मंगलबार अस्पतालको निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले १० प्रतिशत लगानी गरेर सम्पन्न गरिने बताए । वार्षिक तीन लाख बढी सेवाग्राहीलाई यस अस्पतालले सेवा दिंदै आएको छ । आकस्मिक कक्षमा...

सङ्घीय निजामती विधेयक संसद‍्मा पेस गर्न स्वीकृति दिने सरकारकाे निर्णय

काठमाण्डौ – सरकारले सङ्घीय निजामती सेवा विधेयक सङ्घीय संसद‍्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेकाे छ । आज बसेकाे मन्त्रिपरिषद् बैठकले सङ्घीय निजामतीसहित पशु वधशाला तथा मासु जाँच र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन संशोधन गर्न बनेकाे विधेयक पेश गर्न स्वीकृति दिएकाे सरकारका प्रवक्ता एवम् युवा तथा खेलकुदमन्त्री सस्मित पाेखरेलले जानकारी दिनुभयाे । बैठकले स्वास्थ्य क्षेत्र सुधारका...

कांग्रेस १५औँ महाधिवेशन दुई दिन सर्‍याे

काठमाण्डाै – नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशन दुई दिन पर सारेको छ । यसअघि असोज १६ गतेदेखि शुरू गर्ने तयारी भएको महाधिवेशन अब आउँदाे आइतवार असोज १८ गते दिउँसो २ बजे काठमाण्डौको खुलामञ्चमा उद्घाटन हुने भएको छ । महाधिवेशन १८ गतेसम्म चल्नेछ । देशका विभिन्न ठाउँमा अविरल वर्षाका कारण सिर्जना भएको प्रतिकूल परिस्थितिलाई ध्यानमा राख्दै महाधिवेशनको...

एशियाली खेलकुद क्रिकेट : १ बल पनि नखेली सेमिफाइनल समीकरण पूरा

काठमाण्डाै – जापानमा चलिरहेको २०औँ संस्करणको एशियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । भारत, श्रीलङ्का, पाकिस्तान र बङ्गलादेश अन्तिम चारमा पुगेका हुन् । प्रतियोगिताको ४ वटै क्वाटरफाइनल खेल वर्षाका कारण टस पनि नभई रद्द भएपछि भारत, श्रीलङ्का, पाकिस्तान र बङ्गलादेश आईसीसीको शीर्ष वरीयताका आधारमा अन्तिम चारमा पुगेका हुन् । प्रतियोगिताको पहिलो...

मलेशियाले रोहिङ्ग्या शरणार्थीलाई फिर्ता पठाउन थाल्यो

मलेशियाले झन्डै १ हजार ५०० जना रोहिङ्ग्या शरणार्थीहरूलाई म्यानमार फर्काउन शुरू गरेको छ । मलेशियाले रोहिङ्ग्याहरूलाई स्वेच्छिक रूपमा स्वदेश फिर्ता पठाउन लागेको बताए पनि संयुक्त राष्ट्रसङ्घ र अधिकारवादी समूहहरूले म्यानमार अझै पनि उनीहरूका लागि असुरक्षित रहेको चेतावनी दिएका छन् । यो म्यानमारका ५ हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण रहेको समाचार संस्था एएफपीले...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०