"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

भोटेकोशी बाढीपीडितका लागि भेटघाट रेष्टुरेन्टद्वारा २ लाख ५२ हजार २ सय १२ रुपैयाँ सहयोग

Table of Content

चितवन । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले भेटघाट रेष्टुरेन्टले २ लाख ५२ हजार २ सय १२ रुपैयाँ आर्थिक सहयोग गरेको छ।

भेटघाट रेष्टुरेन्टका नारायणगढ, हेटौंडा र काठमाडौंस्थित तीनवटै शाखाले सामूहिक रूपमा उक्त रकम सहयोग गरेका हुन्। बाढीका कारण प्रभावित नागरिकको पीडामा साथ दिन तथा विपद्को समयमा मानवीय सहयोगको भावना अभिवृद्धि गर्न आफूहरूले सहयोग गरेको रेष्टुरेन्टले जनाएको छ।

प्राकृतिक विपद्का कारण जनधनको क्षति भोगिरहेका नागरिकलाई राहत उपलब्ध गराउन सरकारी तथा गैरसरकारी क्षेत्रसँगै निजी क्षेत्र र व्यवसायीहरूको समेत महत्वपूर्ण भूमिका रहने भन्दै भेटघाट रेष्टुरेन्टले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको हो।

बाढीपीडितका लागि गरिएको यस सहयोगले विपद्को समयमा ‘मानवीय सहयोग सबैको साझा दायित्व हो’ भन्ने सकारात्मक सन्देश प्रवाह गरेको छ। आर्थिक तथा भौतिक रूपमा सक्षम व्यक्ति, व्यवसायी, संघसंस्था तथा निजी क्षेत्रले समेत पीडितको राहत र पुनःस्थापनाका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने आवश्यकता देखिएको छ।

भेटघाट रेष्टुरेन्टका तीनवटै शाखाबाट संयुक्त रूपमा गरिएको यो सहयोगले विपद्को समयमा व्यवसायिक संस्थाहरूले निर्वाह गर्नुपर्ने सामाजिक उत्तरदायित्वको उदाहरणसमेत प्रस्तुत गरेको छ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०