"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

एक्लै हिँडिरहेका महिला तथा वृद्धाहरूलाई निशाना बनाउँथ्यो कर्मा समूह

Table of Content

काठमाडौँ। काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा महिला तथा वृद्धवृद्धाहरूलाई त्रसित बनाउँदै श्रृंखलाबद्ध रूपमा सुनका सिक्री लुटपाट गर्ने ‘कर्मा समूह’ का नाइके र सदस्यहरूलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुख्यात गिरोहका नाइके कर्मा तामाङसहित पाँच जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको हो।

विगत लामो समयदेखि काठमाडौँका सडकहरूमा ‘चेन स्न्याचिङ’ (सिक्री लुटपाट) को आतंक मच्चाउँदै आएको यो समूहले विशेष गरी बिहान र बेलुकाको समयमा एक्लै हिँडिरहेका महिला तथा वृद्धाहरूलाई निशाना बनाउने गरेको थियो।

लुटपाट गर्ने क्रममा प्रतिकार गर्न खोज्ने पीडितहरूलाई घाँटी थिच्ने, कुटपिट गर्ने र घाइते बनाउनेसम्मका निर्दयी गतिविधिमा यो समूह संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार समूहका नाइके ३४ वर्षीय कर्मा तामाङलाई पक्राउ गर्न प्रहरीले गोली नै प्रहार गर्नुपरेको थियो। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ घर भई बौद्ध बस्ने कर्मालाई पक्राउ गर्न प्रहरी टोलीले लामो समयदेखि निगरानी गरिरहेको थियो। शनिबार राति १०:२५ बजे बुढानिलकण्ठको चुनिखेलस्थित पानी ट्याङ्की नजिक उनी लुकिछिपी बसेको सूचनाका आधारमा प्रहरी टोली त्यहाँ पुगेको थियो।

प्रहरीले नियन्त्रणमा लिन खोज्दा कर्माले आफ्नो साथमा रहेको खुकुरी निकालेर प्रहरी टोलीमाथि नै साङ्घातिक आक्रमणको प्रयास गरेका थिए। प्रहरीले आत्मरक्षाका लागि र चेतावनी स्वरूप सुरुमा दुई राउन्ड हवाई फायर गरेको थियो। 

हवाई फायर गर्दा पनि आत्मसमर्पण गर्नुको साटो मोटरसाइकलमा चढेर भाग्न खोजेपछि प्रहरीले उनको घुँडा मुनि एक राउन्ड गोली प्रहार गरी नियन्त्रणमा लिएको हो। घाइते कर्माको हाल राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। कर्मा तामाङ यसअघि पनि पटक–पटक चोरी र डाँका मुद्दामा पक्राउ परेका र प्रहरी वृत्त स्वयम्भूको हिरासतबाट समेत फरार भएका कुख्यात अपराधी हुन्।

यसरी हुन्थ्यो लुटपाटको योजना

यो समूहको काम गर्ने शैली निकै नै योजनाबद्ध र व्यवसायिक देखिएको प्रहरीको भनाइ छ। कर्मा समूहले लुटपाटमा प्रयोग गर्नका लागि सुरुमा २२० सीसीका पल्सर मोटरसाइकलहरू चोरी गर्ने गरेको पाइएको छ। चोरी गरिएका मोटरसाइकलको नम्बर प्लेट तत्कालै परिवर्तन गरी उनीहरू शिकारको खोजीमा निस्कन्थे। बाटोमा हिँडिरहेका महिला वा वृद्धाहरूलाई फेला पारेपछि उनीहरूले ‘फलानो ठाउँ जाने बाटो कता हो?’ भन्दै सोध्ने बहानामा अलमल्याउने र मौका छोपेर घाँटीको सिक्री लुटी फरार हुने गर्दथे।

लुटपाट गरिसकेपछि उनीहरूले पुनः मोटरसाइकलको नम्बर प्लेट र स्वरूप परिवर्तन गर्ने र उक्त मोटरसाइकललाई उपत्यका बाहिर लगेर सस्तो मूल्यमा बिक्री गर्ने गरेका थिए। घटनास्थलबाट प्रहरीले एउटा मोटरसाइकल, एउटा खुकुरी, पाँच थान फरक–फरक नम्बर प्लेट र मोटरसाइकलको लक तोड्न प्रयोग गरिने मास्टर की र टी-लक  समेत बरामद गरेको छ।

समूहका अन्य सदस्य र उनीहरूको भूमिका

प्रहरीले कर्माभन्दा एक दिन अगाडि नै साउन १५ गते शुक्रबार काभ्रेको बनेपाबाट समूहका अन्य चार सदस्यलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा ३० वर्षीय प्रतिमान गोले रहेका छन् । उनी सो समूहको मुख्य ‘राइडर’ (चालक) भएको बताइएको छ। प्रतिमान डाँका मुद्दामा नख्खु कारागारमा कैद भुक्तान गरिरहेका बेला भागेका थिए भने पुनः पक्राउ परेर कैद भुक्तान गरी छुटेको तीन हप्तामै फेरि लुटपाटमा सक्रिय भएका हुन्।

त्यस्तै, ३० वर्षीय पासाङ घिसिङ मोटरसाइकल चोरीका विशेषज्ञ मानिन्छन्। उनले काठमाडौँ उपत्यकाभित्र मात्रै २० भन्दा बढी मोटरसाइकल चोरी गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन्। समूहका अर्का सदस्य २९ वर्षीय आले गुरुङ घटनास्थल वरिपरि सशस्त्र रूपमा ‘स्ट्याण्डबाई’ रहने भूमिकामा थिए, जसको काम लुटपाट गर्दा कसैले प्रतिकार गरेमा बल प्रयोग गर्नु हुन्थ्यो।

यो गिरोहले लुटेका सुनका गहनाहरू ठेगान लगाउने काम भने बनेपा बस्ने सुन पसल सञ्चालक ३६ वर्षीय मनोज तामाङले गर्दै आएका थिए। उनले लुटेर ल्याइएका सुनका गहनाहरूलाई तत्कालै गाल्ने र स्वरूप परिवर्तन गरी बिक्री गर्ने गरेको प्रहरीले जानकारी दियो ।

श्रृंखलाबद्ध घटनाहरूको विवरण

अनुसन्धानका क्रममा यो समूहले छोटो अवधिमै धेरै लुटपाट गरेको तथ्य बाहिर आएको छ। असार १३ गते बिहान शान्तिनगरमा एक व्यक्तिलाई बाटो सोध्ने निहुँमा लछारपछार गरी साढे दुई तोलाको सिक्री लुटिएको थियो। त्यस्तै असार १५ गते नरेफाँटमा तीन तोलाको सिक्री र सोही दिन साँझ बनेपामा दूध लिन जाँदै गरेकी महिलाको साढे एक तोलाको सिक्री यो समूहले लुटेको थियो।

पछिल्लो पटक साउन ७ गते धापासी हाइटमा ६६ वर्षीया वृद्धाको घाँटीबाट एक तोलाको सिक्री लुट्दा पनि यही समूहको संलग्नता देखिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँले यस कर्मा समूहको गिरफ्तारीसँगै उपत्यकामा हुने सिक्री लुटपाटका घटनामा उल्लेख्य कमी आउने विश्वास लिएको छ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

nims

चितवनमा कक्षा १० पढ्दा पढ्दै लाहुरे बन्न गएका थिए ‘निम्स दाइ’

भरतपुर, साउन १७- पाकिस्तानको ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही...
sudhan_gurung_SAVCpE4p7o

अब कुनै पनि प्रकारको द्वन्द्व हुनु हुँदैन, सबै मिलेर बस्नुपर्छ : गृहमन्त्री गुरुङ

काठमाण्डौ – गृहमन्त्री सुधन गुरुङले अब कुनै पनि प्रकारको द्वन्द्व हुन नहुने र सबै मिलेर...
Screenshot_2023-07-31-14-27-47-76_e307a3f9df9f380ebaf106e1dc980bb6-696x351

वीरगन्जका एकजना बालकको काठमाडौंमा मोटरसाइकलको ठक्करबाट मृत्यु

काठमाडौं, १७ साउन। काठमाडौंको किर्तिपुर नगरपालिका–५, उज्ज्वल स्कुल नजिकको सडकखण्डमा मोटरसाइकलको ठक्करबाट घाइते भएका ६...
Screenshot 2026-08-02 163939

एक्लै हिँडिरहेका महिला तथा वृद्धाहरूलाई निशाना बनाउँथ्यो कर्मा समूह

काठमाडौँ। काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा महिला तथा वृद्धवृद्धाहरूलाई त्रसित बनाउँदै श्रृंखलाबद्ध रूपमा सुनका सिक्री लुटपाट...
IMG_3114-696x394

स्रोत नखुलेको दुई लाख ९ हजार भारतीय रुपैयाँसहित पर्सामा दुई जना पक्राउ

बारा, १७ साउन । पर्सा प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०