"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

२० औँ एसियन गेम्समा नेपालका १३६ खेलाडीले प्रतिस्पर्धा गर्ने

Table of Content

२० औँ एसियन गेम्समा नेपालबाट १३६ खेलाडीले २२ वटा खेलमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

आउँदो सेप्टेम्बर १९ देखि अक्टोबर ४ अर्थात असोज ३ गतेदेखि असोज १८ गतेसम्म जापानको आइची–नागोयामा आयोजना हुने गेम्समा नेपालबाट १३६ खेलाडीले २२ वटा खेलमा प्रतिस्पर्धा गर्ने भएका हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रतियोगिताका लागि खेलाडी र प्रशिक्षकको अन्तिम सूची सार्वजनिक गर्दै १३६ खेलाडी र ३२ प्रशिक्षक गरी कुल १६८ सदस्यीय नेपाली टोली जापान जाने जनाएको छ ।

समूहगत खेलतर्फ नेपालले कबड्डी, महिला भलिबल र पुरुष क्रिकेटमा मात्र सहभागिता जनाउनेछ भने बाँकी १९ खेल व्यक्तिगत विधाका रहेका छन् । खेलाडी संख्याका आधारमा पुरुष र महिला गरी २४ खेलाडी रहेको कबड्डी टोली सबैभन्दा ठूलो रहेको छ । पुरुष क्रिकेटमा १५ र महिला भलिबलमा १२ खेलाडी सहभागी हुनेछन् ।

यसअघि २३ खेलमा झण्डै १४० खेलाडी सहभागी गराउने तयारी भए पनि अन्तिम सूचीमा २२ खेल मात्र समावेश भएका हुन् । व्यक्तिगत खेलतर्फ उसुमा सबैभन्दा बढी ११ खेलाडी सहभागी हुनेछन् भने डान्स स्पोर्टमा एक जना खेलाडी मात्र प्रतिस्पर्धामा रहनेछन् ।

यसअघि सन् २०२३ मा चीनको हाङझाउमा सम्पन्न १९औँ एसियन गेम्समा नेपालबाट २९ खेलमा २५३ खेलाडी सहभागी भएका थिए । यो संस्करणमा कराँतेकी एरिका गुरुङले ऐतिहासिक रजत पदक जितेकी थिइन् भने महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो । नेपालले एसियन गेम्समा हालसम्म स्वर्ण पदक जित्न सकेको छैन । 

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

dahal-1024x500

प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिएकाे आरोपमा एक युवक पक्राउ

१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की धम्की दिन् युवक...
gyanendra-shaha_Xbpk9e6zM0

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न सरकारसँग आग्रह

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीका कारण नेपालका...
nagdhunga-naubise-road-(7)-1765352945

पृथ्वी राजमार्ग हुँदै जान लागेका गाडीलाई नागढुंगामै रोकियो

काठमाडौंबाट पृथ्वीराजमार्ग हुँदै बाहिरिने सवारीसाधनलाई प्रहरीले नागढुंगामै रोकेको छ। रसुवाबाट आएको बाढीले धादिङ, तनहुँ, चितवनसम्म...
SG gives press con

समुन्द्री ढुवानी संयन्त्र सुदृढ गर्न संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विभिन्न सामुद्रिक नाकाहरूबाट अत्यावश्यक वस्तुहरूको सुरक्षित ढुवानी सुनिश्चित गर्न एक...
army-helicopter_pkh6dlfnrg_pYa0c4LgMC

उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरहरूलाई स्ट्यान्डबाइ राखियो

काठमाडौं । रसुवा बाढीपछि सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरलाई स्ट्यान्डबाइमा राखिएको छ।...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०