"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

अफगानिस्तान द्वन्द्वमा ४० हजार जनाको ज्यान गएको प्रतिवेदन सार्वजनिक

Table of Content

संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले अफगानिस्तानमा एक दशकभन्दा लामो समयसम्म चलिरहेको सशस्त्र द्वन्द्वका कारण भएको ठूलो मानवीय क्षति उजागर गरेको छ ।

प्रतिवेदनअनुसार सन् २००९ को जनवरीदेखि २०२१ को अगस्ट मध्यसम्म कम्तीमा ४० हजार सर्वसाधारणको ज्यान गएको छ भने ७७ हजारभन्दा धेरै घाइते भएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय अफगानिस्तान सहायता मिसन ९युनामा० ले हिजो सार्वजनिक गरेको विस्तृत प्रतिवेदनमा द्वन्द्वबाट प्रभावित १९५ जना व्यक्ति र उनीहरूका परिवारसँग गरिएको अन्तर्वार्ताबाट प्राप्त विवरण समेटिएको छ ।

साथै हिंसा पीडितलाई सेवा प्रदान गरिरहेका २३ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र २३ तालिबान अधिकारीसँग गरिएको परामर्श तथा संवादलाई पनि प्रतिवेदनको आधार बनाइएको छ ।

प्रतिवेदनअनुसार अन्तर्वार्ता लिइएका ९५ प्रतिशत व्यक्तिले द्वन्द्वका कारण डिप्रेशन, चिन्ता, घटनाको बारम्बार सम्झना आउनेलगायत मनोवैज्ञानिक तथा भावनात्मक समस्या भोगेको बताएका छन् ।

त्यस्तै ५८ प्रतिशतले सशस्त्र द्वन्द्वका कारण शारीरिक क्षति बेहोरेको बताएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । आफ्ना प्राथमिक आवश्यकताबारे सोध्दा ८१ प्रतिशत पीडितले आर्थिक क्षतिपूर्ति, ४८ प्रतिशतले न्यायमा पहुँच तथा ४७ प्रतिशतले मानवअधिकार उल्लङ्नका घटना पुनः हुन नदिन आवश्यक उपायलाई प्राथमिकतामा राखेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले द्वन्द्वमा सङ्लग्न तथा जिम्मेवार सबै पक्षलाई जबाफदेहीताका प्रयासमा सहयोग गर्न र पीडितका अधिकार तथा आवश्यकतालाई सम्बोधन गर्ने उपायमा योगदान गर्न आग्रह गरेको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

mr-beast.jpg-43ff0bf0-16ba-4489-b4f6-0e5d66b6d458

रसुवा बाढीपीडितका लागि चर्चित युट्युबर ‘मिस्टर बिस्ट’ ले संकलन गरे १० लाख डलर

३१ भदौ, काठमाडौं । चर्चित अमेरिकी युट्युबर ‘मिस्टर बिस्ट’ ले रसुवा बाढीपीडितको १० लाख अमेरिकी डलर...
2photo

१९ वर्षीया छोरी बलात्कार आरोप लागेका बाबु थुनामा

भरतपुर । १९ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोग लागेका बाबु पुर्पक्षका लागि थुनामा गएका छन्...
japan-old-people-1789539499

जापानमा १ लाखभन्दा धेरै मानिस १०० वर्ष वा त्योभन्दा धेरै उमेरका

जापानमा १०० वर्ष वा त्योभन्दा धेरै उमेरका मानिसहरूको सङ्ख्या पहिलो पटक १ लाख नाघेको छ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०