"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन, प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान प्रधानमन्त्रीको आग्रह

Table of Content

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवा बाढीसँगै उद्धार तथा राहत कार्यलाई तीव्रता दिन नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको बताएका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधावित  र अन्य जिल्लाबाट समेत थप सुरक्षाकर्मी प्रभावित क्षेत्रतर्फ परिचालन भइसकेको जानकारी दिएका हुन्।

उनका अनुसार विपद् व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाउँदै मेडिकल टिम, नेपाल स्काउट र रेडक्रसलगायतका निकायसँग समन्वय गरी आवश्यक कदम चाल्न निर्देशन दिइएको छ। प्रभावित क्षेत्रमा थप एम्बुलेन्स र मेडिकल जनशक्ति पठाउने प्रक्रिया समेत अघि बढाइएको उनले बताएका छन्।

नुवाकोट, धादिङसहितका तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको प्रधानमन्त्री शाहले जनाएका छन्। प्रभावित क्षेत्रका नागरिकलाई एसएमएस र फोनमार्फत समेत सुरक्षित स्थानमा जान अलर्ट गरिएको उनले बताए।

सम्भावित उद्धार तथा राहतका लागि सबै हेलिकप्टरलाई तयारी अवस्थामा राख्न भनिएको छ। निजी हेलिकप्टर कम्पनीहरूलाई समेत आफ्ना हेलिकप्टर तयारी अवस्थामा राख्न जानकारी गराइएको प्रधानमन्त्री शाहले बताएका छन्।

आगामी आवश्यक कदमबारे निर्णय गर्न केही समयमै उच्चस्तरीय बैठक बोलाइएको पनि उनले जानकारी दिएका छन्।

प्रधानमन्त्री शाहले सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्दै आफन्तसँग सम्पर्क हुन नसकेमा सम्बन्धित सरकारी निकायबाट जारी हुने उद्धारसम्बन्धी सूचनाको प्रतीक्षा गर्न अनुरोध गरेका छन्। थप जानकारी तथा राहतसम्बन्धी विवरणका लागि १२३४ नम्बरमा सम्पर्क गर्न सकिने उनले बताएका छन्।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Shankar_Pokhrel_9ZAiybdpLh

शंकर पोखरेलको टिप्पणी : दलहरूसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो

काठमाण्डौ – नेकपा एमाले महासचिव शंकर पोखरेलले राजनीतिक दलहरूसँगको संवाद प्रधानमन्त्री वालेन्द्र शाहका लागि एकादेशको...
NRB_Bank_final_iKM3hHv13C

मूल्यवृद्धि उच्च : घिउ, तेल, तरकारी र फलफूल सबैभन्दा महँगो

काठमाण्डाै – चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात् साउनमा महँगी अत्यधिक बढेको छ ।...
ramchandra_poudel_yyL0tB0G0w

एकताबद्ध भई अगाडि बढ्न सबैलाई राष्ट्रपति पौडेलको आह्वान

काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा देशमा दिगो...
Balen-dai23243545-1789793060

संविधानको भावनाप्रति सरकार पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

काठमाण्डौ – प्रधानमन्त्री वालेन्द्र शाहले सरकार संविधानको भावनाप्रति पूर्णरुपमा प्रतिबद्ध रहेको बताउनुभएको छ । संविधान...
sena-badi-1789805649

त्रिशूली–१ को सुरुङबाट थप ११ शव निकालियो : नेपाली सेना

काठमाण्डौ – रसुवाको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ११ जनाको शव निकालेको नेपाली सेनाले...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०