"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

मुग्लिनतर्फ बाहिरिनेमध्ये इन्धन र दुईपाङ्ग्रेबाहेक सबै गाडीलाई नागढङ्गा सुरुङमार्ग खुला

Table of Content

काठमाण्डाै – नागढुङ्गा–मुग्लिन सडक खण्डका विभिन्न ठाउँमा सडक भासिएको छ । नागढुङ्गा नजिकै पातले वनमा सडक भासिएको सडक विभाग धादिङले जनाएको छ ।

काठमाण्डौबाट मुग्लिनतर्फ बाहिरिने गाडीमध्ये इन्धन पेट्रोलियम पदार्थ बोकेका र दुईपाङ्ग्रेबाहेक सबैलाई नागढङ्गा सुरुङमार्ग खुला गरिएको छ ।

पेट्रोलियम पदार्थ बोकेका र दुईपाङ्ग्रेलाई भने पातले वन क्षेत्रबाटै एकतर्फी आवतजावतको व्यवस्था मिलाएको सडक विभागले जनाएको छ ।

विभागका अनुसार सडक भासिएको ठाउँमा प्राविधिक अध्ययनपछि मात्र मर्मतको काम शुरू हुनेछ ।

मलेखुबजार नजिकै पनि परेवाभीरमा सडक भासिएपछि जोखिमयुक्त भएको छ । गजुरी गाउँपालिका–३ परेवाभीरमा वैकल्पिक मार्ग खोलिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । परेवाभीरमा १०० मिटरको नयाँ ट्र्याक खोलिएको हो ।

धादिङको कृष्णभीर सडक पनि त्रिशूलीको बाढीले यसअघि नै कटान गरेको छ । गाडी तथा मानिस वारपार गर्न नमिल्ने गरी कृष्णभीर क्षेत्र अवरुद्ध छ ।

त्यस्तै जवाङ खोला नजिकै पनि सडक चर्किएको छ । त्रिशूलीको बाढीले सडकको टेवा पर्खालमा क्षति गरेको छ ।

भदौ १० गतेको बाढीले पृथ्वी राजमार्ग ठाउँठाउँमा अवरोध हुँदा विशेषगरी हेटौँडा हुँदै चल्ने वैकल्पिक सडकमा गाडीको चाप छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

795538798_1084246491191976_6976139146581023838_n

भरतपुरका व्यस्त चोकमा ट्राफिक लाइट जडान तीव्र, दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने

चितवन, असोज ६ – जिल्लाको मुख्य सहरी क्षेत्र नारायणगढ र भरतपुरमा ‘ट्राफिक लाइट’ जडानको काम...
WhatsApp-Image-2026-09-21-at-19.19.18-1

चिनी र नुनमा छुट दिँदै चितवनको साल्ट ट्रेडिङ, चिनी प्रतिकिलो १०० मै बिक्री

कृष्ण आचार्य, भरतपुर,असोज ६- चितवनको नारायणगढस्थित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले दशैं, तिहार तथा छठ पर्वलाई...
WhatsApp-Image-2026-09-22-at-3.17.45-PM

नारी अभ्युदय केन्द्र, नारायणगढको ३४औँ वार्षिक साधारण सभा सम्पन्न

भरतपुर, असोज ६- नारी अभ्युदय केन्द्र, नारायणगढको ३४औँ वार्षिक साधारण सभा संस्थाको सभाहलमा सौहार्दपूर्ण वातावरणमा...
parliament_building_gOvNVOQMzR

त्रिपुरेश्वर घटनालाई लिएर सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण

काठमाण्डौ – त्रिपुरेश्वरमा बसभित्र आगो लगाएर गम्भीर घाइते भएका चालक अर्जुन दोङ तामाङको उपचारका क्रममा...
Bijuli-1783569931

लामबन्दी–सलेमपुर १३२ केभी प्रसारण लाइन सञ्चालनमा

काठमाण्डौ – सर्लाहीको लामबन्दी नगरपालिका–१ नवलपुर सबस्टेसनदेखि चक्रघट्टा गाउँपालिका–७, चैनपुरासम्मको लामबन्दी–सलेमपुर १३२ केभी डबल सर्किट...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०