"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

धनसार पुल नजिकै १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी

Table of Content

बारा । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ स्थित धनसार पुल नजिकै पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनामा परी आगलागी भएको छ।

बाराको अमलेखगञ्जस्थित इन्धन डिपोबाट १२ हजार लिटर पेट्रोल लिएर सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्याङ्कर बुधबार दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार चालकले ट्याङ्कर नियन्त्रणमा लिन नसक्दा सडकमा पल्टिएपछि ट्याङ्करमा अचानक आगो लागेको थियो। दुर्घटनापछि ट्याङ्करमा ठूलो आगलागी भए पनि चालक समयमै बाहिर निस्कन सफल भएकाले मानवीय क्षति भने हुन पाएन।

आगलागीपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको टोली घटनास्थलमा परिचालन भई आगो नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ।

आगलागीका कारण केही समय पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन प्रभावित भएको थियो। आगो नियन्त्रणमा लिएपछि राजमार्गमा यातायात पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ।ट्याङ्कर दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०