"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि : प्रधानमन्त्री शाह

Table of Content

काठमाण्डाै – प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताउनुभएको छ ।

राष्ट्रिय बाल दिवस २०८३ का अवसरमा शुभकामना सन्देशमार्फत प्रधानमन्त्री शाहले बालअधिकारको सम्मान, संरक्षण र प्रवर्द्धनमा निरन्तर क्रियाशील अभिभावक, शिक्षक, जनप्रतिनिधि, राष्ट्रसेवक, नागरिक समाज, विकास साझेदार, सञ्चारजगत् तथा सम्पूर्ण सरोकारवालाप्रति सम्मान व्यक्त गर्नुभएको छ ।

यस वर्ष ‘बालापनको रक्षा : भविष्यको सुरक्षा’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइँदैछ । यस वर्षको नाराले बालबालिकाको वर्तमान सुरक्षित र अधिकारसम्पन्न बनाएर मात्र राष्ट्रको समृद्ध भविष्य निर्माण गर्न सकिन्छ भन्ने गहन सत्यलाई जोड दिएको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ ।

नेपालले संयुक्त राष्ट्रसङ्घीय बालअधिकारसम्बन्धी महासन्धि १९८९ को पक्ष राष्ट्रका रूपमा अनुमोदन गरी भेदभावरहित, सर्वोत्तम हित, जीवन–बाँच्न र विकास पाउने अधिकार तथा विचार व्यक्त गर्ने अधिकारमा आधारित सिद्धान्तप्रति अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको छ । ती मूल्य–मान्यतालाई नेपालको संविधानको धारा ३९ (बालबालिकाको हक), राष्ट्रिय बालबालिका नीति २०८० र बालबालिकासम्बन्धी ऐन २०७५ ले मौलिक हक तथा कानूनी अधिकारका रूपमा सुदृढ ढङ्गले सुनिश्चित गरेको प्रधानमन्त्रीले बताउनुभएको छ ।

अबको मुख्य प्राथमिकता यी संवैधानिक तथा कानूनी अधिकारहरूलाई प्रत्येक बालबालिकाको दैनिक जीवनमा वास्तविक अनुभूति गराउनु रहेको उहाँको भनाइ छ । यसका लागि सङ्घ, प्रदेश र पालिकाबीच प्रभावकारी समन्वय, सहकार्य र उत्तरदायित्व वहन आवश्यक रहेको प्रधानमन्त्री शाहले सन्देशमा भन्नुभएको छ ।

2-1789376264.jpg

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

balen_shah_23nRbIoxh8

बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि : प्रधानमन्त्री शाह

काठमाण्डाै – प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताउनुभएको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०