"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठ रिहा

Table of Content

काठमाण्डौ — जनआस्थाका प्रधान सम्पादक एवं पत्रकार किशोर श्रेष्ठ रिहा हुनुभएको छ ।

बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले हिजो पत्रकार श्रेष्ठलाई रिहा गर्न आदेश दिएको थियो । उहाँ गएराति थुनामुक्त हुनुभएको हो । सर्वोच्चको आदेश अनुसार श्रेष्ठलाई जिम्मा जमानीमा छाडिएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

उहाँविरूद्ध वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा उजुरी परेको थियो । श्रेष्ठले सरकारले विरोधीको आवाज थुन्ने नियतले आफूमाथि प्रतिशोध साँधेको आरोप समेत लगाउनुभएको छ ।

प्रकाशित समाचार गलत भए कानुनी प्रक्रियामार्फत त्यसको खण्डन गर्न सक्ने कानूनी व्यवस्था रहेको उल्लेख गर्नुभयो ।

जनआस्था अनलाइनमा छापिएको एक समाचार र तस्वीरका कारण वैयक्तिक गोपनीयताको हक हनन भएको भन्दै प्रहरीले उहाँलाई गएको साउन २७ गते मध्यराति पक्राउ गरेको थियो ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Pokhara-1790128375

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

काठमाण्डौ – पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान शुरु गर्दैछ ।...
Asian Games Cricket

२०औं एशियाडमा भारतलाई पहिलो स्वर्ण, महिला क्रिकेटमा श्रीलंका १४७ रनले पराजित

काठमाण्डौ – जापानको इची–नागोयामा भइरहेको २०औं एशियन गेम्समा भारतले पहिलो स्वर्ण जितेको छ । भारतले...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०