"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

दाह्रा काटिएको धुर्वे हात्तीको १०/१० मिनेटमा अनुगमन

Table of Content

चितवन – बस्ती पसेर दैनिक दुःख दिने गरेको जङ्गली हात्ती ‘धुर्वे’ दाह्रा काटिएपछि पनि निकुञ्ज भित्रै बस्ने गरेको छ । जनधनको क्षति पुर्‍याएपछि धुर्वेलाई नियन्त्रणमा लिएर गत असार ३१ गते चितवन राष्ट्रिय निकुञ्ज भित्रको सुखिभार पोस्ट नजिक दुईवटै दाह्रा काटिएको थियो । 

सो हात्तीका शरीरमा नयाँ ‘रेडियो कलर’ जडान गरिएको थियो । निकुञ्जका संरक्षण अधिकृत प्रवीण पौडेलका अनुसार दाह्रा काटिएपछि धुर्वे निकुञ्जभित्र नै बस्दै आएको छ । सो हात्ती आइतबार बिहान माडीको अमेलिया कृषि फर्म पुगेको स्थानीयवासीले जनाएका छन् । यो क्षेत्र निकुञ्जसँग जोडिएको रिउखोला आडमा पर्दछ । त्यसबाहेक बस्ती पसेर दुःख नदिएको जनाइएको छ । धुर्वे १०/१० मिनेटमा अनुगमन गरिएको छ । 

निकुञ्ज प्रशासन र सुरक्षार्थ खटिएको नेपाली सेनाको ‘अप्रेसन युनिट’ले सो हात्तीको १०/१० मिनेटको सूचना लिइरहेको छ । बस्ती नजिकको निकुञ्जको भागमा पुगेको समयमा निकटका बस्तीका बासिन्दालाई सो सूचना प्रवाह गर्ने गरिएको छ । संरक्षण अधिकृत पौडेलले भन्नुभयो,  “कुनै पनि समयमा धुर्वे बस्ती पस्न सक्ने भएकाले तयारी अवस्थामा रहेका छौँ । हात्तीलाई डार्ट गर्ने क्रममा चढाइएको औषधिले केही समय शिथिल बनाउने भएकाले पहिलाको जस्तो अवस्थामा अहिले धुर्वे छैन । यसको भरोसा नहुने भएकाले निकुञ्ज प्रशासन चनाखो भएको छ ।”

पच्चीस जना मानिसको ज्यान लिएको धुर्वे हात्तीलाई नियन्त्रणमा लिएर दाह्रा काटेपछि उसको गतिविधिमा पनि कमी आएको हो ।  चौथो पटक धुर्वेको दाह्रा काट्ने र रेडियो कलर जडान गर्ने काम गरिएको हो । हात्ती बस्ती पसेको सूचना आएमा तुरुन्तै मध्यवर्ती उपभोक्ता समिति, सामुदायिक वन, वडा कार्यालय, स्थानीय टोल लगायतलाई सूचना दिने र सँगै निकुञ्ज सुरक्षा निकायको गस्ती स्थलगत पुगेर निकुञ्जतर्फ धपाउने गरी तयारी गरिएको उहाँले बताउनुभयो । हात्तीले गत असार २० गते राति एकैपरिवारका दुई जनाको ज्यान लिएको थियो । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार पुनः यो किसिमको घटना हुन नदिन उच्च सतर्कता अपनाइएको छ । यो हात्तीलाई बथानबाट लखेटिएका कारण बस्ती आएको अनुमान गरिएको उहाँले बताउनुभयो । पहिले बथानमा रहँदा हिँड्ने माडीको धोवा, तमोरताल, खोरियामुहान र देउराली क्षेत्रमा अहिले पनि हात्ती जाने गरेको छ । 

हात्तीले विसं २०७४ मा सेनानीलाई आक्रमण गरेर मारेको थियो । निकुञ्जमा सबैभन्दा बढी मान्छे मार्ने हात्तीका रूपमा परिचित धुर्वेले विसं २०६८/६९ ताका दैनिक जसो मान्छेको ज्यान लिन थालेपछि विसं २०६९ को पुस १ गते चितवनका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले हात्ती मार्न आदेश दिएको थियो । तर, यो हात्ती सेनाको गोलीबाट बच्दै आएको छ ।

धुर्वे हात्ती २०६९ सालको कात्तिकदेखि एक महिनाको अन्तरालमा माडीमा मात्रै चार जनाको लगातार ज्यान लिएपछि मार्ने निर्णय गरिएको थियो । निकुञ्जमा रोनाल्डो, गोविन्दे, धुर्वे लगायतका मत्ता छन् । प्रमुख संरक्षण अधिकृत पुनका अनुसार निकुञ्जभित्र ४५ देखि ५० हात्ती छन् । यिनै हात्तीमध्येबाट निकुञ्ज भित्रका हात्तीलाई प्रजनन गराइन्छ । 

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

RS_KTM-IMG_20260824_132639-1787571334 (1)

सामाजिक सञ्जाल, सडक हुँदै संसद्मा पनि खोजियो मृत्युदण्डको कानुन

काठमाण्डौ — प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले बलात्कारीलाई मृत्युदण्ड दिने कानुन बनाउन माग गरेका छन् ।...
WhatsApp Image 2026-08-24 at 3.46.29 PM

राप्ती–७, वीरेन्द्रनगरस्थित साकुरा एकेडेमी स्कुलमा गरिमा चौधरीका लागि न्यायको माग

राप्ती नगरपालिका–७ वीरेन्द्रनगरस्थित साकुरा एकेडेमी स्कुलमा आज कक्षा केजीदेखि १० सम्मका विद्यार्थीहरूले बाराको सिमरामा बलात्कारपछि...
swarnim-bulb_twYD6nUHoI

विद्युत् महसुल घटाउने सरकारको तयारी : पुनरवलोकन समितिको म्याद थपिँदै

काठमाडौँ । विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) का कारण चौतर्फी आलोचना भएपछि सरकारले...
simara-rape-accused-video_g7C0pxSeMm

सिमरा घटना : आरोपीको भिडियो भाइरल गराएको आरोपमा प्रहरी हवल्दार पक्राउ

वीरगन्ज । बाराको सिमराकी तीन वर्षीया बालिकाको बलात्कार र हत्यामा संलग्न आरोपीको भिडियो सामाजिक सञ्जालमा...
1787556667-qL72S

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

नवलपुर : गैँडाकोटस्थित सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयका एक शिक्षक विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०