"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

मेटाले मुद्दा हारेमा फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुने

Table of Content

अमेरिकाका विभिन्न ३० वटा राज्यहरुले दायर गरेको मुद्दा मेटाले हारेमा फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुने देखिएको छ । मुद्दाको सुनुवाइ भोलिदेखि शुरु हुँदैछ ।

ती राज्यहरूले मेटाले बालबालिका तथा किशोर–किशोरीको गोपनीयता कानुन उल्लंघन गरेको र उनीहरूलाई लामो समयसम्म सामाजिक सञ्जालमा व्यस्त राख्ने गरी प्लेटफर्म डिजाइन गरेको आरोप लगाएका छन् ।

फेसबुक र इन्स्टाग्रामका ‘लाइक’, सिफारिस प्रणाली, अटो–प्ले भिडियो, बारम्बार आउने नोटिफिकेसन र फोटो फिल्टरजस्ता सुविधामाथि ती राज्यहरुले मुख्य आरोप लगाएका छन् । यी सुविधाले किशोरकिशोरीलाई सामाजिक सञ्जालमा बढी समय बिताउन प्रेरित गर्नुका साथै सामाजिक तुलना, अस्वीकृतिको भावना र आत्मसम्मानमा नकारात्मक असर पार्न सक्ने दाबी गरिएको छ ।

त्यसैले प्रयोगकर्ताका लागि ‘लाइक’ संख्या हटाउने, नोटिफिकेसन सीमित गर्ने, सिफारिस प्रणाली परिवर्तन गर्ने र केही फोटो फिल्टर हटाउनेसम्मका माग मुद्दामा गरिएको बीबीसीले जनाएको छ ।

मेटाले भने आरोप अस्वीकार गर्दै युवाको सुरक्षा र कल्याणका लागि आफूले काम गरिरहेको दाबी गरेको छ । यदि ३० राज्यको मुद्दामा फैसला मेटाविरुद्ध आयो भने फेसबुक र इन्स्टाग्राममा किशोरले प्रयोग गर्ने धेरै सुविधामा ठूलो परिवर्तन आउन सक्छ ।

‘लाइक’ देखाउने व्यवस्था हट्न सक्छ, नोटिफिकेसन सीमित हुन सक्छ र किशोरलाई लामो समय एपमा राख्ने सिफारिस प्रणालीसमेत परिवर्तन गर्नुपर्ने हुन सक्छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

mr-beast.jpg-43ff0bf0-16ba-4489-b4f6-0e5d66b6d458

रसुवा बाढीपीडितका लागि चर्चित युट्युबर ‘मिस्टर बिस्ट’ ले संकलन गरे १० लाख डलर

३१ भदौ, काठमाडौं । चर्चित अमेरिकी युट्युबर ‘मिस्टर बिस्ट’ ले रसुवा बाढीपीडितको १० लाख अमेरिकी डलर...
2photo

१९ वर्षीया छोरी बलात्कार आरोप लागेका बाबु थुनामा

भरतपुर । १९ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोग लागेका बाबु पुर्पक्षका लागि थुनामा गएका छन्...
japan-old-people-1789539499

जापानमा १ लाखभन्दा धेरै मानिस १०० वर्ष वा त्योभन्दा धेरै उमेरका

जापानमा १०० वर्ष वा त्योभन्दा धेरै उमेरका मानिसहरूको सङ्ख्या पहिलो पटक १ लाख नाघेको छ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०