"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

हिजो ज्यान गुमाएका मेहताका आफन्त र गृहमन्त्रीबिच छलफल

Table of Content

काठमाण्डौ – सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएर उपचारका क्रममा हिजो बिहान ज्यान गुमाएका रवीन्द्रकुमार मेहताका आफन्तसँग गृहमन्त्री सुधन गुरुङले छलफल गर्नुभएको छ । 

उहाँले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर आफन्तसँग छलफल गर्नुभएको हो । शव पोस्टमार्टमका लागि बुझ्न परिवार तयार भएको र मेहताका बुवा–आमा आएपछि आज फेरि छलफल हुने भएको छ । हिजो शव बुझ्न नमानेपछि गृहमन्त्री गुरुङ आफैँ अस्पताल पुगेर छलफल गर्नुभएको थियो । उहाँले सरकारका तर्फबाट मृतकका परिवारले उठाएका माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । 

देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गएको साउन १० गते राति भएको घटनामा यसअघि दुई जनाले ज्यान गुमाएका थिए । २५ वर्षीय ओमप्रकाश मेहता र २२ वर्षीय जयप्रकाश मेहताको ज्यान गएको थियो । यही घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर गणेश यादवको पनि ज्यान गएको थियो ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०