"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

भोटेकोशीको अकल्पनीय वेग र बहावले पूर्वसूचनाको अवसर नै दिएन : अध्ययन

Table of Content

काठमाण्डाै – भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको अकल्पनीय वेग, अस्वाभाविक बहाव र भिन्न व्यवहारका कारण ठूलो जनधनको क्षति भएको सरकारी निकायले निष्कर्ष निकालेको छ ।

जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले गरेको अध्ययनअनुसार यो बाढी १ हजार वर्षमा १ पटक आउने बाढीभन्दा पनि विकराल स्तरको थियो ।

वर्षाका कारण नभई लाङटाङ लिरुङ र छाङ्बुरीको भिरालो भूगोलबाट खसेको विशाल हिमपहिरोका कारण यो बाढी उत्पन्न भएको हो ।

ढुङ्गा, बरफ र माटोसहितको लेदो तीव्र वेगमा खोलामा खसेपछि केही मिनेटभित्रै तल्लो तटमा भीषण विनाश शुरू भएको अध्ययनले देखाएको छ ।

बाढीमा पानीमात्र नभई ठूला ढुङ्गा र गेग्रान उच्च गतिमा बगेका थिए । स्रोतबाट छुटेपछि शुरूमा ५२ मिटर प्रतिसेकेन्ड अर्थात् १८८ किलोमिटर प्रतिघण्टाको वेगमा बगेको यो बाढी बेत्रावती पुग्दा ६५ र देवघाटसम्म पुग्दा पनि २६ किलोमिटर प्रतिघण्टाको गतिमा रहेको थियो ।

बाढीको यही अकल्पनीय वेग र भिन्न व्यवहारका कारण जलस्तर मापन गर्ने धेरै स्टेशनहरू समेत बगेका थिए ।

यस्ता बाढीको पूर्वानुमान परम्परागत प्रणालीबाट सम्भव नहुने भएकाले अब उच्च प्रविधिमा आधारित निगरानी आवश्यक देखिएको केन्द्रको हिमविज्ञान तथा हिमताल शाखाका प्रमुख वरिष्ठ जलविज्ञ डा. सुवास तुलाधरले बताउनुभयो ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०